Khabar Dabali ७ चैत्र २०७९ मंगलवार | 21st March, 2023 Tue

यी हुन् एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्य

खबरडबली संवाददाता

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी र ३४ सदस्यीय तीन केन्द्रीय आयोगसहित चार सय ३७ केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ। पार्टी अध्यक्ष माधव नेपालले अन्तरपार्टी निर्देशिका (अपानि) जारी गर्दै पार्टीको सांगठनिक संरचना र नेताहरूको जिम्मेवारी सार्वजनिक गरेका हुन्। अपानिमा केन्द्रदेखि जिल्लाका नेताहरूको जिम्मेवारीसमेत निर्धारण गरिएको छ।

अन्तरपार्टी निर्देशनअनुसार एसको केन्द्रीय सचिवालय र केन्द्रीय कार्यालयको गठन गरिएको छ। नेकपा एसले अध्यक्ष नेपालको नेतृत्वमा ११ सदस्यीय सचिवालय बनाएको छ। सचिवालयमा झलनाथ खनाल, मुकुन्द न्यौपाने, राजेन्द्रप्रसाद पाण्डे, प्रमेख हमाल, जयन्ती राई, डा. बेदुराम भुसाल, प्रकाश ज्वाला, डा. गंगाधर तुलाधार, डा. विजय पौडेल, जगन्नाथ खतिवडा छन्। महासचिव डा. बेदुराम भुसालको नेतृत्वमा केन्द्रीय कार्यालय ५ सदस्यीय बनाएको छ। प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल र जगन्नाथ खतिवडा छन्।

त्यसैगरी, एसले प्रदेश कमिटीको पदाधिकारीको चयन गरेको छ। प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेतलाई बनाएको छ। सहइञ्चार्जमा राजेन्द्रकुमार राई, अध्यक्ष सुरेश कार्की, उपाध्यक्ष बलदेव चौधरी र राजन राई छन्। सचिवमा महेश रेग्मी र उपसचिवमा सरिता थापालाई चयन गरेको छ।

त्यस्तै, प्रदेश २ को इन्चार्जमा धर्मनाथप्रसाद साह, सहइन्चार्जमा रामप्रित पासवान, रत्नेश्वर गोइत, कल्याली खड्का तथा अध्यक्षमा रामचन्द्र यादव र सचिवमा लक्ष्मण पौडेललाई चयन गरेको छ। बागमती प्रदेशको इन्चार्जमा केदार न्यौपाने, सहइन्चार्जमा जीवनराम श्रेष्ठ र कृष्ण खनाल तथा अध्यक्षमा सावित्रा भुसाल र सचिवमा लमक्ष्ण लम्साल चयन भएका छन्।

गण्डकी प्रदेशको इन्चार्जमा केशवलाल श्रेष्ठ, सहइन्चार्जमा चुडामणि जंगली, शारदा सुवेदी चयन भएका छन् भने अध्यक्षमा तुलबहादुर गुरुङ, उपाध्यक्षमा रामजी शर्मा, सचिवमा प्रतावलाल श्रेष्ठ उपसचिवमा श्रीनाथ बराल र रेखा थापा चयन भएका छन्। लुम्बनी प्रदेशको इन्चार्जमा भागवत विश्वासी, सहइन्चार्जमा सोमप्रसाद पाण्डे र दलबहादुर सुनार छन्। अध्यक्षमा मेटमणि चौधरी र सचिव राजु गुरुङ चयन भएका छन्।

त्यस्तै, कर्णाली प्रदेशको इन्चार्जमा प्रकाश ज्वाला, सहइन्चार्जमा चन्द्रबहादुर शाही, हंशबहादुर शाही र शेरबहादुर केसी चयन भएका छन्। सचिव ठगेन्द्रप्रकाश पुरीलाई सचिव बनाइएको छ। सुदूरपश्चिम प्रदेशको इन्चार्ज गरिमा शाह र सहइन्चार्जमा प्रेम आले र नीरा जैरु, अध्यक्षमा विक्रम शाहीलाई बनाइएको छ। हर्कबहादुर सिंह, शेरबहादुर कुँवरलाई उपाध्यक्षमा दिनेशचन्द्र सुवेदी, सचिवमा दीर्घ सोडारी, तारा लामा र माया भट्टलाई उपसचिवको जिम्मेवारी दिइएको छ। उपत्यका विशेष प्रदेशको इन्चार्ज विश्वनाथ प्याकुरेल, अध्यक्ष केदार सञ्जेल र सचिव विष्णु लम्साल भएका छन्। सम्पर्क समन्वय कमिटीको संयोजक विजय गुरुङ, सहसंयोजक लक्ष्मण केसी र सचिवमा चन्द्र शाही छन्।

केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा शिवबहादुर देउवा, केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्षमा भरतकुमार श्रेष्ठ, केन्द्रीय निर्वाचन आयोगका अध्यक्षमा माधव पौडेललाई जिम्मेवारी दिएको छ। नेकपा(एस) १३४ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद्, ३३ सदस्यीय केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च बनाएको छ। प्रदेश तथा स्थानीय कमिटीका ७ पदाधिकारीमध्ये कम्तीमा एक जना महिला हुनुपर्नेछ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुर्खेत उडेको बुद्दको जहाजमा समस्या आएपछि काठमाडौंमा अवतरण

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि उडेको केही समयमै अवतरण गरेको छ ।   शनिबार बिहान बुद्ध एयरको यु–४१३३ ...

जनयुद्दका ८ हजार बढी शहिदको नाम राजपत्रमा प्रकाशित (हेर्नुहोस् नामावली)

काठमाडौं। नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा ...

आजको मौसम –मेघ गर्जन सहित हल्का वर्षा

काठमाडौं । हाल देशका विभिन्न क्षेत्रमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशको प...

युवामाथि सिंगो राष्ट्रको भरोसा छ : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन्। टुँडिखेलमा आज आयोजित राष्ट्रिय सेवा दलद्वारा...

राष्ट्रपति भण्डारीद्वारा अस्पतालको नवनिर्मित भवन उद्घाटन

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको नवनिर्मित  भवनको आज उद्घाटन गर्नुभएको छ । यहाँ आयोज...

गैँडाको आक्रमणबाट मृत्यु

काठमाडौं । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् । ...

तपाईको स्मार्टफोनमा ब्याट्री टिक्दैन ? यसो गर्नुस्

काठमाडौं। स्मार्टफोनले आम मानिसको सूचना प्रवाह तथा पहुँचमा आमूल परिवर्तन ल्याएको छ। दैनिक रूपमा ह्यान्डहेल्ड उपकरणको अत्यधिक प्रयोगले तिनीहरूको ब्याट्...

जोमसोमबाट पोखरा आउँदै गरेको जिप कालिनदीमा खस्यो

काठमाडौं । मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको जीप कालीगण्डकीमा खस्दा १७ जना घाईते भएका छन् ।  थासाङ गाउँपालिकाको ३ नं. वडामा जीप दुर्घटना हुँदा ...

दाङ पुगिन्– राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दाङ आइपुग्नुभएको छ । काठमाडौँबाट हेलिकप्टरमार्फत उनी ११ः३० बजे दाङ पुगेकी हुन् ।     लुम्बिनी प्रदेशप्र...

एघार वर्षपछि पुल निर्माणको काम अन्तिम चरणमा

काठमाडौं । निर्माण सुरु भएको ११ वर्षपछि हुलाकी राजमार्गअन्तर्गत कैलालीको भजनी नगरपालिका–३ मा पर्ने  कान्द्रा नदीको पुल निर्माण सम्पन्न हुने आशा जगाएको...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page