Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

नयाँ घर सरेको बीस दिनमा पुन: मूल घरमै फर्किए वडा अध्यक्ष साँईला राई

गणेश पाण्डे

धादिङ । नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका धुनिवेशी नगरपालिका–९ का वडा अध्यक्ष साईला राई बीस दिनमा पुन: मूल घर एमालेमै फर्किएका छन् ।

 पार्टीभित्र आफुले गरेको कामको उचित मुल्याङन नभएको भन्दै अध्यक्ष राईले भदौ २१ गते जिल्ला निर्वाचन कार्यलय धादिङमा  उपस्थित भइ नेकपा (एस) पार्टीमा सनाखत गरेका थिए । एमाले छोडेपछि निकै तनाव र दवाबमा रहेका राईले शनिबार नेकपा एमाले धादिङका अध्यक्ष एवं संघीय सांसद भुमि त्रिपाठीको आतिथ्यामा धुनिवेशीमा भएको राष्ट्रिय युवा संघ नेपालको वृहत युवा भेलामा उनले पुन: मूल पार्टीमै फकिएको घोषण गरेका हुन् ।  राईलाई प्रभुख अतिथि त्रिपाठीले खादा ओढाएर स्वागत गरेका थिए ।

कार्यक्रममा अध्यक्ष राईले आफु पार्टीको दवावमा आएर नभइ स्वइच्छाले नै मूल पार्टीमा फर्किको बताए । ‘मेरा लागि पद ठुलो होइन', उनले भने,‘मलाई आफ्नो घर फर्किन दवाव दिनै पर्दैन । मैले एक पाइला चालेको थिएँ, एक पाइला फर्किएँ । पद गए जाहोस ।’

माधव नेपाल नेतृत्वको नेकपा (एस)लाई भदौ ९ गते निर्वाचन आयोगले दलको मान्यता दिएपछि प्रदेश र स्थानीय जनप्रतिनिधिलाई नयाँ दल रोज्न आयोगले २१ दिनको समय दिएको थियो । त्यहि सुविधालाई पक्षाउँदै धुनिवेशी नगरपालिकामा उनी सहित नगर प्रमुख बालकृष्ण आचार्य, उप–प्रमुख निरु खारेल लगायत धादिङबाट ७९ जनाले नेकपा (एस)मा सनाखत गरेका थिए ।

अध्यक्ष राई मूल पार्टीमा फर्किएसंगै उनको पद भने धरापमा परेको छ । २०७४ सालमा भएको निर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट धुनिवेशी नगरपालिका ९ नं. वडाका निर्वाचित वडा अध्यक्ष हुन् । नयाँ पार्टीमा अध्यक्ष राईले गरेको सनाखत निर्वाचन आयोगले प्रमाणित गरिसकेकाले राजनीतिक दल सम्बन्धि संशोधित नयाँ ऐन अनुसार उनी नेकपा(एस)का जनप्रतिनिधि हुन् ।

राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ३१ को उपदफा २ अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा स्वत: पद रिक्त हुने व्यवस्था रहेको छ । यसैगरी दफा ३२ को उपदफा १(ख) र (ग)मा सम्बन्धित जनप्रतिनिधिले अर्को दलको सदस्यता लिएमा वा निज आफै संलग्न भइ नयाँ पार्टी खोलेमा स्वत: पद रिक्त हुने व्यवस्था रहेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ज्योतिषी अर्जुन क्षेत्रीको भविष्यवाणी- रवि लामिछानेको प्रधानमन्त्री बन्ने योग छ

काठमाडौं । २०८० सालभित्र नेपालमा राजतन्त्र फर्किने असफल भविष्यवाणी गरेका ज्योतिषी अर्जुन क्षेत्रीले रास्वपा सभापति रवि लामिछानेको प्रधानमन्त्री बन्ने ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गर...

भूकम्पमा गोडा गुमाएकालाई ललितपुर महानगरको सहयोग

ललितपुर । खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ । महानगरप...

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु...

लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको स...

यी हुन् लगानी सम्मेलनमा प्रस्तुत गरिने १५१ परियोजना

काठमाडौं  । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ ...

सेनाले माग्यो प्राविधिकतर्फ ३१९ सैनिक कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले प्राविधिकर हवाईरविविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित ...

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् ।  विश्वका विभिन्न अठार देशले बिहीबार एक संय...

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन- १२ राज्यका ८९ सीटका लागि मतदान

काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ। आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ स...

कक्षा १२ को परीक्षा आजबाट, जापानमा पनि परीक्षा केन्द्र

तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies