स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच औषधि पसललाई कारबाही गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले औषधि पसल, क्लिनिक, फार्मेसीमा आइतबार गरेको अनुगमनका क्रममा त्रुटि देखिएका पाँच औषधि पसललाई कारबाही गरी जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए । सहायक प्रजिअ शर्माका अनुसार म्याद गुज्रेका औषधि बिक्री वितरण गरेको, अनुमति लिएभन्दा बढी सेवा प्रवाह गरेको र तोकिए अनुसारका मापदण्ड पूरा नगरेका औषधि पसल कारबाहीमा परेका हुन् ।
“पहिलो चरणमा आठ वटा औषधि पसलमा सचेत गरायौँ भने पाँच वटालाई साङ्केतिक कारबाहीस्वरुप न्यूनतम जरिवाना गरेका छौँ”, सहायक प्रजिअ शर्माले भने, “औषधि व्यवसायीलाई अहिले भएका कमिकमजोरीलाई सुधार गर्न भनेका छौँ, आगामी दिनमा थप सचेत हुन सुझाव दिएका छौँ ।” अहिले न्यूनतम जरिवाना गरिएको र आगामी दिनमा फेरि यस्तै कमजोरी दोहोरिएमा प्रचलित कानूनअनुसार कडा प्रावधानमा टेकेर कारबाही गरिने उनले बताए।
कारबाहीमा पर्ने स्वास्थ्य संस्थामा स्याङ्जा हेल्थ केयर, अशोक फर्मा, शुभसङ्गीता फर्मा, सतिदेवी पोलिक्लिनिक र मोनिका मेडिसिन स्टोर रहेका उनले जानकारी दिए । उनका अनुसार मोनिका मेडिसिन स्टोरलाई रु पाँच हजार र अन्य चार वटालाई रु १०÷१० हजारका दरले जरिवाना गराइएको हो । जरिवाना तथा कारबाहीमा परेका स्वास्थ्य संस्थाले आंशिक सेवाका लागि अनुमति लिएर तोकिएभन्दा बढी सेवा प्रवाह गरेको भेटिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: