काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले विधिवत रूपमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएको जानकारी दिएका हुन्।
सिंहले जनमत पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट पनि राजीनामा दिएको बताएका छन्।
‘आज विधिवत रूपमा प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएँ। साथै जनमत पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट पनि राजीनामा दिएको छु,’ सिंहले भने।
प्रतिनिधिसभा निर्वाचनका लागि सिंहले छुट्टै राजनीतिक दल दर्ता गराइसकेका छन्। उनले आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी दर्ता गराएका हुन्। सोही पार्टीबाट उनी प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा छन्।
सिंह २०७९ सालको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ (क) बाट जनमत पार्टीको तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। जनमत पार्टीले उनलाई मधेश प्रदेशसभाको अर्थ समितिको सभापति र पछि मुख्यमन्त्रीको जिम्मेवारी समेत दिएको थियो।
जेनजी आन्दोलनका क्रममा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा। सीके राउतको निर्देशनमा उनले फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरेका थिए। पछि आफ्नो निर्णयबाट पछि हटे पनि जनमत पार्टीले समर्थन फिर्ता लिएपछि उनी विवादमा परेका थिए। त्यसयता पार्टीभित्र उनको सम्बन्ध सहज हुन सकेको थिएन।
सिंह २०७४ देखि २०७९ सम्म सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष समेत रहेका थिए। ४३ वर्षीय सिंह तिलाठी कोइलाडी गाउँपालिका–४, तिलाठीका स्थायी बासिन्दा हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - १७:३२
मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशप...
फाल्गुन २६ गते, २०८२ - १७:०७
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी...
फाल्गुन २६ गते, २०८२ - १६:५४
काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डे ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै आगामी प्रधानम...
फाल्गुन २६ गते, २०८२ - १६:४५
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि (बुधबार) भारत जाने तयारीमा छन्। उनी नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा गेस्ट अफ अनरको ...
फाल्गुन २६ गते, २०८२ - १६:३४
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेको छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा...
फाल्गुन २६ गते, २०८२ - १६:२७
काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारले तोकेको मूल्यभन्दा बढी बिक्री गर्ने जोकोहीलाई...
फाल्गुन २६ गते, २०८२ - १५:५६
सिद्धार्थनगर। रूपन्देहीका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला ...
फाल्गुन २६ गते, २०८२ - १५:४१
रुकुम पश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएको छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...
फाल्गुन २६ गते, २०८२ - १५:१७
काठमाडौं। नेपालका अर्थमन्त्री रामेश्वर खनालले पदको हैसियतमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन्। मंगलबार...
फाल्गुन २६ गते, २०८२ - १५:००
नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनि...



प्रतिकृया लेख्नुहोस्: