Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

चन्द्रागिरी : घाम र कुहिरासँग लुकामारी...

रासस

चन्द्रागिरी । फुस्फुस उड्डै आउने कुहिरोको शीतल स्पर्श । फेरि छिनमै पारिलो घामको न्यानोपन । बादलसँगै कुहिरोको शीत र घामको किरणको लुकामारी चल्छ । यही स्वर्णीम मौसमका कारण काठमाडौँका शिर झैँ उभिएको अग्लो चन्द्रागिरिको चुचुरो अचेल बादलभित्रको स्वर्ग झैँ रमणीय बनेको छ । यति बेला चन्द्रागिरि पुग्ने पर्यटक त्यसैमा रमाएर फुरुङ्ग छन् । 

आगन्तुक हरियो डाँडामा कुहिरो र घामकोे अलौकिक दृष्यलाई पृष्ठभूमि पारेर हतारहतार क्यामेरामा कैद गर्न मरिहत्ते गर्छन् । बढ्दै गएको चिसोकैमाँझ जाडो याममा भने यहाँ हिउँ खस्छ । हिउँसँग खेल्ने प्रतिक्षामा धेरै छन् । मनसुन घर्किंदै गएको बखत, बिहीबार घरी आकास खुल्ने त घरी डम्म बादलले भरिनेक्रम दिनभरजसो नै जारी रह्यो । बेलाबेलामा प्राप्त हुने तापिलो सूर्यको किरणले आगन्तुकलाई शरद् ऋतुले स्वागत गरेएको झैँ मौसमको अनुकूलता अनुभूत गरायोे । सिङ्गो काठमाडौँ उपत्यकालाई चन्द्रागिरिको टुप्पोबाट नियाल्न पाउँदा आगन्तुक दङ्ग पर्छन् । ‘खाल्डोभरिका घर त सानासाना बट्टा जस्ता ओइ हेर न’, एक युवती सङ्गीसँग भन्दै थिइन ।

पश्चिम नेपालबाट घुम्न आउनुभएकी ८७ वर्षीया आमा भद्रकला र श्रीमती नन्दासँगै ६६ वर्षका प्रमा थानीले त्यही मौसमको मजा लिए । चन्द्रागिरि यात्रा भद्रकलाका लागि पहिलो हो । उनको जीवनकै नौलो क्षण बटुले । आउँदा वनको माथिमाथि मन्द गतिको केबलकार यात्राले उनलाइ थप पुलकित बनायो । केबलकारबाट तल हरिया थुङ्गा झैँ रुख देखिए । सयौँ थरीका बोटबिरुवाको रौनक अर्कै थियो । केबलकार वनको केही नजिक पुग्दा लता लहरामा फुलेका वनफूलको सौन्दर्यले मन उसै लोभ्याउँथ्यो । ‘यो बुढेसकालमा नयाँ ठाउँ घुम्न पाउँदा कति रमाइलो कति, पुरानो महत्व बोकेको ठाउँ पनि हो, एकपटक हेरौँ भनेर आएको’, भद्राकुमारीले पहिलो अनुभव सुनाए । 

माथि पुगेपछि ठाउँठाउँ सामूहिक अनि ठाउँठाउँ एक्लाएक्लै तस्वीर लिने आन्तरिक पर्यटक बाक्लै थिए । फाट्टफुट्ट विदेशीसमेत मिसिन्थे । पृथ्वीनारायाण शाहको शालिक नजिक पुगेर औँलो उठाएको भान पार्दै पालैपालो तस्वीर कैद गर्न कसैले छुटाएनन् । यहाँ रहेको भालेश्वर मन्दिरसँगै मानव निर्मित आकर्षक संरचनामा रमाउन पाउँदा पर्यटक खुसी देखिन्थे । पर्यटक समूहगतरुपमै धेरै थिए । त्यसबीच काठमाडौँ बस्ने कल्पना शर्मा पनि साथीभाइसँग सेल्फीमा रमाए । ठाउँठाउँमा प्रेमिल जोडी फरकफरक दृष्यमा रमाइरहेका भेटिए । समूहमा आएका एकै स्थानमा बसेर टिकटक बनाउँदै गीतमा नाँच्ने गाउने गरिरहेका भेटिए । त्यतिमात्र हैन विद्यालय खुल्ने वा बन्द हुने अन्यौलका बीच रमाइलो गर्न पुगेका बालबालिका पार्कमा खेलकुदको मजा लिन भ्याए ।

लामो समयदेखि बन्द रहेर गत भदौ १९ बाट यहाँको केबलकार सञ्चालनमा आएपछि झनै चहलपहल थपिएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण उक्त केबलकार गएको वैशाख १६ गतेदेखि बन्द थियो । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेखविक्रम शाहले स्वास्थ्यका मापदण्ड पालना गरेर केबलकार सञ्चालन गरिएको र अहिले विस्तारै विभिन्न जिल्लाबाट मानिस घुम्न आउन थालेको जानकारी दिए । यहाँ अहिले जीपलाइन र रिसोर्टसमेत सञ्चालनमा छ । दैनिक एक हजार पर्यटक पुग्न थालेका छन् । बिदाको दिनमा बढी पुग्छन् । चन्द्रागिरिको फेदबाट अलिक उकालिएपछि केबलकारको व्यवस्थापन क्षेत्र सुरु हुन्छ । 

यहाँ पुग्ने पर्यटक छोटो समय जीप लाइनको मजा लिन पनि हौसिन्छन् । उनीहरु आकर्षक संरचनालाई पृृष्ठभूमि पारेर सेल्फी लिन्छन् । चन्दागिरिबाट देखिने काठमाडौँ उपत्यकाको मनोरम दृष्यले जो कसैलाई लोभ्याउने गरेको उहाँ सुनाउनुहुन्छ । सहरको भिडभाड र सवारी साधनको हो–हल्लाबाट पर प्रकृतिको काखमा रहेको चन्द्रागिरि पर्यटकका लागि आजकाल मन बिसाउने चौतारी बनेको छ । यहाँ पुगेपछि व्यस्त सडकको धुवाँ धुलोबाट केही समय राहत मिल्छ । 

काठमाडौँ जिल्लाको दक्षिण पश्चिममा पर्छ चन्द्रागिरि । छोटो समयमा मजा लिएर फर्कनसक्ने क्षेत्र हो । त्यसमाथि केबलकारले थप सहज र छिटो बनाइदिएको छ । चन्द्रागिरि सधैँ व्यस्त रहेने उपत्यकावासीको थकान भुल्याउने मुख्य थलोका रुपमा पछिल्लो समय उदाउँदो छ । 

त्यसो त उपत्यका आसापासका धेरैजसो पहाड र पर्यटकीय क्षेत्रमा यसैगरी पर्यटक जाने गरेका छन् । चन्द्रागिरि मात्रै होइन कोभिड–१९ सङ्क्रमणका कारण प्रभावित पर्यटन क्षेत्रमा विस्तारै चहलपहल बढ्न थालेको छ । आन्तरिक पर्यटक घुम्नेक्रम बढेको तत्क्षेत्रका पर्यटन व्यवसायीले बताएका छन् । फूलचोकी, काठमाडौँ, भक्तपुर र ललितपुरका दरबार स्वायर, सुन्दरीजल, स्वयम्भु, बौद्ध, बूढानीलकण्ठ, शिवपुरी, चोभार, नगरकोटलगायत क्षेत्रमा विस्तारै चहलपहल बढेको छ । 

चन्द्रागिरी प्राकृतिक सुन्दरतासँगै धार्मिक तथा ऐतिहासिक महत्वसमेत जोडिएको छ । राष्ट्र निर्माता श्री ५ बडामहाराजा पृथ्वीनारायण शाहले ससुराली मकवानपुरबाट फर्किंदा यहाँबाट खाल्डोलाई नियाल्नुभएको इतिहास छ । गोर्खा राज्यलाई एकीकृत गर्ने पहिलो योजना उहाँले यहीँ बसेर बनाएको भन्ने विभिन्न ऐतिहासिक दस्तावेजमा उल्लेख छ । 

यहाँ रहेको भालेश्वर मन्दिर धार्मिकस्थलका रुपमा प्रख्यात छ । यही मन्दिर दर्शन गरेर शाहले उपत्यका विजयको शक्ति प्राप्त गरेको लोक कथन पनि छ । त्यसैले यहाँ दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । यहाँ स्वस्थानी व्रतकथाअनुसार महादेवले बोकेर हिँड्नुभएकी मृत सतीदेवीको निधार पतन भएकाले भालेश्वर नाम रहेको किंवदन्ती छ । 

प्राकृतिक हिसाबले मनोरम चन्द्रागिरीबाट सगरमाथा, अन्नपूर्ण लाङ्टाङ, गौरिशङ्करलगायतका हिमशृङ्खलाको दृष्यपान गर्न किन्छ । विभिन्न चाडपर्वमा यहाँ मेला लाग्छ । हिमवत्खण्डको धार्मिक कथनअनुसार स्वर्गकी अप्सरा रम्भाले श्राप दिएपछि सुखुम गन्धर्व भौँतारिएर हिँडिरहेका बेला गालप ऋषिको उपदेशबमोजिम दर्शन गर्न जाँदा भालेश्वर महादेव प्रकट भएको हो । 

उसो त चन्द्रागिरी काठमाडौँ उपत्यकाको हरियाली प्रवद्र्धन गर्ने मुख्य पर्वत हो । साथै नजिकका भेगका खानेपानीको पूर्ति गर्ने प्रमुख स्रोत पनि हो । काठमाडौँको थानकोटस्थित गोदामचौरबाट झण्डै १२/१३ मिनेटको केबलकार यात्रापछि यहाँ पुग्न सकिन्छ । यहाँ पुग्न सडकमार्ग र ट्रेकिङ रुट समेत छ । यहाँ पछिल्ला समयमा पैदलै चन्द्रागिरि पुगेर रमाइलो गर्ने पर्यटनकोसमेत वृद्धि हुन थालेको छ । चन्द्रागिरीबाट हाइकिङ रुट पनि सुचारु छ । जहाँबाट सिधै काठमाडौँबाट मकवानपुरको ऐतिहासिक पर्यटकीयस्थल चित्लाङसम्म पैदलमार्गबाट पुग्न सकिन्छ । श्री ५ पृथ्वीनारायण शाह यही बाटोहुँदै चन्द्रागिरी उक्लेका थिए भन्ने भनाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending