सिद्धार्थनगर। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सीमा नाकाहरू बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुधबार सूचना जारी गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भारतसँग जोडिएका जिल्लाका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द हुने जानकारी दिएको हो । प्रशासनको सूचना अनुसार फागुन १८ गते (सोमबार) राति १२ बजेदेखि फागुन २१ गते (बिहीबार) राति १२ बजेसम्म सीमा नाकाहरू पूर्ण रूपमा बन्द रहने छन् ।
सो अवधिमा सीमाबाट पैदलयात्री, मालवाहक तथा यात्रुवाहक सवारी साधनको आवतजावतमा रोक लगाइने प्रशासनले जनाएको छ ।
यसैगरी फागुन २० गते (बुधबार) राति १२ बजेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि सवारी साधन सञ्चालनमा निषेध गरिएको छ । एम्बुलेन्स, दूधका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सवारी सञ्चालन गर्न नपाइने सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए।
निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै नेपाल–भारत दुवैतर्फ उल्लेख्य रूपमा सुरक्षाकर्मी परिचालन गरिने समेत प्रशासनले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ११ गते, २०८३ - १८:१३
पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ शेराटारमा भएको बस दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २७ जना घाइतेलाई पोखरा रिफर गरिएको छ। पोखराबाट भैरहवा...
बैशाख ११ गते, २०८३ - १८:०३
काठमाडौं । उद्योगी शेखर गोल्छा विरुद्ध अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको छ। गोल्छालाई बिहीबार काठमाडौंको नक्सालबाट केन्द्रीय अनुसन्धान ब्य...
बैशाख ११ गते, २०८३ - १७:४४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुमवासी बस्तीको समस्या आफ्नो नेतृत्वको सरकारले समाधान गर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा ...
बैशाख ११ गते, २०८३ - १७:३५
काठमाडौँ। नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ । ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल...
बैशाख ११ गते, २०८३ - १७:२५
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ।...
बैशाख ११ गते, २०८३ - १७:१४
काठमाडौं । काठमाडौंको साँखु क्षेत्रमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो ले अपरेसनका क्रम...
बैशाख ११ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले उपत्यकाभित्र रहेका अव्यवस्थित बस्ती हटाएर व्यवस्थित गर्न सबै सरोकारवाला निकायलाई समेटेर विस्तृत कार्ययोजना तयार गरेको छ। शहरी वि...
बैशाख ११ गते, २०८३ - १७:००
काठमाडौं । तनहुँको शेराफाँट क्षेत्रमा यात्रुवाहक बस दुर्घटना भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीका अनुस...
बैशाख ११ गते, २०८३ - १६:५२
काठमाडौँ । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गत २ वैशाखमा बसेको मन्त्...
बैशाख ११ गते, २०८३ - १६:३५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको सचेतकमा नीता घतानी नियुक्त भएकी छन्। संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले घतानीलाई सच...


प्रतिकृया लेख्नुहोस्: