Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

गाउँका विद्यालयप्रति सहरका विद्यार्थीहरुको आकर्षण बढ्दो

रासस

म्याग्दी । कास्कीको पोखरास्थित शीतलादेवी माविमा कक्षा आठ पढेका अन्नपूर्ण गाउँपालिका–६ घारका नबराज बरुवाल प्रभा माविमै नौ कक्षा पढ्न आए । उनी हाल इलेक्ट्रिकल इञ्जिनियरीङ पढ्दै पढ्दै छन् । बरुवाल गाउँ नजिकैको विद्यालयमा आफूले रोजेको विषय पढ्न पाएकोमा खुसी छन् । 

‘आफैँ स्वरोजगार बन्ने सीपसहितको व्यवहारिक शिक्षा पढ्न  यहाँ आएको हुँ’, बरुवाल भन्छन्, ‘गाउँमा भएर के भो र ? सहरको विद्यालयकै जस्तो सेवा सुविधा छ ।’ बरुवालले जस्तै चितवनको भानु माविबाट कक्षा ६ उत्तीर्ण गरेका महर पुन कक्षा सात पढ्न म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित प्रभा माविमा भर्ना भए । उनी पनि सहरको विद्यालय छाडेर गाउँमा पढ्न आएका हुन् । 

बरुवाल र पुन जस्तै सहर बजारका विद्यालय छाडेर ग्रामीण क्षेत्रको प्रभा माविमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । विद्यालयका सहायक प्रधानाध्यापक विष्णुप्रसाद पोखरेलका अनुसार ३०० मध्ये १०० विद्यार्थी अन्यत्रबाटै आएका छन् । ‘विद्यार्थी र बालमैत्री शिक्षण विधि, प्रविधिको प्रयोग, अङ्ग्रेजी माध्यम, प्रयोगात्मक शैलीमा र प्राविधिक विषयको पठनपाठन गराउन थालेपछि विद्यार्थीको चाप बढेको छ’, उनले भने, ‘तीन वर्षअघि १३५ विद्यार्थी थिए, हाल विद्यार्थी सङ्ख्या बढ्दै गएको छ ।’

बेनी, पोखरा, चितवन, काठमाडौँ, बागलुङ, कुश्मालगायत सहरी क्षेत्रका निजी र सामुदायिक विद्यालयका विद्यार्थी प्रभा माविमा पढ्न आउने गरेका छन् । प्रभा माविमा साधारणतर्फ बाल कक्षादेखि १२ र प्राविधिकतर्फ कक्षा नौदेखि १२ सम्म इलेक्ट्रिकल इञ्जिनियरीङ विषयको पढाइ हुन्छ । यहाँ कक्षा ६ सम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन गराइन्छ । विज्ञान र कम्प्युटर प्रयोगशाला र पुस्तकालय भएको उक्त विद्यालयको आधारभूत तहको कक्षामा शैक्षिक सामग्री प्रदर्शनी र नाचगान गरी पढाउने सिर्जनात्मक शैली अपनाइएको प्रधानाध्यापक भगवानबहादुर कार्कीले बताए । ‘परीक्षा प्रणालीलाई परिवर्तन, अतिरिक्त क्रियाकलापमा जोड र अभिभावकसँग नियमित अन्तक्र्रिया गर्न थालेपछि सिकाइ उपलब्धिमा सुधार आएको छ’, उनले भने, ‘पछिल्लो शैक्षिक सत्रको औसत सिकाइ उपलब्धि ६२ प्रतिशत छ ।’

दश जलविद्युत् आयोजना सञ्चालन भएको नारच्याङमा गाउँमै रोजगारीको अवसर भएकाले स्वरोजगारमूलक इलेक्ट्रिकल विषयको अध्ययनमा विद्यार्थीको आकर्षण बढेको छ । अठ्ठाइसमध्ये अधिकांश शिक्षक कर्मचारी ३० वर्षभन्दा कम उमेर र स्नातकोत्तर उत्तीर्ण छन् । विद्यार्थीको चापसँगै विद्यालयमा नयाँ कक्षाकोठा, छात्रावास र चमेनागृह भवन निर्माण गरिएको छ । गाउँपालिका, प्रदेश र सङ्घीय सरकारका निकाय, नारच्याङमा निर्माणाधीन जलविद्युत् आयोजना, पूर्वविद्यार्थी र समुदायले विद्यालयको पूर्वाधार निर्माणमा सघाएका व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताए । राष्ट्रिय पुन:निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइको रु लाख अनुदानमा चार/चार कोठे दुई तथा रु ३२ लाखमा दुई कोठे भवन निर्माण गरिएको छ ।  

यसअघि चार कोठा थप गर्न रु ३५ लाख र चमेनागृह बनाउन रु १५ लाख सहयोग गरेको नीलगिरिखोला जलविद्युत् आयोजनाको रु एक करोड सहयोगमा शिक्षक र विद्यार्थीका लागि छात्रावास हाल निर्माणाधीन छ । हालै निर्माण भएको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत् आयोजनाले प्रभा माविका तीन निजी स्रोतका शिक्षकका लागि सात वर्षको तलबभत्ता उपलब्ध गराएको छ । व्यवस्थित खेलमैदान र घेराबार भएको उक्त विद्यालयमा पठनपाठनका लागि इन्टरनेटको प्रयोग गरिँदै आएको छ ।   

शैक्षिक, भौतिक र शिक्षण सिकाइ क्रियाकलापमा सुधार गर्ने हो सामुदायिक विद्यालयले पनि विद्यार्थी र अभिभावकको मन जित्न सक्ने सन्देश प्रभा माविले दिएको अन्नपूर्ण गाउँपालिकाको शिक्षा शाखाका अधिकृत गणेशबहादुर कटुवाल बताउँछन् । ‘जिल्लाका अन्य विद्यालयले पनि प्रभा माविको सिको गर्नु जरुरी छ’, उनले भने, ‘अब परम्परागत ढङ्गले मात्रै पठनपाठन गरेर उपलब्धि हासिल हुन सक्दैन, समय र प्रविधिसँगै दौडिनु पर्छ, अनी सफलता र उद्देश्य पूरा हुन्छ ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending