Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

गाउँका विद्यालयप्रति सहरका विद्यार्थीहरुको आकर्षण बढ्दो

रासस

म्याग्दी । कास्कीको पोखरास्थित शीतलादेवी माविमा कक्षा आठ पढेका अन्नपूर्ण गाउँपालिका–६ घारका नबराज बरुवाल प्रभा माविमै नौ कक्षा पढ्न आए । उनी हाल इलेक्ट्रिकल इञ्जिनियरीङ पढ्दै पढ्दै छन् । बरुवाल गाउँ नजिकैको विद्यालयमा आफूले रोजेको विषय पढ्न पाएकोमा खुसी छन् । 

‘आफैँ स्वरोजगार बन्ने सीपसहितको व्यवहारिक शिक्षा पढ्न  यहाँ आएको हुँ’, बरुवाल भन्छन्, ‘गाउँमा भएर के भो र ? सहरको विद्यालयकै जस्तो सेवा सुविधा छ ।’ बरुवालले जस्तै चितवनको भानु माविबाट कक्षा ६ उत्तीर्ण गरेका महर पुन कक्षा सात पढ्न म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित प्रभा माविमा भर्ना भए । उनी पनि सहरको विद्यालय छाडेर गाउँमा पढ्न आएका हुन् । 

बरुवाल र पुन जस्तै सहर बजारका विद्यालय छाडेर ग्रामीण क्षेत्रको प्रभा माविमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । विद्यालयका सहायक प्रधानाध्यापक विष्णुप्रसाद पोखरेलका अनुसार ३०० मध्ये १०० विद्यार्थी अन्यत्रबाटै आएका छन् । ‘विद्यार्थी र बालमैत्री शिक्षण विधि, प्रविधिको प्रयोग, अङ्ग्रेजी माध्यम, प्रयोगात्मक शैलीमा र प्राविधिक विषयको पठनपाठन गराउन थालेपछि विद्यार्थीको चाप बढेको छ’, उनले भने, ‘तीन वर्षअघि १३५ विद्यार्थी थिए, हाल विद्यार्थी सङ्ख्या बढ्दै गएको छ ।’

बेनी, पोखरा, चितवन, काठमाडौँ, बागलुङ, कुश्मालगायत सहरी क्षेत्रका निजी र सामुदायिक विद्यालयका विद्यार्थी प्रभा माविमा पढ्न आउने गरेका छन् । प्रभा माविमा साधारणतर्फ बाल कक्षादेखि १२ र प्राविधिकतर्फ कक्षा नौदेखि १२ सम्म इलेक्ट्रिकल इञ्जिनियरीङ विषयको पढाइ हुन्छ । यहाँ कक्षा ६ सम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन गराइन्छ । विज्ञान र कम्प्युटर प्रयोगशाला र पुस्तकालय भएको उक्त विद्यालयको आधारभूत तहको कक्षामा शैक्षिक सामग्री प्रदर्शनी र नाचगान गरी पढाउने सिर्जनात्मक शैली अपनाइएको प्रधानाध्यापक भगवानबहादुर कार्कीले बताए । ‘परीक्षा प्रणालीलाई परिवर्तन, अतिरिक्त क्रियाकलापमा जोड र अभिभावकसँग नियमित अन्तक्र्रिया गर्न थालेपछि सिकाइ उपलब्धिमा सुधार आएको छ’, उनले भने, ‘पछिल्लो शैक्षिक सत्रको औसत सिकाइ उपलब्धि ६२ प्रतिशत छ ।’

दश जलविद्युत् आयोजना सञ्चालन भएको नारच्याङमा गाउँमै रोजगारीको अवसर भएकाले स्वरोजगारमूलक इलेक्ट्रिकल विषयको अध्ययनमा विद्यार्थीको आकर्षण बढेको छ । अठ्ठाइसमध्ये अधिकांश शिक्षक कर्मचारी ३० वर्षभन्दा कम उमेर र स्नातकोत्तर उत्तीर्ण छन् । विद्यार्थीको चापसँगै विद्यालयमा नयाँ कक्षाकोठा, छात्रावास र चमेनागृह भवन निर्माण गरिएको छ । गाउँपालिका, प्रदेश र सङ्घीय सरकारका निकाय, नारच्याङमा निर्माणाधीन जलविद्युत् आयोजना, पूर्वविद्यार्थी र समुदायले विद्यालयको पूर्वाधार निर्माणमा सघाएका व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताए । राष्ट्रिय पुन:निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइको रु लाख अनुदानमा चार/चार कोठे दुई तथा रु ३२ लाखमा दुई कोठे भवन निर्माण गरिएको छ ।  

यसअघि चार कोठा थप गर्न रु ३५ लाख र चमेनागृह बनाउन रु १५ लाख सहयोग गरेको नीलगिरिखोला जलविद्युत् आयोजनाको रु एक करोड सहयोगमा शिक्षक र विद्यार्थीका लागि छात्रावास हाल निर्माणाधीन छ । हालै निर्माण भएको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत् आयोजनाले प्रभा माविका तीन निजी स्रोतका शिक्षकका लागि सात वर्षको तलबभत्ता उपलब्ध गराएको छ । व्यवस्थित खेलमैदान र घेराबार भएको उक्त विद्यालयमा पठनपाठनका लागि इन्टरनेटको प्रयोग गरिँदै आएको छ ।   

शैक्षिक, भौतिक र शिक्षण सिकाइ क्रियाकलापमा सुधार गर्ने हो सामुदायिक विद्यालयले पनि विद्यार्थी र अभिभावकको मन जित्न सक्ने सन्देश प्रभा माविले दिएको अन्नपूर्ण गाउँपालिकाको शिक्षा शाखाका अधिकृत गणेशबहादुर कटुवाल बताउँछन् । ‘जिल्लाका अन्य विद्यालयले पनि प्रभा माविको सिको गर्नु जरुरी छ’, उनले भने, ‘अब परम्परागत ढङ्गले मात्रै पठनपाठन गरेर उपलब्धि हासिल हुन सक्दैन, समय र प्रविधिसँगै दौडिनु पर्छ, अनी सफलता र उद्देश्य पूरा हुन्छ ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगनलाई अस्वीकार गर्दै देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...

रौतहटका १५२ मतदानस्थल अतिसंवेदनशील

चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...

नेकपाले यी जिल्लामा टुंग्यायो उम्मेदवार, ५० प्रतिशत युवालाई अवसर

काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...

शेखरले गगनसँग सहकार्य गर्ने, देउवाको बैठकमा नजाने

काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...

टिकट वितरणमा ओलीले इतर समूहलाई पन्छाएपछि योगेशको ‘नोट अफ डिसेन्ट’

पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू

विश्व सम्बन्धलाई कमजोर नबनाउन राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आग्रह

लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...

राष्ट्रियसभाको अधिवेशन आजदेखि

काठमाडौँ । राष्ट्रियसभाको १९औँ अधिवेशन यही माघ ४ गते आइतबारदेखि सुरु हुँदैछ । नयाँ वानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनज...

वार्ता र संवादका माध्यमबाट समाधान खोज्न त्रिविको आग्रह

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वार्ता र संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्न सबैलाई आग्रह गरेको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका शाखा...

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending