एजेन्सी । स्पेनिस ला लिगाको शीर्षटोली रियल म्याड्रिड आइतबार राति भएको खेलमा रियल स्पान्योलसँग २–१ गोलले पराजित भयो । जारी लिगमा रियलको यो पहिलो हार हो । रियललाई हार चखाउन स्पान्योलका राउल डे टोमस र एलेक्स भिडालले गोल गरे । रियलका करिम बेन्जेमाले सान्त्वना गोल फर्काएका थिए ।
प्रतिस्पर्धात्मक खेलमा स्पान्योलले १७औं मिनेटमा खाता खोलेको थियो । टोमसले एड्रियन एम्बार्बाको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । त्यसपछि ६० औं मिनेटमा भिडालले गोल गर्दै स्पान्योलको अग्रता दोब्बर बनाए । भिडालले केइदी बारेको पासमा गोल गरेका थिए ।
पाहुना टोली रियलले खेलको सुरुवातदेखि आक्रमण बुनेपनि पहिलो हाफमा गोल गर्न सकेन । ७१औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे । बेन्जेमाले लुका जोभिकको पासमा गोल गरेका थिए । जारी लिगमा बेन्जेमाको यो नवौं गोल हो । उनी सर्वाधिक गोलकर्ताको शीर्ष सुचीमा छन् ।
हारेपनि रियल शीर्षस्थानमा यथावत छ । आठ खेलमा पाँच जित, दुई बराबर र एक हार खेपेको रियलको १७ अंक छ । रियललाई हराएको स्पान्योल नौ अंक जोड्दै १३औं स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको साविक विजेता एट्लेटिको म्याड्रिड र तेस्रो स्थानमा रहेको रियल सोसिडाडको पनि समान १७ अंक छ ।
आइतबार राति नै भएको खेलमा सोसिडाड गेटाफेसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । अर्को खेलमा १० खेलाडीमा समेटिएको सेभिया ग्रानाडासँग १–० गोलले पराजित भयो । अन्य खेलमा भिल्लारियलले रियल बेटिसलाई २–० र इल्चेले सेल्टा भिगोलाई १–० गोलले पराजित गरेको छ ।एजेन्सीको सहयोगमा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:४९
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...
पौष २ गते, २०८२ - १०:३७
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...




प्रतिकृया लेख्नुहोस्: