Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

मादी हत्या प्रकरण: खुलेन अझै रहस्य, प्रहरीद्वारा सूक्ष्म अध्ययन शुरु

खबरडबली संवाददाता

सङ्खुवासभा । मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्याको घटना सम्बन्धमा प्रहरीले सुक्ष्म अध्ययन तथा अनुसन्धान सुरु गरेको छ ।

सङ्घीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीमबहादुर दाहाल नेतृत्वको विशेष टोलीले घटनास्थल पुगेर सुक्ष्म अध्ययन तथा अनुसन्धान सुरु गरेको हो ।

सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको खबर जानकारी हुने बित्तिकै स्थानीय प्रहरी, इलाका प्रहरी चैनपुर र जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी पुगेको थियो । घटनास्थल पुगेका प्रहरीले ६ जनाको शव घर वरिपरि विभिन्न स्थानमा छरपस्ट भेटेका थिए । 

घटनाको प्रकृति हेर्दा जिल्ला प्रहरीले मात्र घटनाको पर्याप्त अनुसन्धान हुन नसक्ने भएपछि सङ्घीय प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुरसहित प्रहरीको विज्ञ टोलीलाई बोलाइएको थियो । उक्त टोलीले घटनास्थलको सुक्ष्म अध्ययन गरिसकेपछि शव परीक्षणका लागि मङ्गलबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । 

घटनाको थप अध्ययनका लागि तालिम प्राप्त कुकुरसहितको विज्ञ र प्रहरी टोली अभियुक्त पत्ता नलागेसम्म घटनास्थलमा नै रहने जनाइएको छ । घटनालाई थप अध्ययन तथा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लगायतको टोली घटनास्थल आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । 

८५ वर्षीय बौद्धमान कार्कीको परिवारमा उक्त नरसंहार भएको हो । घरमा रहेका ७ जनामध्ये उनी मात्रै सकुशल छन् । अरू ६ जनाको भने हत्या गरिएको अवस्थामा यत्रतत्र शवहरू भेटिएका छन् । प्रहरीका अनुसार बौद्धमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीया दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो । 

एउटै परिवारका ६ जनाको हत्या भएपछि पुरै गाउँ शोकमा डुबेको वडाध्यक्ष खेमनाथ कटुवालले बताए । ‘सिङ्गो गाउँमा सन्नाटा छाएको छ । कसैले पनि यस्तो दर्दनाक घटना कसरी भयो होला भनेर सोच्नसम्म सकिरहेका छैन्’ उनले भने, ‘घटना देखेका र सुनेका छिमेकीहरू कसैको घरमा चुल्हो बलेको छैन ।’ घटनाको अनुसन्धानमा स्थानीय बासिन्दा र जनप्रतिनिधिले पनि प्रहरीलाई सहयोग गरिरहेको वडाध्यक्ष कटुवालले जानकारी दिए ।

उनका अनुसार हत्या बिहान वा राति नै गरिएको हो भन्ने यकिन हुन बाँकी छ । वृद्ध अवस्थाका बौद्धमानले पनि घटनाका बारेमा आफूले थाहा नपाएको बताए । मृतक सबैको शव घरबाट लगभग सय मिटरको आसपासमा भेटिएको थियो ।  प्रहरी र स्थानीयवासीका अनुसार तेजबहादुरको शव घरदेखि करिब ७० मिटर पर सडकको भित्तामा, पार्वतीको घरैमा सुतिरहेको अवस्थामा, कमला र रञ्जनाको घर नजिकैको खोल्सीमा र दिपेन र गोमाको घरमाथि खरबारीमा शव फेला परेको थियो । 

घटना राति भयो की बिहान अझै अन्योल 

यो घटना सोमबार बिहान अथवा आइतबार बेलुका कति बेला भएको हो भन्ने अन्योल रहेको छ । स्थानीयवासी बौद्धमानका अनुसार सपरिवार बेलुका ६/७ बजेतिर खाना खाएर सुतेका थियौं । बिहान एक्कासि यस्तो देखियो अचम्मैमा परेँ । घटनामा परेकाको शवको अवस्थालाई हेर्ने हो भने तेजबहादुरले गम्बुट (जुत्ता) र कोट लगाएका छन् भने अन्य पाँच जनाले चप्पल, स्याण्डल लगाएका थिए । सो बमोजिमको प्रकृतिलाई हेर्दा घटना कतिबेला भएको हो भनेर सोझै अनुमान गर्नसक्ने स्थिति छैन । 

यो घटनालाई विश्लेषण गर्ने हो भने बेलुका खाना खाएर सुतेका चप्पल, जुत्ता नलगाएको हुनुपर्ने हो । घटना बिहानैको हो भने पनि भागदौड गर्दा जुत्ता, चप्पल उनीहरुले कसरी लगाउन भ्याए ? हत्या गरिएका ६ जनाको नै टाउँकोमा सामान्य चोट र रगत जमेको पाइएको छ । विभिन्न सञ्चार माध्यममा प्रकाशन र प्रशारण भएअनुसार धारिलो हतियार प्रयोग गरी हत्या गरिएको भनिए पनि त्यस्तो नभएको पाइएको हो । उनीहरुको शव घोप्टिएको अवस्थामा रहेको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending