काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि सामग्री कम्पनी लिमिटेडका अध्यक्ष तथा सहसचिव डा. रामकृष्ण श्रेष्ठका अनुसार किसानहरूको तत्काल आवश्यकता र मागलाई सम्बोधन गर्न पहिलो चरणमा उक्त परिमाणको मल आयात गर्न लागिएको हो।
पहिलो चरणमा आयात गरिने ५० हजार मेट्रिक टन मलमध्ये ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी (डाइ–अमोनियम फस्फेट) रहनेछ।
मन्त्रालयले उपलब्ध बजेट, वित्तीय स्रोत र सरकारी प्रक्रियाअनुसार खरिद प्रक्रिया अघि बढाएको जनाएको छ। आवश्यक प्रतीतपत्र (एलसी) खुलिसकेको र भुक्तानीसम्बन्धी प्रक्रिया पनि अन्तिम चरणमा पुगेकाले केही समयभित्रै मल नेपाल आइपुग्ने डा। श्रेष्ठले जानकारी दिए।
यसअघि मन्त्रिपरिषद्ले भारतबाट कुल ८० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न स्वीकृति दिएको थियो। स्वीकृत परिमाणमध्ये ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी समावेश छन्।
पहिलो चरणमा ५० हजार मेट्रिक टन मल आयात सम्पन्न भएपछि बाँकी ३० हजार मेट्रिक टन मल दोस्रो चरणमा आयात गरिने मन्त्रालयले जनाएको छ। बाँकी मल चालु आर्थिक वर्षभित्र वा आगामी आर्थिक वर्षको आपूर्ति योजनाअन्तर्गत खरिद गरी नेपाल ल्याइने डा। श्रेष्ठले स्पष्ट पारे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १७:०३
काठमाडौं । नेकपा नेता वर्षमान पुन अनन्तले आफ्नो पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच धेरै विषयमा समानता रहेको बताएका छन्। रास्वपाको प्...
आषाढ़ ७ गते, २०८३ - १६:५८
काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आर्थिक विकास र समृद्धिको सबैभन्दा महत्वपूर्ण सर्त सुशासन भएको बताएको छन् । राष्ट्र...
आषाढ़ ७ गते, २०८३ - १६:४७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादी मतदाताको समेत समर्थन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ...
आषाढ़ ७ गते, २०८३ - १६:३४
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवम् अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आफ्नो पार्टी केवल सरकार फेर्ने अभियानमा मात्र नभई समग्र...
आषाढ़ ७ गते, २०८३ - १६:२५
काठमाडौं । सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको खुलेर प्रशंसा गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन समारोहलाई सम...
आषाढ़ ७ गते, २०८३ - १६:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनलाई निष्पक्ष, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न केन्द्रीय निर्वाचन आयो...
आषाढ़ ७ गते, २०८३ - १५:५१
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले घण्टी बजाएर गरेका...
आषाढ़ ७ गते, २०८३ - १५:३७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन आजदेखि भरतपुर मा सुरु भएको छ। महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधिहरू स...
आषाढ़ ७ गते, २०८३ - १५:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन भरतपुर मा सुरु भएको छ। महाधिवेशनको उद्घाटन सत्र महामन्त्री काबिन्द्र बुर्लाकोटील...
आषाढ़ ७ गते, २०८३ - १४:३८
बिर्तामोड। भारतको बागडोग्रामा भएको कार दुर्घटनामा परी झापा बिर्तामोडका एक युवकको मृत्यु भएको छ । भारतको सिलिगुडीबाट फर्किदै गर्दा बाग्मती प्रदेश ०१०३...



प्रतिकृया लेख्नुहोस्: