Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

खबरडबली संवाददाता

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी भएपछि प्यानल बनाउन समस्या भएको छ ।

इतर पक्षतर्फ कमै नेता खुलेकाले केन्द्रीय कमिटीसम्म प्यानल बनाउने कि पदाधिकारी मात्रै भन्ने टुंगो लागेको छैन । उम्मेदवार मनोनयन गर्ने दिन २८ मंसिरमा प्यानल सार्वजनिक गर्ने दुवै पक्षको तयारी छ ।एमालेको विधानमा १५ पदाधिकारी हुने प्रावधान छ, जसअनुसार १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिव रहनेछन् ।

ओलीनिकट नेताहरूका अनुसार पदाधिकारीमा ४० नेता आकांक्षी छन् । संस्थापनमा उपाध्यक्षका लागि विष्णु पौडेल, रामबहादुर थापा, गुरु बरालले निरन्तरता पाउने सम्भावना छ । स्थायी कमिटी सदस्य रघु पन्तले पनि उपाध्यक्षको दाबी पेस गरेका छन् । ओलीनिकट उपमहासचिव विष्णु रिमालको पनि उपाध्यक्षमा चर्चा छ ।

संस्थापनबाट महासचिव पदमा भने तीन नेता शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली आकांक्षी छन् । पोखरेल हाल महासचिव छन् भने गुरुङ र ज्ञवाली उपमहासचिव हुन् । तीनै नेता आफूसँग निकट भएकाले अध्यक्ष केपी शर्मा ओलीलाई व्यवस्थापन गर्न गाह्रो परेको छ ।

कार्यकर्ताले पुरानै नेतृत्वको निरन्तरता चाहेको महासचिव पोखरेलले दाबी गरे । ‘अध्यक्षलाई बलियो बनाउन टिम निर्माण गर्नुपर्छ भन्ने पक्षमा छौं । किनकि संक्रमणकालको व्यवस्थापन चुनौतीको सामना उहाँको नेतृत्वमा हुन्छ,’ कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘अन्य नेताले अपेक्षा राख्ने कुरा स्वाभाविक कुरा हो । अन्त्यमा पार्टी अध्यक्षले जे भन्नुहुन्छ, सबैले मान्नुपर्छ भन्ने साझा दृष्टिकोण छ । त्यसमा कुनै समस्या हुन्छ भन्ने लाग्दैन ।’

उपमहासचिव गुरुङले आफू महासचिव पदमा इच्छुक भएको अध्यक्ष ओलीलाई जानकारी गराएको बताए । ‘अध्यक्षलाई योग्यता, क्षमता वा मान्छेको रुचिअनुसारको कार्यविभाजन, जिम्मेवारी भयो भने राम्रो हुन्छ भनेका छौं,’उनले भने ।

संस्थापनमा ३ उपमहासचिव र ७ सचिवका लागि आकांक्षी नेता धेरै छन् । हालका सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल उपमहासचिवमा आकांक्षी छन् । जेन–जी आन्दोलनपछि ओलीका लागि सुरक्षा र निवास व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलेका महेश बस्नेत पनि उपहासचिव वा सचिवमा आकांक्षी छन् ।

सचिवमा नेताहरू खगराज अधिकारी, भानुभक्त ढकाल, किरण गुरुङ, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई, अग्नि खरेल, राजेन्द्र गौतम, हिक्मत कार्की, सूर्य थापा, जुली महतो, ज्वाला साह, नीरज आचार्य, नरुलाल चौधरी, खिमलाल भट्टराई, पदम गिरी र विशाल भट्टराईलगायत नेता आकांक्षी छन् । हालका पदाधिकारीबाहेक २३ स्थायी कमिटीमध्येका अधिकांश सचिवका आकांक्षी छन् । उपमहासचिव विष्णु रिमालले अध्यक्ष ओलीको नेतृत्वमा टिम बन्ने भएकाले संस्थापन पक्षमा विवाद नभएको बताए । ‘अध्यक्ष ओलीको नेतृत्वमा टिम बन्छ । त्यसमा राम्रो संयोजन हुनेछ,’ उनले भने ।

इतरपक्षमा महासचिवको उम्मेदवारमा उपाध्यक्ष सुरेन्द्र पाण्डे वा सचिव योगेश भट्टराईमध्ये एक हुनेछन् । अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षलाई पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थन छ । बुधबार पत्रकार सम्मेलन गरी पोखरेलले प्यानल बनाउने तयारी भइरहेको बताए । ‘प्यानल बनाउने गृहकार्यमा छौं,’ उनले भने ।

पोखरेल पक्षमा खुलेका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य दोहोरिन चाहेका छैनन् । उक्त समूहमा पदाधिकारीको पूरै प्यानल उठाउने गरी नेता खुलेका छैनन् । सचिव गोकर्ण बिष्टले कुन पदमा उम्मेदवारी दिनेबारे भन्ने टुंगो भएको छैन । उपमहासचिवमा बिन्दा पाण्डे, सचिवमा परशुराम मेघी गुरुङ, ठाकुर गैरे, सुरेन्द्र मानन्धर, रचना खड्का, उषाकिरण तिम्सेनालाई उठाउने तयारी छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending