Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा बस्दै

खबरडबली संवाददाता

काठमाडौं । मन्त्रिपरिषद् विस्तारलगायत समसामाहिक विषयमा छलफल गर्न सत्ता गठबन्धन दलका पाँच शीर्ष नेताहरुको बैठक शुक्रबार बस्दै छ । बैठक बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल केन्द्रीत हुने भएपनि अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी विषयमा समेत छलफल हुन सक्ने छ । साउन २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री देउवाले २ महिन बित्न लाग्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । 

यस्तै एमसीसी सम्झौता कार्यान्वयनको पछिल्लो अवस्था बुझ्न उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली बिहीबार काठमाडौं आएको छ । चारदिने नेपाल भ्रमणमा रहेकी सुमारले बिहीबारबाट नै आफ्नो राजनीतिक भेटघाटलाई तिब्र बनाएकी छिन् ।

सुमार नेतृत्वको टोलीले विपक्षी दलका नेता केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री द्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराई तथा जसपाका अध्यक्ष उपेन्द्रयादवसँग छलफल गरिसकेको छ । एमसीसी सम्झौता अनुमोदनको विषयमा सत्ता गठबन्धन दलहरु नै विभाजित भएपछि प्रधानमन्त्री देउवा निकै दवावमा रहेका छन् ।

देउवा नेतृत्वकै सरकारको पालामा एमसीसी सम्झौता भएकोले उनी जसरी पनि एमसीसी संसदबाट पारित गर्ने रणनीतिमा छन् । तर, आम नेपाली जनता एमसीसीको विरुद्धमा रहेकाले सम्झौता जस्ताको तस्तै संसदबाट अनुमोदन गर्न सत्ता गठबन्धनका अन्य दलका शीर्ष नेताहरु झस्किएका छन् । 
प्रधानमन्त्री देउवाले बिहीबार नै सत्ता गठबन्धनको बैठक राखे पनि जसपा अध्यक्ष यादव अनुपस्थित भएका कारण विनानिष्कर्ष बैठक सकिएको थियो । 

यसैगरी छलफलको क्रममा सुमारले एमसीसी अमेरिकाको सैन्य रणनीतिअन्तर्गत नभएको बताए पनि सम्झौतामा भएका प्रावधान संशोधन नहुने प्रष्ट पारेकी छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending