दाङ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको राष्ट्रिय कार्यसमितिको छैटौँ बैठक तुलसीपुर उपमहानगरपालिकामा हुने भएको छ ।
विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण आठ महिनापछि भौतिक उपस्थितिमा आजदेखि यही असोज १० गतेसम्म तुलसीपुरमा महासङ्घको बैठक हुने भएको हो ।
बैठकमा विगत लामो समयदेखि वन हेरालाका रूपमा रहेका समुदायिक वनका उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्दै वनलाई आयआर्जनसँग जोड्ने ठोस लक्ष्यका साथ २५ वर्षे रणनीति तयार गरिने महासङ्घका केन्द्रीय अध्यक्ष भारती पाठकले जानकारी दिए ।
उनका अनुसार बैठकले साङ्गठनिक तथा आर्थिक प्रतिवेदन, सवालगत छलफल, आगामी कार्ययोजना, कोरोनाका कारण ज्यान गुमाउनुभएकी महासङ्घ सचिवालय सदस्य सविना राई महिला सशक्तीकरण पुरस्कार कोष स्थापना गर्ने कार्यक्रम रहेको छ ।
बैठकको पहिलो दिन आज स्थानीय महासङ्घसहित सरोकारवालाको सहभागितामा सामुदायिक वन अधिकार सम्मेलनको आयोजना गरिने भएको स्थानीय महासङ्घका अध्यक्ष चन्द्रबहादुर ओलीले जानकारी दिए ।
बैठकमा महासङ्घका केन्द्रीय पदाधिकारीसहित स्थायी समिति सदस्य, केन्द्रीय सदस्य र महासङ्घका सात प्रदेशका अध्यक्ष गरी कूल ९५ जनाको सहभागिता रहने छ । बैठकका अधिकांश सहभागी तुलसीपुर आइसकेको महासङ्घका सचिव ठाकुर भण्डारीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: