Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

प्रभावकारी बन्दै स्वास्थ्य बीमा

खबरडबली संवाददाता

वालिङ । वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा स्वास्थ्य बीमा लागू भएसँगै स्वास्थ्य जाँच गराउनेको सङ्ख्या बढ्दै गएको छ । निजी क्लिनिक, फार्मेसी तथा पोखरा, पाल्पाका अस्पतालमा गएर उपचार गर्ने वा स्वास्थ्य जाँच गराउने यहाँका नागरिक पछिल्लो समय स्वास्थ्य बीमामार्फत वालिङमै उपचार गराउन थालेका हुन् । गह्रौँ प्राथमिक अस्पतालमा २०७६ जेठ १ गतेदेखि लागू भएको स्वास्थ्य बीमाबाट स्वास्थ्य जाँच गराउने, औषधि लिनेको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको अस्पतालको बीमा शाखामा कार्यरत  प्रमोद जिसी ९शङ्कर० ले जानकारी दिए ।

अस्पतालमा गत वैशाख १ देखि भदौ मसान्तसम्म पाँच महिनाको अवधिमा सात हजार ८३५ ले स्वास्थ्य सेवा लिइसकेका छन् । त्यस्तै २०७७ को वैशाखदेखि चैत मसान्तसम्म कूल २० हजार ४७७ र २०७६ जेठ १ देखि चैत मसान्तसम्म १४ हजार १९९ बीमितले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालमा स्वास्थ्य बीमा लागू भएदेखि गत भदौ मसान्तसम्ममा कूल ४२ हजार ५११ जना बीमितले बीमा कार्डमार्फत स्वास्थ्य उपचार तथा औषधि लिएका जिसीले बताए ।

स्याङ्जा जिल्लाकै मध्यभाग वालिङमा रहेको गह्रौँ प्राथमिक अस्पतालमा वालिङ नगरपालिकासहित, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका तथा छिमेकी जिल्ला दक्षिण पर्वत र पाल्पाको केही भागका बिरामीले यहाँबाट सेवा लिने गरेका अस्पतालले जनाएको छ । “अस्पतालमध्ये भाग वा धेरै ठाउँको पायक पर्ने स्थानमा भएकाले पनि यहाँ जिल्लाका अन्य स्वास्थ्य संस्थाको तुलनामा धेरै बिरामी स्वास्थ्य सेवा लिन आउने गर्नुहुन्छ”, जिसीले भन्नुभयो, “यहाँबाट दैनिक ९० बढी बिरामीले स्वास्थ्य सेवा लिन्छन्
 
वालिङ नगरपालिकाभित्र २१ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेकाले उनीहरूका नगरपालिकाले निःशुल्करूपमा स्वास्थ्य बीमा गरिदिने नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । “स्वास्थ्य बीमा गर्नतर्फ वालिङका नागरिकलाई प्रेरित गरेका छौँ”, प्रमुख खाँणले भन्नुभयो, “जसले स्वास्थ्य बीमा गर्न सक्दैनन्, जसको आर्थिक अवस्था कमजोर छ उनीहरुको निःशुल्क बीमा नगरपालिकाले गरिदिन्छौँ ।” वालिङ प्राथमिक अस्पतालमा स्वास्थ्य बीमा गर्नेको छुट्टै लाइन बनाइएको र बिना झण्झट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको प्रमुख खाँणले बताए।

नगरपालिकाले न्यून आय भएका वा गरिबीको रेखामुनि रहेका २१ प्रतिशत नागरिक तथा राष्ट्रिय र स्थानीय तहका खेलाडी तथा परिवारको नगरपालिकाले निःशुल्क बीमा गरिदिने प्रमुख खाँणले बताए । स्याङ्जा जिल्लाभरिमै सबैभन्दा राम्रो र धेरैले सेवा लिने गह्रौँ प्राथमिक अस्पताल भएकाले यसलाई नमूनाको रुपमा अगाडि बढाउन सकिने राष्ट्रिय बीमा बोर्डका सिनियर अहेब भगवान रेग्मीले बताए ।

अस्पतालले बीमाबाट पाउने औषधि पर्याप्त मात्रामा उपलब्ध गराउनुका साथै राम्रो सेवा दिएका कारण स्वास्थ्य जाँच गराउन वा औषधि लिन आउनेको सङ्ख्यामा वृद्धि भएको हो । जिल्लाका अन्य पालिकामा रहेका स्वास्थ्य संस्थामा भन्दा यस स्वास्थ्य संस्थाले बीमाबापतको रकम बीमा बोर्डबाट धेरै भित्र्याउने गरेको दाबी रेग्मीको छ ।

प्राप्त हुने औषधि सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको अस्पतालले जनाएको छ । कोभिड–१९ को महामारीका समयमा यस अस्पतालमा वालिङ नगरपालिकाले आइसोलेसन सेन्टर स्थापना गरी निःशुल्क उपचारको व्यवस्था मिलाएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । यहाँ भर्ना भएर बसेका कोरोना सङ्क्रमित तथा कुरुवालाई नगरपालिकाले निःशुल्क खाना, खाजा तथा औषधिसमेत उपलब्ध गराएको थियो ।

केही समयअघि शेयरकास्ट इनिसियटिभ नेपालले गरेको मत सर्भेक्षणका आधारमा वालिङस्थित यस अस्पतालले कोरोना रोकथाम तथा नियन्त्रणका क्षेत्रमा निक्कै उदाहरणीय र प्रशंसनीय रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोल...

बाजुराका ९३ बस्ती पहिरोको उच्च जोखिममा, ४९ बस्ती स्थानान्तरणको प्रतीक्षामा

बाजुरा । बाजुराका नौवटै स्थानीय तहका ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ। तीमध्ये ४९ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुप...

कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा बन्दसत्र सुरु, तीन प्रतिवेदन पेश

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी भेला...

ग्यासको हाहाकारपछि काठमाडौंका पाँच ठाउँमा यसरी भइरहेको छ बिक्री

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट विशेष रूपमा ग्यास बिक्री वितरण सुरु गरेको छ। ग्यासको अभाव...

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

मुस्ताङ। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास सम...

अपडेट: रोकिएको बस गुड्दा नुवाकोटमा दुई जनाको मृत्यु, तीन घाइते

काभ्रेपलाञ्चोक । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर इभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ...

रोकिएको बस आफैं गुड्दा नुवाकोटको थानाभञ्ज्याङमा बस र भ्यान भिरबाट खसे

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा सडकछेउमा रोकिएको बस आफैं गुडेर अर्को सवारीलाई ठक्कर दिँदा बस र इभी भ्यान सडकबाट करिब ३०–४० मि...

रोक्का बजेट फुकुवा नहुँदा पूर्वाधार निर्माण प्रभावित

तनहुँ। सङ्घ र प्रदेश सरकार मातहतका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा सञ्चालित विकास निर्माणका काम प्रभावित बनेका छन्...

ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन

म्याद सकिएको लाइसेन्सदेखि नक्कली उपाधिसम्म

नारायणगढमा झडप हुँदा चार जना घाइते

नारायणगढ। शुक्रबार राति नारायणगढमा भएको झडपमा चार जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा राति १:२० बजे दुई समूहबिच झैझग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending