खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र वडा नं. ११ खार्मीमा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत खर तथा फुसका छानामुक्त घर कार्यक्रमका लागि लाभग्राही छनोटमा भएको त्रुटि सच्याइएको छ । लाभग्राहीको सूचीमा हुँदै नभएका व्यक्तिको नाम समावेश भएको, बसाइँ सरेर अन्यत्र गइसकेका व्यक्ति, अर्काको घरको तस्वीर देखाउने तथा कतिपय एउटै व्यक्तिको नाम दोहोरिएको भन्दै सर्वत्र आलोचना भएपछि नगरपालिकाले त्रुटि सच्याएको हो ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत लाभग्राहीको सूचीमा हुँदै नभएका, बसाइँ सरिसकेका, अर्काको घरको तस्वीर राखेर लाभग्राही बनेका र दोहोरिएका लाभग्राहीको नाम समावेश भएको सार्वजनिक भएको थियो । पाथेकामा हुँदै नभएका खइबहादुर राईको ठाउँमा एकल महिला तुलसकुमारी राईलाई, अन्यत्र बसाइँ सरिसकेका तुलसी गिरीको सट्टा एकल महिला बुद्धिसिला राईलाई सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीका रूपमा सिफारिस गरिएको वडाध्यक्ष मुगाधन राईले जानकारी दिए ।
यस्तै पाथेकाकै नीरकुमार राईको नाम लाभग्राहीको सूचीमा दोहोरो परेपछि त्यस ठाउँमा एकल महिला इन्द्रकुमारी विश्वकर्माको नाम पनि थप गरिएको छ । नगरपालिकाले नक्कली लाभग्राहीको नाम हटाएर वास्तविक लाभग्राहीलाई सूचीमा राखेपछि उनीहरुले सम्झौता गरेर काठपात जुटाउन सुरु गरिसकेका छन् ।
सोही वडामा अरुको घरको तस्वीर पेश गरेर लाभग्राहीको सूचीमा राखिएका दिनेश राईको नाम हटाइएको छ । खर तथा फुसको छाना हटाउने अभियानअन्तर्गत नेपाल सरकारले सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमका लागि पाथेकामा ३५ लाभग्राहीको कोटा तोकिएको थियो ।
यस्तै खार्मीमा हुँदै नभएको ललितबहादुर श्रेष्ठको ठाउँमा नीरकुमारी भुजेललाई सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीका रूपमा सिफारिस गरिएको वडाध्यक्ष रामचन्द्र राईले जानकारी दिए । जिल्ला समन्वय समितिले उक्त कार्यक्रमका लागि खार्मीमा २९ जनाको कोटा निर्धारण गरेको थियो । सो सूचीमा हुँदै नभएका व्यक्तिको नाम समावेश भएर आएपछि वडाले सच्याएको हो ।
दश स्थानीय तह रहेको जिल्लामा गत वर्ष दुई हजार ३८८ घर लाभग्राहीका लागि उक्त कार्यक्रमअन्तर्गत जस्तापाता खरिद गर्न प्रतिघर रु ५० हजारका दरले रकम आएको थियो । सहरी विकास मन्त्रालयअन्तर्गत वितरण गरिने जस्तापाता १० स्थानीय तहमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढीका ३४८ घर स्थानीय बासिन्दाका लागि परेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ६ गते, २०८२ - ०९:३१
काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट वितरणलाई लिएर तीनै प्रमुख गुटका नेताहरू सक्रिय बनेका छन्। यही विषयमा सहमति खोज्ने प्रयासस्वरूप गएराति काठम...
माघ ६ गते, २०८२ - ०९:२६
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्। सामाजिक स...
माघ ६ गते, २०८२ - ०९:१८
पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ। जिल्लाभर रहेका कुल १६७...
माघ ६ गते, २०८२ - ०८:१६
काठमाडौं । ‘सुदूरपश्चिममा शेरबहादुर देउवाको उत्तराधिकारी को ?,’ तीन महिनाअघि कांग्रेसको आन्तरिक राजनीति सामान्य रहेकै बेला सुदूरपश्चिममा कार्यकर्ताबीच...
माघ ६ गते, २०८२ - ०८:१०
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर पूर्वमन्त्री प्रदीप यादव नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन्। उनीसँगै वीरगञ्ज महान...
माघ ६ गते, २०८२ - ०८:००
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज बिहानै जानकी मन्दिरमा पुगेर दर्शन गरेका छन्। हिजो साँझ जनकपुरधाम पुगेका श...
माघ ६ गते, २०८२ - ०७:४१
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ यही मङ्गलबार उम्मेदवारको मनोनयन गर्दा हुँदैछ । निर्वाचन कार्यतालिका...
माघ ६ गते, २०८२ - ०७:३९
सोलुखुम्बु । हरेक वर्षको हिउँदयाममा खुम्बु क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरू चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान ...
माघ ६ गते, २०८२ - ०७:३८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि...
माघ ६ गते, २०८२ - ०७:३५
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालका रैथाने उत्पादनहरूको निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। साउनदेखि पुस ...




प्रतिकृया लेख्नुहोस्: