भक्तपुर । जिल्लाका सडककमा रहेका खाल्डाखुल्डी पुरिएका छन् । सर्वसाधारणलाई आवतजावतमा समस्या पर्ने गरी सडकमा रहेका खाल्डाखुल्डी २४ घण्टाभित्र मर्मत गर्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सम्बन्धित निकायलाई आइतबार निर्देशन दिएका थिए ।
उहाँको निर्देशनलगत्तै पेप्सीकोटाबाट पुरोना थिमी हँुदै खस्याङ खुसुङ पुलखण्डको निकोसेराको जीर्ण खडक खाल्डाखुल्डी पुर्नुका साथै यातायातका साधन ओहोरदोहोर गर्न सहज बनाएको छ । सडक मर्मतको सोमबार प्रजिअ शर्मासमेतको टोलीले अनुगमनसमेत गरेको छ ।
स्थानीयवासीको अवरोध र ढल निकासको सहज व्यवस्था नहुँदा हरेक वर्ष डुबानमा पर्ने उक्त सडकखण्ड यस वर्ष पनि वर्षामा ठूला–ठूला खाडर परेर पुरोना बाटो थिमि भएर ओहोरदोहोर गर्ने सार्वजनिक एवं निजी सवारी साधनले निकै समस्या व्यहोर्दै आएका थिए भने वर्षामा पटक–पटक दुर्घटनासमेत भएको थियो । प्रजिअ शर्माले निकोसेरा सडक मर्मत भएजस्तै विभिन्न आयोजनाले अरु सडक पनि मर्मत गर्नेमा आफू विश्वस्त रहेको बताए ।
त्यसैगरी सडक विस्तारका क्रममा खाल्डाखुल्डी भएको बालकोट सिरुटार बिरुवा सडकखण्डको सिरुटार सडक पनि मर्मत गरी खाल्डाखुल्डी पुरिएको सूर्यविनायक नगरपालिका–१ सिरुटारका वडाध्यक्ष सानुकाजी कायस्थले जानकारी दिनुभयो । कमलविनायक खरिपाटी नगरकोट सडक भने मर्मत गरिएको छैन । पन्ध्र किलोमिटर सडक निर्माणको छ पटकसम्म म्याद थप गरे पनि अझै निर्माण सम्पन्न नभएको यो सडकखण्डमा सवारीसाधन आवतजावतमा निकै कठिनाइ भएको छ ।
एकातिर सडकमा खाल्डाखुल्डी र अर्कोतर्फ सडकको दायाँबायाँ महिनौँदेखि ग्राइबेलको थुप्रो राख्दा सवारीसाधन आहोरदोहारो गर्न निकै कठिनाइ भएको स्थानीयवासीले बताएका छन् । नगरपालिकाका अन्य भित्री सडकमा समेत दसैँ अगाडि मर्मत हुन नसक्ने भन्दै मर्मतमा अटेर गरेका छन् ।
दसँैलगत्तै सबै सडकको अनुगमन गर्ने र मर्मत नभएका सडक तिहार अगाडि नै मर्मत गर्न लगाइने प्रजिअ शर्माले बताउनुभयो । जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न उहाँले आफ्नो कार्यालयमा सरोकारवाला निकाय बोलाएर आइतबार दिउँसो निर्देशन दिएका थिए । जिल्ला जिल्लाका सडकमा कार्यरत विभिन्न सडक आयोजना प्रमुख एवं प्रतिनिधि, जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाल, जिल्लाका चारवटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं इञ्जीनियर, चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा सार्वजनिक सरोकारका विषयमा विभिन्न निर्णयसमेत गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: