Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

कैलालीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित

खबरडबली संवाददाता
कैलाली । नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा वडा तहको अधिवेशन सकिँदा कैलालीको वडा अधिवेशन कहिले हुने भन्ने टुङ्गो अझै लागेको छैन ।
 
क्रियाशील सदस्यताको विवाद समाधानमा ढिलाइ हुँदा कैलालीको वडा अधिवेशन गर्न पनि ढिलाइ भएको जनाइएको छ । प्रदेशका सबै नौ जिल्लामध्ये आठ जिल्लाका ७५ पालिकामा वडा अधिवेशन सकिएको छ । कांग्रेस कैलालीको वडा तहको अधिवेशन अब दसैँपछि मात्र हुने सम्भावना रहेको जिल्ला उपसभापति प्रकाश बमले बताए ।
 
“केन्द्रबाट निर्वाचन अधिकृत नआउँदा वडा तहको अधिवेशनका लागि निर्वाचन कार्यतालिकासमेत प्रकाशित हुन सकेको छैन”, जिल्ला सभापतिका आकाङ्क्षीसमेत रहेका उनले भने, “अधिवेशनका लागि पूर्वतयारीका काम गर्न पनि बाँकी नै रहेकाले दसैँअघि अधिवेशन हुने सम्भावना छैन ।” 
 
क्रियाशील सदस्यताको विवादका कारण पूर्वनिर्धारित कार्यतालिका गत भदौ १८ गते जिल्लामा वडा तहको अधिवेशन हुन सकेको थिएन । केही दिनअघि क्रियाशील सदस्यको विवाद टुङ्गिएर अन्तिम विवरण जिल्लामा प्राप्त भइसकेको जनाइएको छ । अब जिल्लामा क्रियाशील सदस्यताको विवाद टुङ्गिएको बमले बताए ।
 
प्रदेशका वडा अधिवेशन सकिएका कतिपय जिल्लामा कांग्रेसको नगर गाउँ तहको अधिवेशनको तयारी भइरहेको छ । प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा हुने कांग्रेसको वडा तहदेखि नगर गाउँ, निर्वाचन क्षेत्र र जिल्ला तहको अधिवेशनमा नेतृत्वमा पुग्नका लागि नेता कार्यकर्ताबीच रस्साकस्सी चल्न थालेको छ ।  
 
यो जिल्लामा हुने अधिवेशनले प्रदेश अधिवेशनका साथै केन्द्रीय अधिवेशनलाई समेत प्रभाव पार्ने हुँदा जिल्लाको अधिवेशनप्रति कांग्रेस नेता तथा कार्यकर्ताले बढी चासोका साथ हेर्न थालेका पनि छन् । 
 
प्रदेशका अन्य जिल्लाको तुलनामा कैलालीबाट केन्द्रीय अधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधिको सङ्ख्या बढी हुने हुँदा सबैको ध्यान कैलालीमा पर्नु स्वाभाविक रहेको जिल्ला सभापतिका अर्का आकाङ्क्षी नारायणदत्त भट्ट बताउनुहुन्छ । एक सय २६ वडा रहेको यस जिल्लामा १८ हजारभन्दा बढी क्रियाशील सदस्य रहेको बताइएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं १ मा क्रियाशील सदस्यताको विवाद बढी देखिएको थियो ।  
 
सो क्षेत्रमा अघिल्लो महाअधिवेशनका पुरानै क्रियाशीललाई मान्यता दिने निर्णय गरेपछि नयाँ क्रियाशील सदस्यताको विवाद टुङ्ग्याइएको बताइएको छ । देश सङ्घीयतामा गएसँगै सङ्घीय संरचनाअनुरुप अधिवेशन गर्ने पार्टी कांग्रेस पहिलो रहेको बताइएको छ । कैलाली कांग्रेसको सभापतिका लागि वर्तमान उपसभापति बम, पूर्वउपसभापति भट्टका साथै गणेश देउवा, खेमराज चौधरी, भीम बडुवाल लगायत नेता आकाङ्क्षी देखिएको चर्चा छ । 
 
पार्टीका जिल्ला सभापति नरनारायण शाह ९मनु० दुई कार्यकाल सभापतिको जिम्मेवारीमा रहिसक्नुभएको छ । तेस्रो कार्यकाल सभापतिमा उठ्न नपाइने कांग्रेसको विधानमा व्यवस्था छ । उहाँ अब पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षको तयारीमा रहनुभएको बताइएको छ ।
 
वडा अधिवेशनपछि नगर, गाउँ समितिको नेतृत्व चयन गरिने कार्यतालिका छ । त्यसपछि जिल्ला तहको कार्यसमिति चयन हुनेछ । क्रियाशील सदस्यले पार्टी संरचनाको वडा र क्षेत्रीय प्रतिनिधिको चयन गर्नुपर्ने व्यवस्था छ । क्षेत्रीय प्रतिनिधि प्रदेश, क्षेत्र, जिल्ला अधिवेशनका मतदाता हुने व्यवस्था छ । 
 
कांग्रेसको १४औँ अधिवेशनको प्रक्रिया आरम्भ भइरहँदा पार्टीमा मौलाएको गुट उपगुटको राजनीतिले वर्षौंदेखि राजनीतिमा लागेका निष्ठावान् र त्यागी नेता भनेपछि पर्दै गएको गुनासो सो पार्टीका कतिपय नेता कार्यकर्ताको गुनासो पनि छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस बैठकमा दुई लिखित प्रस्ताव पेश

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...

यूएईमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...

दाङ र लुम्बिनी दिउँसै अँध्यारो

घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...

महिला नेतृत्वको विरोध होइन, समर्थन गर्ने परिपाटी आवश्यक छ : महान्यायाधिवक्ता भण्डारी

भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...

सरकारी साक्षी टकबहादुर घर्तीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान र संकलित प्रमाणको प्रतिकूल बकपत्र गरेको अभियोगमा सरकारी साक्षी टकबहादुर घर्तीविरुद्ध विशेष अदालतमा आ...

कांग्रेस बैठक सुरु, सभापति थापा अनुपस्थित

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक सुरु भ...

कांग्रेस संसदीय दलको नेतामा केसीको दाबी, सहमतिमै टुंगो लागोस् भन्ने चाहना

काठमाडौं। अर्जुननरसिंह केसीले नेपाली कांग्रेस को संसदीय दलको नेतामा आफ्नो दाबी रहने बताएका छन्। शुक्रबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकका लागि ...

कार्की सरकारले संघीय संसद्को पहिलो अधिवेशन आह्वान गर्ने तयारी

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठन भएको संघीय संसद्को पहिलो अधिवेशन वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आह्वान गर्ने भएको छ। ...

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा पूजाअर्चना

जनकपुरधाम। प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रीमानका साथ हिन्दूहरूको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरमा शुक्रबार पूजाअर्चना गरेको छिन् ...

इनिसा विक हत्याकाण्डका दोषीमाथि कडा कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकमाथि सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गर्दै काठमाड...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: