एजेन्सी । मालीको उत्तरी किडाल क्षेत्रमा विस्फोटक उपकरणको आक्रमणमापरी संयुक्त राष्ट्रसंघबाट खटिएका इजिप्टका एक शान्ति सेनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएको संयुक्त राष्ट्रसंघले शनिबार जनाएको छ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टीफन दुजारिकले भने, मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको काफिलामा हमला टेसालिट नजिकै भएको थियो।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मालीका अधिकारीहरुलाई आक्रमणकारीहरूको पहिचान गर्न कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् ताकि उनीहरुलाई छिटो भन्दा छिटो न्यायको दायरामा ल्याउन सकियोस्। महासचिव गुटेरेसले शान्ति सेनाहरू बिरूद्धका हमलाहरू अन्तरराष्ट्रिय कानून बमोजिम युद्ध अपराध हुनेबताएका छन्।
संयुक्त राष्ट्रसंघकामहासचिव गुटेरेसले मालीका अधिकारीहरूलाई फोन गरी संयुक्त राष्ट्रसंघले माली सरकार र जनतालाई दिएको समर्थनको पुष्टि गरे र मारिएका इजिप्टका सैनिकको परिवारप्रति र सरकार एवं इजिप्टका जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै आक्रमणका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।
माली २०१२ देखि एक इस्लामिक चरमपन्थी विद्रोहलाई नियन्त्रण गर्न कोसिस गरिरहेको छ। २०१३ को फ्रान्सेली नेतृत्वको सैन्य अभियानको सहयोगमा मालीको उत्तरी शहरहरूमा चरमपन्थी विद्रोहीहरुलाई सत्ताबाट हट्न बाध्य पारिएको थियो।
विद्रोहीहरु चाँडै मरुभूमिमा पुनर्गठित भए अनि मालीकासेना र यसका सहयोगीहरूका विरुद्ध निरन्तर हमला गरिरहेका छन् ।
चरमपन्थीहरुले मध्य मालीसम्म आफ्नो पहुँच विस्तार गरेका छन्, जहाँ उनीहरूको उपस्थितिले यस क्षेत्रका जातीय समूहहरू बीच तनाव बढेको छ।
इस्लामिक चरमपन्थीहरूले उत्तरका प्रमुख शहरहरुको नियन्त्रण लिए पछि संयुक्त राष्ट्रसंघीय शान्ति मिशन २०१३ देखि मालीमा रहेको छ। यो शान्ति सेनाका लागि सबैभन्दा घातक बनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: