काठमाडौं । हाल भारत भ्रमणमा रहेका नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाल र भारतकाबीच सदियौँ पुरानो र नजिकको सम्बन्ध रहेकाले समय समयमा दुई देशबीचको सम्बन्धमा समस्या देखापर्नु स्वभाविकै भएको बताएका छन् ।
भारत भ्रमणका क्रममा आइतबार वनारसस्थित वनारस हिन्दू विश्वविद्यालय ९विएचयू० मा आयोजित एक कार्यक्रममा उनले भने , “नेपाल भारतबीच धार्मिक, आर्थिक, सांस्कृतिकलगायतका धेरै क्षेत्रमा सयौँ वर्षदेखिको सम्बन्ध हो, धेरै नजिक भएका नाताले पनि कहिलेकाहीँ कुनै विषयमा असमझदारी देखिनु पनि स्वभाविक हो ।”
उक्त विश्वविद्यालयको नेपाल अध्ययन केन्द्र र दिनदयाल अध्ययन केन्द्रद्वारा आयोजित अन्तक्र्रियामा उनले भने, “धेरै नजिक भएपछि सम्बन्धमा कुनै बेला असमझदारी पनि बढ्छ, कुनै विषयमा विवाद पनि आउन सक्छ, त्यसैले यी सबै विषयलाई दुवै तर्फबाट वार्ताको टेबलमा बसेर निकास निकाल्नुपर्छ, समस्या देखियो भने वार्ताबाटै समाधान पहिल्याउनुपर्छ ।
उनले दुई देशबीचको सम्बन्धलाई विश्वासका आधारमा बलियो बनाउनुपर्छ भने । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका डा महतले यसभन्दा अघिल्लो केपी ओली सरकारको अस्थिर र अपरिपक्व परराष्ट्र नीतिका कारण दुई देशका बीचमा असमझदारी बढेको धारणा राखे ।
वर्तमान सरकारले विश्वासमा आधाारित रहेर आफ्ना छिमेकी एवं विश्व समुदायसँग सन्तुलित र परिपक्व परराष्ट्र नीति अख्तियार गर्ने धारणा पनि उनले राखेका थिए । भारत भ्रमणमा रहेको डा महतसहितको काँग्रेसको प्रतिनिधिमण्डललाई उक्त विश्वविद्यालयका चान्सलर भिके शुक्लाले स्वागत गर्नुभएको वनारसबाट डा महतले बताए ।
भारत भ्रमणमा रहेका डा महतसहित काँग्रेस नेताद्वय उदय शमशेर राणा र अजय चौरसियाले नेपालका पुराना विद्वान्का साथै राजनीतिक दलका नेताले सोही विश्वविद्यालबाट ज्ञान हासिल गरेको प्रसङ्ग उल्लेख गर्दै वनारस हिन्दू विश्वविद्यालय दुई देशबीचको ऐतिहासिक सम्बन्धको सेतू हो भनेका थिए ।
सोही कार्यक्रममा महात्मा गान्धी विश्वविद्यालयका चान्सलरले नेपालको त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्ने बताएका थिए । भारतीय जनता पार्टीको आमन्त्रणमा चार दिनअघि भारत भ्रमणमा गएको सो प्रतिनिधिमण्डलमा काँग्रेसका नेता उदय शमशेर राणा र अजय चौरसिया छन् । सो प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, भारतीय विदेशमन्त्री एस जयशङ्कर, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३ गते, २०८३ - १७:३९
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...
बैशाख ३ गते, २०८३ - १७:१४
सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...
बैशाख ३ गते, २०८३ - १६:५६
बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...
बैशाख ३ गते, २०८३ - १६:४३
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...
बैशाख ३ गते, २०८३ - १६:२६
फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...
बैशाख ३ गते, २०८३ - १६:१५
काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्याउने कार्य प्रारम्भ...
बैशाख ३ गते, २०८३ - १५:४४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...
बैशाख ३ गते, २०८३ - १५:३५
पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली ...
बैशाख ३ गते, २०८३ - १५:२४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...
बैशाख ३ गते, २०८३ - १५:१६
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...


प्रतिकृया लेख्नुहोस्: