Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८० आईतवार | 24th September, 2023 Sun

कानुनको कुरा नगरौ, दलीय व्यवस्थामा दलको निर्णय सभामुखले मान्नुपर्छ : अर्याल

पद्मा अर्याल

महाअभियोग लगाउने भनेको विषय भनेको कानूनी पाटो हो । तर, हामीले उठाएको राजनीतिक विषय हो । राजनीतिक प्रश्नको विषयमा राजनीतिक तवरले समाधान खोज्नु पदैंन ? उहाँ संविधान, कानून, विधान मिचेर दल फुटाउने षड्यन्त्रको मतियार बन्नुभएको छ, त्यस्ता व्यक्तिले बोलाएको बैठ

संवैधानिक मर्यादा उलङ्घन भयो । जो संवैधानिक व्यक्तित्व हो, उसैले संविधानको परिपालन गरेका छैनन् । त्यस विरुद्ध अवाज उठाउने कुरा अवैधानिक हो भन्ने कुरा सरासर गलत कुरा हो । यसमा कुनै सत्यता छैन ।

दलीय व्यवस्थामा दलले कारवाही गरेर दलीय अनुशासन नमान्ने, दल विरुद्धमा लाग्ने, दलीय आचरण विरुद्ध गतिविधि गरेकालाई निष्कासन गर्नु दलको कर्तव्य हो । कुनै पनि दलले नियम, कानून र संविधान संवत् तरिकाले निष्कासन गरेका सांसदलाई कारवाही नगर्ने विशेषाधीकार संविधानले सभामुखलाई कतै दिएको छैन । संविधान र कानूनले नदिएको विशेषधीकार प्रयोग गरेर उहाँले जुन खालको पार्टी फुटाउने षड्यन्त्र गर्नुभयो, त्यो एकदमै पूर्वाग्रही छ । सभामुखको आसन भनेको तटस्थ आसन हो । साझा व्यक्तिले एउटा दललाई फुटाउन भूमिका खेल्नु हुँदैन । यो गम्भिर प्रश्न उहाँमाथि छ । उहाँले यसको सफाइ इतिहासको कठघरामा उभिएर एक दिन दिनुपर्छ । संसदीय सर्वोच्चता, कानूनी सर्वोच्चता, पदीय मर्यादा, विधिको शासन कायम राख्न बाध्य भएर संसद अवरुद्ध गरेको हो । दलीय सिस्टममा दलले कुनै पनि आफ्ना सांसदलाई अनुशासनको कारवाही गर्न सक्छ । यो नितान्त दलको अधिकार हो । दल बाहेक अन्य कसैलाई पनि विशेषाधीकार दिएको छैन । 

कतिपयले दुई पटक संसद विघट गरेको आरोप हामीमाथि लगाएका छन्, त्यो फरक प्रशंग हो । त्यसलाई अदालतले टुंग्याइसक्यो । अब, त्यो भुतपूर्व बनिसक्यो । विगतमा टुंगिएको विषयलाई फेरी उप्काउने अधिकार कस्ले दियो ? पार्टीले कारवाही गरेका १४ जना सांसदका सवालमा अदालतले गर्ने फैसला आफ्नो ठाउँमा छ । यहाँ बुढी मरी भन्दा पनि काल पल्कियो भन्ने डर भयो । सभामुखको आसनबाट अदालतमा विषय प्रवेश गर्न नपाउँदै किन पक्षपतपूर्ण व्यवहार गर्नुभयो । किन संसदीय मर्यादालाई कायम गर्न सक्नुभएन ? उहाँले पार्टी फुटाउन, तहसनहस गर्न, दलीय भुमिकालाई निस्तेज पार्न भूमिका खेल्नुभयो । सभामुखको आसनमा बसेर यस्तो काम गर्न पदीय मर्यादाले उहाँलाई सुहाएन । 

जहाँसम्म महाअभियोग लगाउने भनेको विषय भनेको कानूनी पाटो हो । तर, हामीले उठाएको राजनीतिक विषय हो । राजनीतिक प्रश्नको विषयमा राजनीतिक तवरले समाधान खोज्नु पदैंन ? उहाँ संविधान, कानून, विधान मिचेर दल फुटाउने षड्यन्त्रको मतियार बन्नुभएको छ, त्यस्ता व्यक्तिले बोलाएको बैठकमा जाने कुरै हुँदैन । उहाँले अब केही गर्नु पर्दै, कि त एमालेले निष्कासन गरेको १४ सांसदलाई कारवाही गरेको सूचना टाँस गर्नुपर्यो कि त राजिनामा दिनुभयो भने समस्या समाधान हुन्छ । यो भन्दा विकल्प उहाँलाई छैन । 

(अर्याल नेकपा एमालेकी नेतृ एवं पूर्वमन्त्री हुन्)

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुन तस्करी प्रकरण : चिनियाँ नागरिकसहित १० जना पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । हिजो साँझ थप तीनजना पक्राउ परेसँगै करिब सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको ...

यि हुन् काठमाडौं उपत्यकामा आठ घण्टा आठ घण्टा बिजुली आपुर्ति बन्द हुने स्थान

काठमाडौं । शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा झण्डै ८ घण्टा बिजुली आपुर्ति बन्द हुने भएको छ ।  नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेशनको स...

नेपाल टेलिकमले यस्तो ल्यायो समर अफर

काठमाडौं । नेपाल टेलिकमले आज (२०८० असार २९) देखि लागु हुनेगरी समर अफर (Summer Offer) उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ...

७० करोड काण्डको फाइल खुल्ने भएपछि प्रधानमन्त्रीको राजीनामा मागेको खुलासा

काठमाडौं । तत्कालिन केपी शर्मा ओली कार्यकालमा चर्चित ७० करोड घोटालाको ओम्नी काण्डको पुनः छानबीन हुने भएपछि एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मा...

‘टिन स्टार इन्टरनेसनल ०२३’ भाग लिन थाइल्याण्ड उडे आर्नभ, निभिका र सायरा

काठमाडौं । थाईल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालबालिका आर्नभ श्रेष्ठ, सायरा भट्ट र निभ...

१० नयाँ ब्रोकर कम्पनीलाई नेप्सेले दियो आशयपत्र : क–कसले पाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप १० नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट दोस्रो चरणमा लाइसेन्स...

परराष्ट्रमन्त्री साउद आज अजरबैजान जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज अजरबैजान जाँदै छन् । असंलग्न राष्ट्रहरूका परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा सहभागिता जनाउन मन्त्री साउद आज अजरब...

प्रधानमन्त्री प्रचण्डको खुलासा : पुर्व माओवादीहरुबिच पार्टी एकता हुँदैछ

पोखरा। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका ल...

सचेत रहनुस् : आज धेरै ठाउँमा वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका केही भू–भागमा आज बिहानैबाट वर्ष...

नारायणगढ–मुग्लिन सडक पुनस् अवरुद्ध : तीन किलोमा पहिरो खस्यो

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक पुन: अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसे पछि सडक अवरुद्ध भ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending