Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

जनअपेक्षाअनुसार संविधानलाई संशोधन नगरिए ठूूलो चुनौती आउन सक्छ : संविधानविद्

खबरडबली संवाददाता

काठमाडौं । पूर्वप्रधान्यायाधीश, संविधानका जानकार तथा राजनीतिक दलका नेताले पूरा अवधि काम गर्न नपाउँदै बहुुमतको सरकार फेरिने तथा पटक–पटक संसद् विघटनको घटनाले संविधान कार्यान्वयनको अवस्थाबारे गहन समीक्षाको आवश्यकता औँल्याएका छन् । 

संविधान दिवसका अवसरमा नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आज यहाँ आयोजित ‘संवैधानिक दूरदृष्टि र नेपालको वर्तमान अभ्यास’ विषयक कार्यक्रममा सहभागी वक्ताले जनआन्दोलनको उपलब्धि रक्षा र संविधानलाई दीर्घजीवी तुल्याउन संविधान कार्यान्वयनको समीक्षाको समय भइसकेको धारणा व्यक्त गरे ।

सो अवसरमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने, ‘संविधान कार्यान्वनका सवलामा धेरै समस्या देखियो, अब मूल्याङ्कन गर्नुपर्छ, कहाँ चुुकेको छ, कहाँ नमिलेको छ, त्यसलाई सुुस्पष्ट गरी संविधानलाई दीर्घजीवी तुल्याउन र सङ्घीयतालगायतका उपलब्धि रक्षा गर्न संविधानको पुुनरावलोकन गर्ने समय भइसकेको छ ।’

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, मितव्ययी बनाउन र प्रजातन्त्रलाई व्यापारीकरणमा जान नदिन संविधान कार्यान्वयनको हालसम्मका समग्र प्रगतिको समीक्षा हुन आवश्यक रहेको बताउँदै उनले जनअपेक्षाअनुसार संविधानलाई संशोधन र सुधार नगरिए ठूूलो चुनौती सामना गर्नुपर्ने हुुनसक्ने बताए ।

पूूर्वप्रधानन्यायाधीश सुुशीला कार्कीले लोकतन्त्रका लागि ठूूलो सङ्घर्ष र योगदान पुुर्‍याएका राजनीतिक दलकै नेताबाट समानुुपातिक निर्वाचन प्रणालीको व्यापक दुुरुपयोग भएकाले हालको छनोट गर्ने व्यवस्थामा सुुधारको खाँचो औँल्याए ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतले अदालतमा जान नपर्ने विषयलाई प्रवेश गराउने तथा स्थापित मूल्य, मान्यतालाई आत्मसात नगर्ने प्रवृत्तिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका निर्णय तरङ्गित र आलोचित भएको धारणा व्यक्त गरे । उनले भने, ‘मुलुकले अहिले संवैधानिक अङ्गका बीचमा न्यायायिक आत्मसंयम खोजेको छ ।’

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले संविधान जारी गर्ने बेला विभिन्न खाले आशङ्का र प्रश्न उठाइएको भए पनि हालसम्मको सङ्घीयता कार्यान्वय प्रगतिले अवलम्बन गरिएको मार्गचित्रलाई सही पुष्टि गरेको बताए।

उनले भने, ‘सविधान कार्यान्वयनको सुखद् नतिजा देखिएको छ, संविधान र सङ्घीयता कार्यान्वयनको आगामी गन्तव्यका लागि संविधान कार्यान्वयनको सकारात्मक समीक्षा र पुनरावलोकनको खाँचो देखियो ।’

राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले जनसङ्ख्या कि भूगोलका आधारमा निर्वाचन क्षेत्र भन्नेजस्ता केही विषयमा विवाद भए पनि गणतन्त्र, सङ्घीयता, लोकतन्त्र, समावेशीलगायतका हिसाबले संविधान सर्वसम्मतिको दस्तावेज हुन पुगेको विचार राखे । उनले भने, ‘संशोधनले संविधानलाई दीर्घजीवी बनाउँछ, संसद्, संसदीय समिति र सांसदलाई बलियो तुल्याउन र समयका हिसाबले पनि अब संविधान समीक्षा गर्न योग्य भएको छ, आफ्नो कर्तव्य पूरा नगर्ने तथा संसद्बाट राजनीतिलाई बाहिर लैजान खोज्दा अहिले तमाम समस्या आएको हो ।’

संविधानका जानकार डा विपीन अधिकारीले संविधानको मर्म र भावनाअनुरूप समावेशी, आवधिक निर्वाचन, रूपान्तरण र जवाफदेहीका विषयमा उठेका प्रश्नलाई सम्बोधन गर्ने क्रममा भएका राम्रा अभ्यासको संरक्षण गर्दै आवश्यकता खड्किएको प्रश्नलाई स्थान दिन जरुरी रहेको विचार प्रकट बताए।

नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधान र शिलु मानन्धर बज्राचार्यले अदालतबाट भएका पछिल्ला फैसलाले संविधानको संरक्षण, कानूनी राज्य र लोकतन्त्रको स्थायित्वका लागि ऊर्जा प्रदान गरेको धारणा राखे । प्रधानले भने, ‘मौलिक हक कार्यान्वयनलाई गौणरूपमा हेरिनु लोकतन्त्रका लागि शुभसङ्केत होइन, मुलुकमा विकसित घटनाक्रमले संविधानको पुनरावलोकनको अवस्था देखिएको छ ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली कम्युनिष्टहरू मिल्दैनन् तर बारम्बार किन एकता वा सहकार्यको कुरा गर्छन् ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पुगेका बेला कतिपय नेपाली कम्युनिस्ट नेताहरूले फेरि एक पटक 'वामपन्थी सहकार्य'को चर...

स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेका छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन्। पाटन ...

जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन् ।  गाईखर्क सामुदायिक वनमा मङ्गलब...

इजरायलको मध्यस्थताका लागि ‘उपयोगी’ भए हमास दोहामा नै रहन्छ : कतार

काठमाडौं । कतारले हमासको राजनीतिक नेतृत्वलाई युद्धविराम वार्ताका लागि आवश्यक रहेमाकतारमा नै रहने अनुमति दिने बताएको छ ।  गाजामा जारी युद्ध अन्त्य ग...

बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति

सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् ।  बलरा नगरपालिका–६,...

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ । तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको छ । भानु नगरपालिका–३ खहरेमा औद्योगिक ग्राम निर्माणका लागि रु एक करोड बजे...

मलेसियाको श्रम नीतिले नेपाली श्रमिकलाई असर

काठमाडौं । नेपालीको श्रम गन्तव्य मुलुक मलेसियाले यही वैशाख ९ गतेदेखि औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने निर्णय गरेको छ।  केही दिनअघि आप्रवासी श्...

झापामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  दुर्घटनामा पश्चिमबाट पूर...

संकटमा प्रचण्ड सरकार : नयाँ कोर्स अघि बढाउन कांग्रेस-एमाले संवादमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने गृहकार्य सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रचण्ड नेतृत्व...

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्र...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies