काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको जानकारी दिएका हुन्।
सिंहले जनमत पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट पनि राजीनामा दिएको बताएका छन्।
‘आज विधिवत रूपमा प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएँ। साथै जनमत पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट पनि राजीनामा दिएको छु,’ सिंहले भने।
प्रतिनिधिसभा निर्वाचनका लागि सिंहले छुट्टै राजनीतिक दल दर्ता गराइसकेका छन्। उनले आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी दर्ता गराएका हुन्। सोही पार्टीबाट उनी प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा छन्।
सिंह २०७९ सालको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ (क) बाट जनमत पार्टीको तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। जनमत पार्टीले उनलाई मधेश प्रदेशसभाको अर्थ समितिको सभापति र पछि मुख्यमन्त्रीको जिम्मेवारी समेत दिएको थियो।
जेनजी आन्दोलनका क्रममा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा। सीके राउतको निर्देशनमा उनले फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरेका थिए। पछि आफ्नो निर्णयबाट पछि हटे पनि जनमत पार्टीले समर्थन फिर्ता लिएपछि उनी विवादमा परेका थिए। त्यसयता पार्टीभित्र उनको सम्बन्ध सहज हुन सकेको थिएन।
सिंह २०७४ देखि २०७९ सम्म सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष समेत रहेका थिए। ४३ वर्षीय सिंह तिलाठी कोइलाडी गाउँपालिका–४, तिलाठीका स्थायी बासिन्दा हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - १४:२९
काठमाडौं । नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि हिमाली जिल्लाहरूमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीभित्रै विवाद र छलफल चलि...
माघ ६ गते, २०८२ - १३:५७
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनका केही क्षेत्रमा उम्मेदवार मिलाउन सकिने अवस्था रहे अध्यक्ष केपी शर्मा ओलीलाई ...
माघ ६ गते, २०८२ - १३:२६
काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको ज...
माघ ६ गते, २०८२ - १२:२८
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्ने तयारी भइरहेको छ। पार्टीको तर...
माघ ६ गते, २०८२ - १२:०९
काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम गरेको ...
माघ ६ गते, २०८२ - १२:०२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेको छिन् । उनले भनेको छिन्, “तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायक...
माघ ६ गते, २०८२ - ११:५१
दमक। उम्मेद्वारी दर्ताका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज झापाको दमक आउँदै छन्। झापाको सबै निर्वाचन क्षेत्रको तयारीबारे उनले जानकारी लि...
माघ ६ गते, २०८२ - ११:४५
मुस्ताङ। पछिल्लो तीन वर्षयता हिमाली मुस्ताङमा हिमपात हुनसकेन । गत कात्तिक महिनामा यहाँको माथिल्लो मुस्ताङ क्षेत्रसहित वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिना...
माघ ६ गते, २०८२ - ११:०१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का शीर्ष नेताहरूले आगामी चुनाव नलड्ने निर्णय गरेका छन्। सोमबार बिहान बसेको पार्टीको स्थायी कमिटीको भर्चुअल...
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...




प्रतिकृया लेख्नुहोस्: