काठमाडौं । बौदमान कार्कीको परिवार झापामा जग्गा पास गर्ने तयारीमा थियो। विदेशबाट नातिहरूले पठाएको पैसा जम्मा गर्दै अपुगका लागि स्थानीयसँग ऋण खोज्दै थिए। त्यही क्रममा घरमा भएको पैसा लुट्न परिवारका ६ जनाको हत्या भयो कि भन्ने गाउँलेको आशंका थियो। तर, नगद र गरगहना सुरक्षित भेटिएको प्रहरीको भनाइ छ। प्रारम्भिक आशंकाले मेल नखाएपछि हत्या ‘रहस्यमय’ बनेको छ।
संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमानको परिवार नै सखाप गर्ने गरी ६ जनाको हत्या भएको थियो। बौदमानकी पत्नी, छोरा तेजबहादुर र बुहारी कमलाको शव सोमबार बिहान घरबाहिर भेटिएको थियो। तेजबहादुरकी बुहारी रञ्जना, ११ वर्षीय नाति दीपेन र ७ वर्षीया नातिनी गोमाको पनि हत्या भएको थियो।
वृद्ध बौदमान मात्र सकुशल भेटिए। सोमबार बिहानदेखि अनुसन्धान गरेको प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन। अनुसन्धानमा लगिएको कुकुरले पनि घटनामा कुनै संकेत देखाउन सकेन। प्रहरीले बौदमानको घरमा भेटिएको नगद र गहनाको विवरण भने सार्वजनिक गर्न चाहेन।
खोलागाउँ सोमबार बिहानैबाट शोकमा डुबेको छ। एकै परिवारका ६ जनाको बीभत्स हत्या भएको दुई दिन बित्दासमेत अभियुक्त पक्राउ पर्न सकेका छैनन्। घरमा भएको पैसा चोरी गर्ने उद्देश्यले परिवारका सदस्यको पनि हत्या गरेको आशंका गाउँलेको थियो। अन्नपूर्ण पोस्टबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - १८:२५
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन...
माघ ६ गते, २०८२ - १७:०६
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । चुनावमा सहभागी हुन भन्दै उनले राजीनामा बुझाउन लागेका हुन् । खरेल ...
माघ ६ गते, २०८२ - १६:५५
पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभाग...
माघ ६ गते, २०८२ - १६:२८
जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले मधेश प्रदेशमा ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विश्वास व्यक्त गर...
माघ ६ गते, २०८२ - १६:०६
झलनाथ र बामदेव परेनन्
माघ ६ गते, २०८२ - १५:३४
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले पार्टी छोडेका छन्। उनले पार्टी नेतृत्वको टिकट वितरणमा मनपरी गरेको निर्ण...
माघ ६ गते, २०८२ - १५:१९
स्याङ्जा। आगामी फागुन २१ ग्ते हुने प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । दुई निर्वाचन क्षेत्र रहेको य...
माघ ६ गते, २०८२ - १४:२९
काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...
माघ ६ गते, २०८२ - १३:५७
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...
माघ ६ गते, २०८२ - १३:२६
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...




प्रतिकृया लेख्नुहोस्: