काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै कायम हुने नेता भीम रावलालई तितो जवाफ फर्काएका छन् ।
सुदूरपश्चिम प्रदेशको समस्याबारे छलफल गर्न उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरु भट्ट र कर्ण थापा बालकोट पुगेका थिए ।
ओलीसंगको छलफलका क्रममा रावलले दश बुँदे कार्यान्वयन पार्टीको निर्णय भएको स्मरण गराउँदै पार्टी ०७५ जेठ २ को अवस्था फर्किपछि सुदूरपश्चिमको इन्र्चाज आफु भएको जिकिर गरेका थिए । तर, जवाफमा ओलीले १० बुँदे सहमति माधव नेपाल पक्षमा उभिएका कार्यकर्ता जोगाउन गरिएको भन्दै पार्टी नै चोइटिइसकेपछि १० बुँदेको रटान लगानुको अर्थ नभएको बताएका थिए ।
छलफलमा सहभागी एक नेताका अनुृसार ओलीले अहिलेको एमाले पुरानो एमालेको निरन्तरता नभएकोले पछिल्लो जिम्मेवारी नै आधिकारीक भएको जवाफ दिएका थिए । रावल पार्टीको उपाध्यक्ष भएकाले सहजिकरण गर्न र भट्टलाई दिएको जिम्मेवारीमा अवरोध सिर्जना नगर्न बताएका थिए । ओलीको भनाइ उदृत गर्दै एक नेताले बताए अनुसार सुदूरपश्चिम प्रदेशको अध्यक्ष कर्णबहादुर थापा र इन्चार्जमा भट्ट यथावत रहेका छन् ।
नेकपा रहेको अवस्थामै सुदूरपश्चिमको जिम्मेवारीमा माओवादी पृष्ठभूमि रहेका भट्टराई अघि सारिएपछि रावल प्रचण्ड र ओलीसंग रष्ट हुँदै आएका थिए । सर्वोच्चले गत फागुन २३ गते नेकपा खारेज गरेपछि रावल माधव नेपाल पक्षमा खरोरुपमा उत्रिएका थिए ।
फागुन २८ मा बसेको एमाले केन्द्रीय कमिटी बैठकले रावलको जिम्मेवारी खोसेर भट्टराई सुदुरपश्चिमको इन्चार्जको जिम्मेवारी दिइएको थियो । भदौ २ गते माधव नेपालले पार्टी विभाजन गरेपछि उनी सहित नेपाल पक्षका १० जना स्थायी कमिटी सदस्य एमालेमै फर्किएका थिए ।
पार्टी एकताको नाममा १० बुँदे सहमति गरेका रावल ओलीको तितो निर्देशन पाएपछि बालबोटबाट रुष्ट भएर फर्किका एक नेताले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: