पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग संंयुक्त राष्ट्रसङ्घका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीबीच आज पोखरामा औपचारिक भेटवार्ता भएको छ । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी सरकारको निमन्त्रणामा नेपाल आउनुभएकी साराले मुख्यमन्त्री पोखरेलसँग उहाँको कार्यालयमा भेटवार्ता गरेका छन् ।
सो अवसरमा मुख्यमन्त्री पोखरेलले संयुक्त राष्ट्रसङ्घको स्थापना भएदेखि नै नेपाल निरन्तर संलग्न हुँदै आएको स्मरण गर्दै सुरक्षा परिषद्देखि विभिन्न समितिमा जिम्मेवारी लिएर नेपालले सफलताका साथ काम गर्दै आएको बताए ।
संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा विश्वमा शान्ति स्थापनाको सवालमा नेपालले महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै उनले राष्ट्रसङ्घकै नेतृत्वमा शान्ति, स्थिरता र समृद्धि हासिल हुनेमा नेपाल सदैव प्रतिबद्ध रहेको बताए । राष्ट्रसङ्घले नेपालमा मानवीय क्रियाकलापका क्षेत्रमा लैङ्गिक विकास, मानव अधिकार, दिगो विकास लक्ष्य हासिलका लागि गरेको सहयोग महत्वपूर्ण रहेको उनको भनाइ छ ।
‘सुशासनको प्रत्याभूति, सङ्घीयताको कार्यान्वयन र विकासका कार्यमा हाम्रो ध्यान केन्द्रित भएको छ’, उनले भने । कोभिडले थला परेको सामाजिक आर्थिक अवस्थालाई पुनरुत्थान गर्न आफूहरू अग्रसर रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले स्वास्थ्य, शिक्षा र समग्र विकास प्रणालीलाई फरक ढङ्गबाट सम्बोधन गर्नुपर्ने धारणा राखे ।
संंयुक्त राष्ट्रसङ्घका लागि नेपाल प्रमुख साराले दिगो आर्थिक विकास, प्रदुषणमुक्त रोजगारी आफूहरूको पहिलो प्राथमिकता रहेको बताए । ’संयुक्त राष्ट्रसङ्घले पाँच वर्षका लागि विकास फ्रेमवर्क बनाउँदैछ, प्रदेशले निर्धारण गरेका प्राथमिकतालाई त्यसमा समावेश गरेर हामीले अगाडि बढाउने छौँ’, उनले भने ।
दिगो विकास लक्ष्य कार्यान्वयन गर्ने, न्यायमा आधारित सामाजिक तथा आर्थिक विकास गर्न राष्ट्रसङ्घले अझै सघाउने उहाँले प्रतिबद्धता व्यक्त गरे । भेटमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्ले र प्रमुख सचिव डा दामोदर रेग्मीले प्रदेशका प्राथमिकता र राष्ट्रसङ्घको भूमिकाका सम्बन्धमा प्रकाश पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: