Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

भीम रावललाई ओलीको तितो जवाफ: सुदूरपश्चिको इन्चार्ज लेखराज भट्ट नै हुन्, एकता विथोल्ने काम नगर्नोस्

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै कायम हुने नेता भीम रावलालई तितो जवाफ फर्काएका छन् । 

सुदूरपश्चिम प्रदेशको समस्याबारे छलफल गर्न उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरु भट्ट र कर्ण थापा बालकोट पुगेका थिए ।

ओलीसंगको छलफलका क्रममा रावलले दश बुँदे कार्यान्वयन पार्टीको निर्णय भएको स्मरण गराउँदै पार्टी ०७५ जेठ २ को अवस्था फर्किपछि  सुदूरपश्चिमको इन्र्चाज आफु भएको जिकिर गरेका थिए । तर, जवाफमा ओलीले १० बुँदे सहमति माधव नेपाल पक्षमा उभिएका कार्यकर्ता जोगाउन गरिएको भन्दै पार्टी नै चोइटिइसकेपछि १० बुँदेको रटान लगानुको अर्थ नभएको बताएका थिए ।

छलफलमा सहभागी एक नेताका अनुृसार ओलीले अहिलेको एमाले पुरानो एमालेको निरन्तरता नभएकोले पछिल्लो जिम्मेवारी नै आधिकारीक भएको जवाफ दिएका थिए । रावल पार्टीको उपाध्यक्ष भएकाले सहजिकरण गर्न र भट्टलाई दिएको जिम्मेवारीमा अवरोध सिर्जना नगर्न बताएका थिए । ओलीको भनाइ उदृत गर्दै एक नेताले बताए अनुसार सुदूरपश्चिम प्रदेशको अध्यक्ष कर्णबहादुर थापा र इन्चार्जमा भट्ट यथावत रहेका छन् ।

 नेकपा रहेको अवस्थामै सुदूरपश्चिमको जिम्मेवारीमा माओवादी पृष्ठभूमि रहेका भट्टराई अघि सारिएपछि रावल प्रचण्ड र ओलीसंग रष्ट हुँदै आएका थिए । सर्वोच्चले गत फागुन २३ गते नेकपा खारेज गरेपछि रावल माधव नेपाल पक्षमा खरोरुपमा उत्रिएका थिए ।

फागुन २८ मा बसेको एमाले केन्द्रीय कमिटी बैठकले रावलको जिम्मेवारी खोसेर भट्टराई सुदुरपश्चिमको इन्चार्जको जिम्मेवारी दिइएको थियो ।  भदौ २ गते माधव नेपालले पार्टी विभाजन गरेपछि उनी सहित नेपाल पक्षका १० जना स्थायी कमिटी सदस्य एमालेमै फर्किएका थिए ।

पार्टी एकताको नाममा १० बुँदे सहमति गरेका रावल ओलीको तितो निर्देशन पाएपछि बालबोटबाट रुष्ट भएर फर्किका एक नेताले बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending