काठमाडौं । शेयर कारोबार हुने साताको पहिलो दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६१.२७ बिन्दुले घटेर दुई हजार ७५८.४८ मा ओर्लिएको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७० बिन्दुले घटेर ५१९.३६ मा ओर्लेको छ । कूल २३३ कम्पनीको एक करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर रु ६ अर्ब ५० करोड एक लाख १७ हजार ७८० मूल्यमा खरिद बिक्री भए ।
आजको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ६१ अर्ब ३७ करोड २७ लाख ६० हजारको हाराहारीमा रहेको छ । नेप्सेका अनुसार आज सामूहिक लगानी कोषबाहेक अरु १२ वटा उपसमूहको शेयर ओरालो लागेको छ । सामूहिक लगानी कोष ०.०३ बिन्दुले उकालो लाग्दा बैंकिङ १८.२९, व्यापार ९८.७४, होटल तथा पर्यटन ८८.९७, विकास बैंक १३०.६४, जलविद्युत् १३५.०३, वित्त १५६.१७, निर्जीवन बीमा ३५६.७६, उत्पादन ११६.७५, अन्य ४४.१३, लघुवित्त १२०.९९, जीवन बीमा ३७१.३१ र लगानी ३.२३ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३३ करोड ९५ लाख ७३ हजार ६५५ बराबरको कारोबार भयो । यस्तै, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स रु ३१ करोड ८८ लाख ९९ हजार ५००, नेपाल बैंक रु २१ करोड ३४ लाख ९५ हजार ३१३, कामना सेवा विकास बैंक रु २० करोड ५८ लाख ६२ हजार २५०, नेशनल हाइड्रो पावर रु १७ करोड ८३ लाख ७६ हजार ८९४ र मेघा बैंक रु १७ करोड ७० लाख ९१ हजार २४० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । यस्तै, हालैमात्र कारोबारमा आएको मैलुङखोला जलविद्युत् कम्पनीको शेयर मूल्यमा ६.०३ प्रतिशतले वृद्धि भएको छ । सिटिजन म्युचुअल फण्ड एकको ३.४०, सनराइज फस्ट म्युचुअल फण्डका लगानीकर्ताले २.३१ प्रतिशतले कमाए ।
आइसिएफसी फाइनान्स ८.९८, घलेम्दी हाइड्रोपावर ७.९६, मल्टीप्रपोज फाइनान्स कम्पनी ७.६६, वेसट फाइनान्स कम्पनी ७.६०, माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ७.३७ प्रतिशतले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: