Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

पुरिए भक्तपुर सडकका खाल्डाखुल्डी

खबरडबली संवाददाता

भक्तपुर ।  जिल्लाका सडककमा रहेका खाल्डाखुल्डी पुरिएका छन् । सर्वसाधारणलाई आवतजावतमा समस्या पर्ने गरी सडकमा रहेका खाल्डाखुल्डी २४ घण्टाभित्र मर्मत गर्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सम्बन्धित निकायलाई आइतबार निर्देशन दिएका थिए ।

उहाँको निर्देशनलगत्तै पेप्सीकोटाबाट पुरोना थिमी हँुदै खस्याङ खुसुङ पुलखण्डको निकोसेराको जीर्ण खडक खाल्डाखुल्डी पुर्नुका साथै यातायातका साधन ओहोरदोहोर गर्न सहज बनाएको छ । सडक मर्मतको सोमबार प्रजिअ शर्मासमेतको टोलीले अनुगमनसमेत गरेको छ ।

स्थानीयवासीको अवरोध र ढल निकासको सहज व्यवस्था नहुँदा हरेक वर्ष डुबानमा पर्ने उक्त सडकखण्ड यस वर्ष पनि वर्षामा ठूला–ठूला खाडर परेर पुरोना बाटो थिमि भएर ओहोरदोहोर गर्ने सार्वजनिक एवं निजी सवारी साधनले निकै समस्या व्यहोर्दै आएका थिए भने वर्षामा पटक–पटक दुर्घटनासमेत भएको थियो । प्रजिअ शर्माले निकोसेरा सडक मर्मत भएजस्तै विभिन्न आयोजनाले अरु सडक पनि मर्मत गर्नेमा आफू विश्वस्त रहेको बताए ।

त्यसैगरी सडक विस्तारका क्रममा खाल्डाखुल्डी भएको बालकोट सिरुटार बिरुवा सडकखण्डको सिरुटार सडक पनि मर्मत गरी खाल्डाखुल्डी पुरिएको सूर्यविनायक नगरपालिका–१ सिरुटारका वडाध्यक्ष सानुकाजी कायस्थले जानकारी दिनुभयो । कमलविनायक खरिपाटी नगरकोट सडक भने मर्मत गरिएको छैन । पन्ध्र किलोमिटर सडक निर्माणको छ पटकसम्म म्याद थप गरे पनि अझै निर्माण सम्पन्न नभएको यो सडकखण्डमा सवारीसाधन आवतजावतमा निकै कठिनाइ भएको छ ।

एकातिर सडकमा खाल्डाखुल्डी र अर्कोतर्फ सडकको दायाँबायाँ महिनौँदेखि ग्राइबेलको थुप्रो राख्दा सवारीसाधन आहोरदोहारो गर्न निकै कठिनाइ भएको स्थानीयवासीले बताएका छन् । नगरपालिकाका अन्य भित्री सडकमा समेत दसैँ अगाडि मर्मत हुन नसक्ने भन्दै मर्मतमा अटेर गरेका छन् ।

दसँैलगत्तै सबै सडकको अनुगमन गर्ने र मर्मत नभएका सडक तिहार अगाडि नै मर्मत गर्न लगाइने प्रजिअ शर्माले बताउनुभयो । जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न उहाँले आफ्नो कार्यालयमा सरोकारवाला निकाय बोलाएर आइतबार दिउँसो निर्देशन दिएका थिए । जिल्ला जिल्लाका सडकमा कार्यरत विभिन्न सडक आयोजना प्रमुख एवं प्रतिनिधि, जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाल, जिल्लाका चारवटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं इञ्जीनियर, चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा सार्वजनिक सरोकारका विषयमा विभिन्न निर्णयसमेत गरेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रातभर बसेर करका दर चलायो भन्ने आरोपप्रति मेरो खेद छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...

५० हजार मेट्रिक टन रासायनिक मल आयात अन्तिम चरणमा

काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...

सडक पेटी अतिक्रमण तत्काल हटाउन सरकारलाई सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...

बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम परिमार्जन, अब ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’ लागू

जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओराल...

रेबिज खोप अभावको कारण जुम्लाकी ८ वर्षीया बालिकाको मृत्यु

जुम्ला। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आ...

प्रधानमन्त्री बालेनलाई विश्वप्रकाशको आग्रह: मन्त्रीहरूको बोलीमा नियन्त्रण गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्र...

सुस्ता समस्या समाधानको पहल, सुस्तावासीसँग छलफल

पश्चिम नवलपरासी। एक साताअघि भारतीय सशस्त्र सिमा बल(एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर सम...

मधेश प्रदेशले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट

जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सो...

ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिने मधेस सरकारको घोषणा

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीका कारण सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था लागू गर्ने जनाएको छ। आर्थिक वर्ष २०८३...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending