Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

मन्त्री चयनलाई लिएर गठबन्धनभित्र तीव्र असन्तुष्टि, नारायणकाजी बेखुसी

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएको ८८औं दिनमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। तर, मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलहरूभित्र तीव्र असन्तुष्टि सुरु भएको छ। त्यस्तै, प्रधानमन्त्री देउवाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत न्यायालयको कोटामा गजेन्द्र हमाललाई मन्त्री बनाएको भन्दै आलोचना भइरहेको छ। 

हमाल काँग्रेस कोटाबाट मन्त्री भएको भन्दै सरकार प्रवक्तादेखि गठबन्धन दलका नेता एवं माओवादी केन्द्रका अध्यक्षले सार्वजनिक रूपमा स्पष्टीकरण दिएका छन्। वाणिज्यमन्त्री बनेका हमाल आफैंले आफू कांग्रेस भएको बताउँदै आएका छन्। हमाल मन्त्री भएको प्रकरणले न्यायालयप्रतिको विश्वास गुमाएको छ भने गठबन्धनका दलहरू आफैंले उठाएका विषय पनि खण्डित गरेको छ।

हमाल कांग्रेसको जिल्ला सभापति भइसकेकाले अनावश्यक चर्चा नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले भने, ‘संसद् विघटनबाटै नेपालमा सेटिङ भन्ने शब्द खुब चर्चामा छ, कसैलाई फेरि यही भन्न मन लाग्यो होला तर त्यस्तो होइन।’

रामचन्द्र र शशांकप्रति सुजाता क्रुद्ध

त्यस्तै, मन्त्रिपरिषद् विस्तारलाई लिएर सत्तारूढ सबै दलमा विवाद र असन्तुष्टि बढेको छ। कांग्रेस नेता रामचन्द्र पौडेलसहित संस्थापनइतर समूहका नेताहरू पार्टी सभापतिसमेत रहेका देउवासँग रुष्ट बनेका छन्। तीन मन्त्रालय मागेको संस्थापन इतरलाई देउवाले दुई मन्त्रालय मात्र दिएपछि उनीहरू असन्तुष्ट छन्। साथै, जनसम्पर्क र विकासबाहेकका मन्त्रालय आफ्नो पक्षलाई दिएको उनीहरूको गुनासो छ। संस्थापनइतर समूहबाट आफूलाई मन्त्री नबनाएको भन्दै नेतृ सुजाता कोइरालाले तीव्र असन्तुष्टि पोखेकी छन्। उनी नेता पौडेलसँग रुष्ट देखिएकी छन्। उनले आगामी महाधिवेशनमा पौडेल र महामन्त्री शशांक कोइरालालाई साथ नदिने पनि बताएकी छन्। उनीहरू दुवैबाट पार्टी चल्न नसक्ने ठोकुवा पनि सुजाताले गरेकी छन्।  


आफूले भनेको नभएपछि प्रकाशमान रुष्ट

कांग्रेस नेता प्रकाशमान सिंह पनि आफूले भनेकालाई मन्त्री नबनाएको भन्दै देउवा र आफ्नै समूहका नेताप्रति असन्तुष्ट देखिएका छन्। काठमाडौंबाट राजन केसीलाई मन्त्री बनाउनुपर्ने पक्षमा सिंह थिए। तर, संस्थापनइतर समूहले दुई मात्र मन्त्रालय पाएपछि केसी सरकारमा सहभागी हुन पाएनन्। मन्त्रिपरिषद् विस्तारलाई लिएर देउवा पक्षमा पनि असन्तुष्टि बढेको छ। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल मन्त्रीको आकांक्षी थिइन्। मानबहादुर विक, चित्रलेखा यादवसहितका नेता पनि मन्त्रीका आकांक्षी थिए। तर, मन्त्रिपरिषद्मा नअटेपछि उनीहरू पनि असन्तुष्ट छन्। प्रधानमन्त्री देउवाले कांग्रेसमा धेरै योगदान गरेका नेतालाई मन्त्री बनाउन नसकेको स्वीकार गरेका छन्।  

नारायणकाजी बेखुसी

कांग्रेसमा मात्र होइन, सत्तारूढ अर्को घटक माओवादी केन्द्रमा पनि असन्तुष्टि बढेको छ। नेता नारायणकाजी श्रेष्ठले सरकारमा सहभागी हुन चाहेका थिए। तर, उनलाई माओवादी केन्द्रले स्थान दिएन। श्रेष्ठबाहेक अन्य धेरै नेताहरू पनि मन्त्रीको आकांक्षी थिए। मन्त्री बन्न नपाएपछि उनीहरू बेखुसी भएको स्रोतको दाबी छ। संसद्को सुशासन समिति सभापति रहेकी शशी श्रेष्ठलाई भने माओवादीले सरकारमा पठाएको छ।  

नेकपा एसका मेटमणि पनि असन्तुष्ट

सत्ताको अर्को घटक नेकपा (एकीकृत समाजवादी) मा पनि किसान श्रेष्ठ र प्रेम आलेलाई मन्त्री बनाएको विषयमा तीव्र असन्तुष्टि बढेको छ। नयाँ पार्टी गठनदेखि केपी ओलीविरुद्ध आक्रामक नेता मेटमणि चौधरीले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन्।  

अन्यायविरुद्ध संघर्ष गर्छुः प्रदीप यादव

जनता समाजवादी पार्टीमा पनि असन्तुष्टि तीव्र बन्दै गएपछि शनिबार अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरिएको छ। मन्त्री बन्ने सूचीमा रहेका पर्साका सांसद प्रदीप यादवको नाम अन्तिममा हटाएको भन्दै अध्यक्ष यादवको पुतला जलाइएको छ। 

पर्साबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सांसद प्रदीपको नाम मन्त्रीको सूचीबाट हटाइएपछि उनको गृहजिल्लामा अध्यक्ष यादवविरुद्ध प्रदर्शन भएको छ।  यो समाचार नागरिक दैनिकमा छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending