काठमाडौं । संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आआफ्नै जिम्मेवारी तोकेको छ। शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप स्वतन्त्र न्यायपालिकाको व्यवस्था संविधानमा छ। तर, पछिल्लो समयमा सार्वजनिक रूपमा न्यायपालिकामाथि प्रश्न उठाउँदै अभिव्यक्तिहरू आउन थालेका छन्। न्यायपालिकामाथि बेलाबेलामा प्रश्न उठ्ने गरे पनि पछिल्लो साता न्यायपालिका निकै आलोचित हुन पुगेको छ। शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएसँगै यसको तह झन् बढेर गएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका विषयमा गरिएको टिप्पणीले सिंगो न्यायपालिकामाथि प्रश्न उठाउन थालिएको छ। अहिलेसम्म न्यायपालिकालाई कार्यपालिकासँग जोडेर यसरी टीकाटिप्पणी भएका थिएनन्। सर्वोच्च अदालतले गरेका फैसलामाथि कहिलेकाहीं आलोचना हुने गरेका थिए। प्रधानन्यायाधीश, न्यायाधीशका विषयलाई लिएर आलोचना नभएका पनि होइनन्।
न्यायपालिकामा भ्रष्टाचार, बिचौलिया, अनियमितता बढ्दै गएको गुनासा आएपछि त्यसका लागि अध्ययन गर्न बनेको समितिले प्रतिवेदनसमेत प्रधानन्यायाधीशलाई बुझाइसकेको छ। यसअघि पटकपटक बनेका अध्ययन समितिले न्यायपालिकामा भ्रष्टाचार, बिचौलिया भएको ठहर गरिसकेका छन्। तर, यसरी न्यायपालिकाले कार्यपालिकासँग मन्त्रिमण्डलमा भागै खोजेको विषय भने बाहिर आएको थिएन। यसले न्यायपालिकामाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ।
प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिँदा त्यसमा एकजना गैरसांसद र वर्तमानमा मूलधारको राजनीतिभन्दा केही पर रहेका व्यक्तिलाई मन्त्री बनाएका छन्। पाँच दिनअघि सर्वोच्च अदालतले प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग नखोजेको विज्ञप्तिमार्फत स्पष्ट पारेको थियो। वाणिज्यमन्त्रीमा गजेन्द्र हमाल नियुक्त भएपछि सामाजिक सञ्जाललगायतमा चर्चा चुलिएको छ।
उनले कसरी नियुक्ति पाए भन्ने विषय सर्वोच्च अदालतका प्रधानन्यायाधीशसँग जोडिएको छ। प्रधानन्यायाधीश जबरा र हमालको पारिवारिक नाता सम्बन्धका कारण चर्चा चलेको हो। प्रधानन्यायाधीश जबराले गत साता सर्वोच्च अदालत बारका पदाधिकारीसँगको भेटमा हमालको विषयमा आफैंले कुरा उठाएका थिए। कार्यपालिका, व्यवस्थापिकामा केही विवाद आए। त्यो विषय न्यायपालिकासँग गएर जोडियो। यो समाचार नागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: