खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र वडा नं. ११ खार्मीमा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत खर तथा फुसका छानामुक्त घर कार्यक्रमका लागि लाभग्राही छनोटमा भएको त्रुटि सच्याइएको छ । लाभग्राहीको सूचीमा हुँदै नभएका व्यक्तिको नाम समावेश भएको, बसाइँ सरेर अन्यत्र गइसकेका व्यक्ति, अर्काको घरको तस्वीर देखाउने तथा कतिपय एउटै व्यक्तिको नाम दोहोरिएको भन्दै सर्वत्र आलोचना भएपछि नगरपालिकाले त्रुटि सच्याएको हो ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत लाभग्राहीको सूचीमा हुँदै नभएका, बसाइँ सरिसकेका, अर्काको घरको तस्वीर राखेर लाभग्राही बनेका र दोहोरिएका लाभग्राहीको नाम समावेश भएको सार्वजनिक भएको थियो । पाथेकामा हुँदै नभएका खइबहादुर राईको ठाउँमा एकल महिला तुलसकुमारी राईलाई, अन्यत्र बसाइँ सरिसकेका तुलसी गिरीको सट्टा एकल महिला बुद्धिसिला राईलाई सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीका रूपमा सिफारिस गरिएको वडाध्यक्ष मुगाधन राईले जानकारी दिए ।
यस्तै पाथेकाकै नीरकुमार राईको नाम लाभग्राहीको सूचीमा दोहोरो परेपछि त्यस ठाउँमा एकल महिला इन्द्रकुमारी विश्वकर्माको नाम पनि थप गरिएको छ । नगरपालिकाले नक्कली लाभग्राहीको नाम हटाएर वास्तविक लाभग्राहीलाई सूचीमा राखेपछि उनीहरुले सम्झौता गरेर काठपात जुटाउन सुरु गरिसकेका छन् ।
सोही वडामा अरुको घरको तस्वीर पेश गरेर लाभग्राहीको सूचीमा राखिएका दिनेश राईको नाम हटाइएको छ । खर तथा फुसको छाना हटाउने अभियानअन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमका लागि पाथेकामा ३५ लाभग्राहीको कोटा तोकिएको थियो ।
यस्तै खार्मीमा हुँदै नभएको ललितबहादुर श्रेष्ठको ठाउँमा नीरकुमारी भुजेललाई सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीका रूपमा सिफारिस गरिएको वडाध्यक्ष रामचन्द्र राईले जानकारी दिए । जिल्ला समन्वय समितिले उक्त कार्यक्रमका लागि खार्मीमा २९ जनाको कोटा निर्धारण गरेको थियो । सो सूचीमा हुँदै नभएका व्यक्तिको नाम समावेश भएर आएपछि वडाले सच्याएको हो ।
दश स्थानीय तह रहेको जिल्लामा गत वर्ष दुई हजार ३८८ घर लाभग्राहीका लागि उक्त कार्यक्रमअन्तर्गत जस्तापाता खरिद गर्न प्रतिघर रु ५० हजारका दरले रकम आएको थियो । सहरी विकास मन्त्रालयअन्तर्गत वितरण गरिने जस्तापाता १० स्थानीय तहमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढीका ३४८ घर स्थानीय बासिन्दाका लागि परेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - ०८:३४
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...
फाल्गुन २० गते, २०८२ - ०८:३१
म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...
फाल्गुन २० गते, २०८२ - ०७:५३
काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...
फाल्गुन २० गते, २०८२ - ०७:४६
काठमाडौं । पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...
फाल्गुन २० गते, २०८२ - ०७:४१
काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...
फाल्गुन २० गते, २०८२ - ०७:३७
काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...
फाल्गुन २० गते, २०८२ - ०७:३०
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...
फाल्गुन २० गते, २०८२ - ०७:२६
काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ । चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...
फाल्गुन २० गते, २०८२ - ०७:१७
बेइजिङ । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...
फाल्गुन २० गते, २०८२ - ०७:१४
काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...



प्रतिकृया लेख्नुहोस्: