Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

किन गरे लोकबहादुरले आफै काकाको बंशनाश ?

खबरडबली संवाददाता

काठमाडौं । मादी नगरपालिका–१ कार्की परिवारको सामूहिक हत्या आरोपमा पक्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की भएको प्रहरीले खुलासा गरेको छ । प्रहरीका अनुसार मृतका घरभन्दा करिब सय मिटर फरकमा आरोपीको घर रहेको छ । २६ वर्षीय लोकबहादुर र मृतक तेजबहादुर कार्की नाताले काका भतिज हुन् । प्रहरीले हत्या भएको एक ६ दिनपछि कार्कीलाई पक्राउ गरिएको पुष्टि गरेको छ । 

 गत सोमबार बिहानै स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो । उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।


यस्तो रहेछ हत्या गर्नुको रहस्य : 

 प्रदेश नम्बर १ का एक प्रहरी अधिकारीका अनुसार आरोपीले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अपराध स्वीकार गरेको छ । उनीमाथि थप अनुसन्धान सकेर प्रहरीले आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ । अनुसन्धानमा सहभागि प्रहरीका एक अधिकारीका अनुसार कार्कीले आवेगमा आएर सामूहि हत्या गरेको स्वीकारेका छन् । मृतक ५२ वर्षीय कार्कीले आफुमाथि लगातार मानसिक टर्चर दिने, पेल्ने काम गरेकाले आवेकमा हत्या गरेको स्वीकार गरेका हुन् । उनका छोराहरु विदेश रहेका र आफु जान खोजे पनि नसकिएकोमा हिनता बोध भएको प्रहरी समक्ष स्वीकार गरेका छन् । 

हत्या आरोपिको भनाइ उद्धित गर्दै एक प्रहरी अधिकारीले जनाए अनुसार सोमबार विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा ढुकेर आक्रमण गरी हत्या गरेका थिए । तेजबहादुरलाई हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि घटनास्थलतर्फ आएका बेला घरनजिकै रहेको खोला छेउमा दुवैलाई ह्याम्बरले हिर्काएर हत्या गरेको स्वीकार गरेका छन् । हत्याको पोल खुल्ने डरले कार्कीका नाति, नातिना र तेजबहादुरको आमाको समेत हत्या गरेका प्रहरी समक्ष स्वीकार गरेका छन् । 

घटनास्थलमा संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले हत्या अनुसन्धान गरेका थिए । 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending