काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटे पनि मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउने भन्ने अझै निश्चित भएको छैन। ‘मन्त्रालयको भागबन्डामा सहमति भएको छ,’ एक नेताले भने, ‘तर घटस्थापनाअघि मन्त्रिपरिषद्ले पूर्णता पाउने देखिँदैन।’
सहमतिअनुसार नेपाली काँग्रेसले प्रधानमन्त्रीसहित आठ मन्त्रालय पाउने भएको छ। माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चार–चार मन्त्रालय लिने सहमति भएको स्रोतले बतायो। कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक राज्यमन्त्री पाउनेछन् भने जनता समाजवादी पार्टीलाई रिक्त रहेको उपसभामुख पद पनि दिने सहमति भएको छ।
सहमतिअनुसार कांग्रेसले अब सञ्चार तथा सूचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ। यसअघि उसले गृह, कानुन र परराष्ट्र मन्त्रालय सम्हाल्दै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि कांग्रेसबाट राज्यमन्त्री छन्।
अब कांग्रेसले रक्षा लिएर कानुन मन्त्रालय एकीकृत समाजवादीलाई दिने भएको छ। यद्यपि एकीकृत समाजवादीले पनि रक्षा मन्त्रालयमा दाबी गर्दै आएको छ। कानुन मन्त्रालयको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रबहादुर कार्की रक्षा वा सञ्चारमा सर्नेछन्। गठबन्धनका दलहरूले बुधबार मन्त्रीको नाम प्रधानमन्त्रीलाई उपलब्ध गराए बिहीबार ९घटस्थापना० का दिन वा शुक्रबार सरकारले पूर्णता पाउने स्रोतको दाबी छ। यो समाचार नागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: