Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

खुल्यो मुक्तिनाथ मन्दिर

खबरडबली संवाददाता

म्याग्दी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो । मन्दिर गत वैशाख महिनादेखि बन्द गरिइएको थियो । 

मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मापदण्ड तोकेर बाहिरी जिल्लाका तीर्थयात्री र भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा खुलाइएको जानकारी दिनुभयो । 

“स्वदेशीका लागि पिसीआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्धको खोप लगाएकोमध्य कुनै एक प्रमाणको आधारमा मुक्तिनाथमा प्रवेश दिने निर्णय भएको छ”, उनले भने “विदेशीका लागि सात दिनभित्रको पिसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।” 

बडादशैँको सोह्रश्रद्धामा कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन आउने गर्छन् ।  कोरोना सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा गरिएको निषेधाज्ञा पाँच महिनापछि गत भदौ २३ गतेदेखि खुलाइएको थियो ।  

अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमणदर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाएको प्रशासनलाई विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिरमा पनि खुलाउन दबाब परेको थियो । 

निषेधाज्ञा र मुक्तिनाथ खुलेसँगै निषेधाज्ञाले थला परेको मुस्ताङका होटल र पर्यटन व्यवसाय चलायमान, जनजीवन सहज र विकास निर्माणले गति लिने अपेक्षा गरिएको छ । मुक्तिनाथ र पर्यटकीयस्थल खुलाएपछि सडक र हवाईमार्ग भएर मुस्ताङ जानेहरुको चहलपहल बढेको छ । कोरानाका कारण मुक्तिनाथ मन्दिर नजिकैको रानीपौवाका सातसहित मुस्ताङमा १५ जनाले ज्यान गुमाएका छन् ।

समुद्री सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा रहेको मुक्तिनाथलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मानिन्छ । शालिग्राम भगवान्को लागि प्रशिद्ध मुक्तिनाथ दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास छ । शालिग्राम शिलालाई भगवान् विष्णुको रुप मानेर पूजा गरिन्छ । यसै ठाउँको बाटो भएर बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचारका लागि तिब्बत गएकाले यसलाई बौद्ध धर्मावलम्बीहरुको पनि तीर्थस्थल मानिन्छ । १०८ धारामा स्नान र मुक्तिनाथ मन्दिरमा पूजाआजा तथा दर्शन गर्ने चलन छ । मन्दिर परिसरमा गुम्बा पनि छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ: सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएको छन्। काठमाडौँ महा...

आन्तरिक विवादमा संवादको माग गर्दै विश्वप्रकाशद्वारा पाँच नेतालाई ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...

‘चुड्का’ र ‘कौरा’ नाचमार्फत मौलिक पहिचान जोगाउँने अभियानमा भुजेल समुदाय सक्रिय

तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...

पर्वतको बाच्छामा १ करोड मूल्यको काक्राको बिउ उत्पादन हुने आँकलन

पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...

सुर्खेतको हिरासतमा रहेका युवाको मृत्यु

सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँ: पर्यटनमन्त्री

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...

ब्रेक फेल भएर बागलुङको बिहुँमा कार दुर्घटना

बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...

बाली जोगाउन राष्ट्रिय दृष्टिकोण बनाऔं - महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...

काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न ६ सदस्यीय समिति गठन

काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending