Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

फेरिएको चुनावी शैली: ठूला सभाभन्दा घरदैलो र मतदातासँगको साक्षात्कारमा जोड

खबरडबली संवाददाता

दमक। राजनीतिक चेतनाका दृष्टिले अग्रणी मानिने झापामा यसपटक चुनावी सरगर्मीले नयाँ रूप लिएको छ । विगतका निर्वाचनमा विशाल आमसभा र मञ्चबाट गरिने आक्रामक भाषणमा केन्द्रित हुने चुनावी शैली अहिले फेरिएको छ । अचेल यस्ता आमसभा र मञ्चसहितका चुनावी भाषण विरलै देखिन थालेका छन् ।

उम्मेदवारहरू यतिबेला मतदाताको ‘आँगन’ सम्म पुगेका छन् । राष्ट्रिय राजनीतिको मियो मानिने प्रमुख पार्टीका शीर्ष नेताहरू आफ्नै निर्वाचन क्षेत्रका टोल र बस्तीहरूमा हात जोड्दै पुगिरहेको देखिन्छ । पसलदेखि घरखेतसम्म उम्मेदवारहरू पुगेर मतदातालाई आकर्षित गरिरहेका छन् ।

विगतमा शीर्ष नेता हेलिकप्टर चढेर देशव्यापी दौडाहामा निस्कने र आफ्नो क्षेत्रमा चुनावको केही समयअघि मात्र आउने प्रचलन थियो । तर, यसपटक परिस्थिति बदलिएको छ । शीर्ष नेतालाई आफ्नो गढ जोगाउन रक्षात्मक रणनीति अपनाउन बाध्य बनाएको विश्लेषण गर्न थालिएको छ । मतदाताले उम्मेदवारलाई आफ्नै टोलमा भेट्न खोज्ने, उनीहरूसँग प्रत्यक्ष संवाद गर्न चाहने र स्थानीय समस्याको तत्काल जवाफ माग्ने प्रवृत्ति बढेपछि नेताहरूलाई घरदैलोमा पुग्नैपर्ने दबाब सिर्जना भएको हो ।

नेकपा ९एमाले० का नेता देवेन्द्र दाहालका अनुसार मतदाताले उम्मेदवारसँग साक्षात्कार गर्न खोजेका हुन् । ूयो उम्मेदवारका लागि पनि जनतालाई प्रत्यक्ष भेटेर गुनासो सुन्ने र समाधानका उपाय पहिल्याउने एउटा राम्रो अवसर हो,ू उनले भने।

झापामा पूर्वप्रधानमन्त्रीदेखि निवर्तमान सभामुख र नयाँ अनुहारबीच तीव्र प्रतिस्पर्धा छ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा–५ को गाउँबस्ती र घरदैलोमा निकै सक्रिय देखिन्छन् । यस्तै, राप्रपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देन पनि झापा–३ मा निकै व्यस्त छन्। उहाँ पुरानो साख जोगाउने र नयाँ मत तान्ने रणनीतिसहित अबेरसम्म टोल–टोलमा पुगिरहेको छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको उपस्थितिले झापामा युवा र वैकल्पिक राजनीतिको चर्चा चुलिएको छ । रास्वपा नेता भेषराज भट्टराईका अनुसार मतदाताले खोजेको ठाउँमा शाह पुगिरहेको छन् । झापा–५ मा ओली र शाहको प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ । दुवै दलले उनीहरूलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सारेकाले यसलाई ुप्रधानमन्त्रीको निर्वाचनु का रूपमा समेत चित्रण गर्न थालिएको छ ।

यस्तै, झापा–२ मा निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगर चुनावी मैदानमा छन्। राजकीय भूमिकाबाट हटेर सामान्य नागरिक झैँ सुरक्षा घेराबाहिर रहेर उहाँहरू मतदाताका तिखा प्रश्नको सामना गर्दै मत मागिरहेको छन् । सोही क्षेत्रमा नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईं र माओवादी केन्द्रकी धर्मशिला चापागाईंले पनि घरदैलोलाई तीव्रता दिएको छन् ।

दमक–३ का सरोज चम्लागाईं भन्न्छन्, 'पहिले नेताहरूलाई टाढैबाट हेरिन्थ्यो, अहिले हाम्रै आँगनमा आइपुगेका छन् । यसले आफ्ना कुरा राख्न सजिलो भएको छ ।'

सुरक्षाकर्मीलाई भ्याइनभ्याई

शीर्ष नेता र 'हाइप्रोफाइल' उम्मेदवारहरूको बाक्लो उपस्थितिका कारण सुरक्षा व्यवस्थापनमा सुरक्षा निकायको सक्रियता बढेको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको सुरक्षामा विशेष ध्यान दिइएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार शीर्ष नेताहरूको सुरक्षाका लागि विशेष योजना बनाएर कार्यान्वयन गरिएको सुरक्षा स्रोतले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन समीक्षा गर्न कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन समीक्षा र पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा संयोजक ...

अभिमुखीकरण तालिम शुल्क ७ सय रुपैयाँ भन्दा बढी लिए इजाजतपत्र खारेज हुने

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिवार्य अभिमुखीकरण तालिमको शुल्क नबढेको स्पष्ट पारेको छ। विभागले जारी गरेको सू...

सानो भर्‍याङ यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् ।  उक्त कार्यालयबाट सेवाग्राही...

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

काठमाडौं । व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन चलिरहेकाले उनलाई अध्यागमनको कालोसू...

एमालेले ओलीको पक्राउ विरोधमा देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय...

ग्रासरुटदेखि खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल

काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताएको छन् ।  राष्ट्रिय खे...

काज मिलाएर बसेका चिकित्सकलाई आफ्नै दरबन्दीमा फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौँ। ‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

एमाले सांसदले भने: कर्मचारीको कारण देश बिग्रियो, बालेनको जवाफ- यसको जड तपाईंहरू नै हो

काठमाडौं । .प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग जारी छलफलको क्रममा आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेट गरेका ...

गृहमन्त्री गुरुङसँग सशस्त्र प्रहरीका अधिकारीको छलफल

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गरेको छन् ।  मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग ...

वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणको ‘सिन्डिकेट’ अन्त्य, अब सरकारी अस्पतालबाटै सेवा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गरेको छ। मन्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending