काठमाडौं । सर्वोच्च अदालतले इच्छा विपरित गर्भधारणपछि जन्माएको शिशु हत्यामा चर्को सजायँ पाएकी पर्वतका एक किशोरीलाई सजायमा उदारता देखाएको छ ।
पर्वत जिल्ला अदालतले ती कोशोरीको अवस्था विचार गर्दै साढे १२ वर्ष कैद हुने ठहर्याएको थियो । त्यसलाई उच्च अदालत पोखरा, बाग्लुङ इजलासले पाँच वर्षमा झारेको थियो । विवाह नगरेकी किशोरीले जन्माएको शिशु हत्याको घटनामा सर्वोच्च अदालतले बाबु र आमा दुबैलाई दोषी ठहर गर्दै त्यसलाई पनि घटाएर दुई वर्ष कैद हुने फैसला गरेको हो । सर्वोच्चले हत्या भएको शिशुको आमा कुश्मादेवी (परिवर्तित नाम) र बाबु पर्वतका मनबहादुर मल्लमाथिको सजायलाई पनि सदर गरेको हो । १८ वर्ष नपुगेकी नवजात शिशुकी आमा कुश्मादेवी भक्तपुरको बाल सुधार गृहमा थिइन् ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले ‘असुरक्षित यौन सम्बन्ध हुन गई गर्भ रहन गएको र सामाजिक लान्छनाबाट बच्न जन्मेको बच्चाको हत्या गरेको परिस्थितलाई विचार गरी न्यूनतम सजाय गर्न उपयुक्त हुने’ भन्दै दुई वर्ष कैद गर्ने आदेश गरेको हो । सर्वोच्चको यस फैसलाले यसअघि शिशु हत्यामा आमालाई मात्र दोषी ठहर हुने गरेकोमा अब आमा–बुवा दुवैले सजाँय पाउने नजिर स्थापित गरेको छ । यस फैसलापछि शारीरिक सम्पर्कमा संलग्नतापछि भाग्ने पुरुषहरु कानूनी दायरामा आउने भएको छ ।
२०७५ को भदौ १८ गत पर्वतको फलेवास–१० स्थित ठूलो कुलोमा बग्दै गरेको नवजात शिशु गाउँलेले फेला पारेका थिए । मृत्यु भइसकेको उक्त शिशु कुलोबाट निकालेपछि प्रहरीलाई खबर गरिएको थियो, त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । शव भेटिएको दुई दिनपछि प्रहरीले स्थानीय १६ वर्षीया किशोरीलाई पक्राउ गरेको थियो । पक्राउ परेकी उनले गणेश भनिने मनबहादुर मल्लसँगको यौनसम्पर्कबाट गर्भ रहेको र शिशु जन्मेपछि हत्या गरेर कुलोमा बगाइदिएको बताएकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: