काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लुरुमाथि ४ रनको रोमाञ्चक जीत हासिल गरेको छ । हैदराबादले प्रस्तुत गरेको १४२ रनको लक्ष्य पछ्याउने क्रममा बैंग्लुरुले ६ विकेटको क्षतिमा १३७ रनमात्र बनाउन सक्यो ।
खेलमा फेबरेट मानिएको बैंग्लुरुलाई जीतका लागि अन्तिम ओभरमा १३ रनको आवश्यकता थियो । ब्याटिङमा सबैको नजर एबी डिविलियर्समाथि थियो । तर, भुवनेश्वर कुमारले अन्तिम ओभरमा शानदार बलिङ गर्दै ८ रन मात्र खर्चिँदै रोमाञ्चक जीत दिलाए । बैंग्लुरुका लागि देवदत्त पडिक्कलले सर्वाधिक ४१ रन बनाए भने फर्ममा रहेका ग्लेन म्याक्सवेल रनआउट हुनअघि २५ बलमा ४० बनाए ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनाएको थियो । हैदराबादका लागि जेसन रोयले सर्वाधिक ४४ रनको योगदान दिए भने कप्तान केन विलियमसनले ३१ रन बनाए । बैंग्लुरुका लागि हर्षल पटेलले ३ विकेट लिए ।
हारसँगै शीर्ष २ मा रहने बैंग्लुरुको सपना चकनाचुर भएको छ । १३ खेलपछि बैंग्लुरु १६ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । २० अङ्कसहित दिल्ली शीर्ष स्थानमा रहेको छ भने १८ अङ्क बटुलेको चेन्नई दोस्रो स्थानमा रहेको छ ।एजेन्सीको सहयोगमा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - १७:३८
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...
बैशाख ५ गते, २०८३ - १७:११
धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...
बैशाख ५ गते, २०८३ - १६:४८
काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...
बैशाख ५ गते, २०८३ - १६:०५
कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ । शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...
बैशाख ५ गते, २०८३ - १५:३२
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् । झरही खोलाबाट रजहर तर...
बैशाख ५ गते, २०८३ - १५:२०
लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १४:५०
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा.शति...
बैशाख ५ गते, २०८३ - १४:३७
शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी


प्रतिकृया लेख्नुहोस्: