Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

प्रदेश १ मन्त्रिपरिषद् बैठक– प्रदेश पर्यटन बोर्ड गठन

खबरडबली संवाददाता
विराटनगर । प्रदेश नं १ मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन बोर्डको गठन गरी ११ सदस्यीय कार्यसमिति सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आइतबार राति बसेको बैठकले अध्यक्षमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव रहने व्यवस्था गरेको छ ।
 
यसैगरी सदस्यमा अर्थमन्त्रालयका अधिकृत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रनिनिधि, पर्यटन शाखाका प्रमुख, उद्योग, पर्यटन क्षेत्रका फणीन्द्र अधिकारी (विराटनगर), देवी गौतम (सुनसरी, भीमराज राई (सोलु), उमेश घिमिरे (धनकुटा), प्रेरणा थापा (इटहरी) र इन्दिरा श्रेष्ठ (विर्तामोर्ड) लाई नियुक्त गर्ने निर्णय गरेको  उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लछुमन तिवारीले जानकारी दिए ।
 
यस्तै बैठकले खुपु खोला जलविद्युत् आयोजनाको शेयर लगानी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयको सैद्धान्तिक सहमतिअनुसार लगानी गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा बाबा मेयाङ्वो (पाँचथर), सदस्य सचिवमा कृष्ण बस्नेत(पर्शुराम) विराटनगर र सदस्यमा भेषराज कार्की (सुनसरी, विल्भष घोष (सुनसरी, थलु राजभण्डारी (ओखलढुङ्गा) लाई नियुक्त गरेको छ ।
 
यसैगरी प्रदेश श्रम सल्लाहकारको उपाध्यक्षमा राजीव घिमिरे(झापा), सदस्यमा घिम घिमिरे (विराटनगर), सरोज श्रेष्ठ (धरान), सीमा उपाध्याय (मोरङ), रञ्जु सिग्देल (इटहरी), किशोर धमला (विराटनगर), अरुण थापा (विराटनगर), नारायणबाबु कार्की (मोरङ), सुनिता घिमिरे (मोरङ), टीका प्रसाई (सुनसरी), निलम साह सोनारलाई (मोरङ) नियुक्त गरेको मन्त्री तिवारीले जानकारी दिए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऊर्जा क्षेत्रको सुधारका लागि मन्त्री श्रेष्ठद्वारा ३२ बुँदे निर्देशन जारी

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...

नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक विद्यालयमा

सिन्धुलीमाढी। सिन्धुली जिल्लामा यो वर्ष नयाँ शैक्षिक सत्रको पढाई सुरु हुनु अगावै पाठ्यपुस्तक विद्यालयमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रको बिक...

कालीगण्डकीमा हस्तक्षेप रोक्न ब्यानर प्रदर्शन

बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मो...

मेसको छतबाट खसेर प्रहरी कार्यालय सहयोगीको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढीको मेसको छतबाट खसेर एक प्रहरी कार्यालय सहयोगीको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठे...

साहसिक फुटबल विजेता सूर्योदयले पायो ४० किलो घिउ

फिदिम। तीन हजार चार सय ५० मिटरको उचाईमा अवस्थित फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित साहसिक फुटफल प्रतियोगिताको उपाधि सुर्योदय क्लबले जितेको छ । न...

हुलाकलाई 'सरकारी कुरियर' बनाउँदै सरकार: म्याग्दी र मकवानपुरमा सेवा सुरु

काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमै पुर्‍याउने कार्य प्रारम्भ...

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन्। बिहीबार बसेको पार्टीको संसदी...

कालीगण्डकी नदीमा बेपत्ता दुई युवक मृत फेला

पाल्पा । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् ।  बगनासकाली ...

भरत खड्काद्वारा सार्वजनिक लेखा समिति सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदका लागि बिहीबार उम्मेदवारी द...

पैतृक सम्पत्तिबारे भ्रम नफैलाउन गृहमन्त्री गुरुङको आग्रह

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका सम्बन्धमा सार्वजनिक भएका जिज्ञासा र टिकाटिप्पणीप्रति स्पष्टीकरण दिएको छन् । सङ्घीय संसद् सचिव...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending