Ntc
Khabar Dabali २० जेष्ठ २०८० शनिबार | 3rd June, 2023 Sat

हुम्लाको लिमी उपत्यका : यसकारण छ ऐतिहासिक !

खबरडबली संवाददाता

हुम्लाको लिमी उपत्यका करिब ११ सय वर्षअघि नै आवाद भएको क्षेत्र हो । यसकारण परम्परागत धार्मिक वास्तुशास्त्र अध्ययनका हिसाबले यो गाउँ निकै महत्वपूर्ण छ । यसबाहेक लिमी उपत्यका प्राकृतिक र भौगोलिक दृश्यावलोकनका लागि पनि वास्तवमै अलौकिक छ । 

‘लिमी’ तिब्बती शब्द ‘लिमे’बाट अपभ्रंश भई बनेको हो । लिमेको तिब्बती अर्थ हुन्छ– ‘दुई बस्ती जोड्ने भूभाग ।’ लिंकखोला र गेउ स्याक्च्या खोलालाई जोड्ने भूभागमा बस्ती भएकाले यसलाई लिमे भनिएको पुस्तकहरूमा उल्लेख छ । लिमे पछि नेपालीमा अपभ्रंश हुँदै लिमी हुन पुग्यो । 

नाम्खा गाउँपालिका–६ लिमीको टाक्चीमा एउटा कोट दरबार छ । डाँडाको चुच्चोमा अहिले पनि दरबारको अवशेष भेटिन्छ । कोटभन्दा माथि सेउकुनाको छेउमा बौद्ध गुम्बा पनि छ । प्राचीन समयमा गुम्बाबाट राजकाज चलाउन तिब्बतबाट आएका शासकहरूले यही गुम्बा र दरबारबाट लिमीमा शासन गरेको किंवदन्ती छ । कोट दरबार र गुम्बाको बीचबाट बगेर आएको दुई नदीको बीचमा लिमी (लिमे) बस्ती छ । लिमीमा तीन बस्ती तिल, जाङ, हल्जी छन् । लिमी उपत्यका प्राकृतिक सौन्दर्य, पर्यावरण जैविक विविधता र मानव सभ्यताको हिसाबले महत्वपूर्ण छ । समुद्री सहतबाट १७ हजार फिट उचाइमा अवस्थित लिमी रैथाने तिब्बती संस्कृति बोकेको बस्ती हो । 

लिमीको लाप्चाबाट कैलाश दर्शन 
लिमी उपत्यकाको लाप्चा नाकाबाट तिब्बतको कैलाश मानसरोवर दर्शन गर्न सकिन्छ । जाङ, हल्जी र तिल गाउँबाट कैलाश मानसरोवर पैदल पनि हिँडेर जान सकिन्छ । लाप्चा नाकासम्म गाडी आवतजावत गर्ने हुँदा गाडीबाट लाप्चासम्म सवार गर्न सकिन्छ । 

१९४५ सालमा निर्मित माना–पाथी, ढक–तराजुलगायतका सामग्री अझै यहाँ संरक्षण गरी राखिएको छ । स्थानीयस्तरमा नापतौलमा प्रयोग हुने सामग्री, पूजाआजा र अन्य बन्दोबस्तीमा प्रयोग हुने पुराना सामग्री यहाँ हेर्न सकिन्छ । करोडौँ मूल्यको कोइचिनको बख्खु यहाँको अर्काे विशेषता हो । यो बख्खु (महिला र पुरुषको वस्त्र) हाल संरक्षणका लागि मात्र राखिको छ ।

११औँ शताब्दीमा निर्मित हल्जी गुम्बा
लिमीको हल्जी गाउँमा ११औँ शताब्दीमा निर्मित हल्जी गुम्बा छ । तत्कालीन लोचाओ कवि रिन्जिन जाङ्वुले भारत, नेपाल र तिब्बतमा निर्माण गरेका १०८ गुम्बामध्ये अन्तिम गुम्बा लिमीमा छ । तत्कालीन सिँजा राज्यका एक राजाले बुद्ध धर्म मान्ने भएकाले हल्जी गुम्बामा आएर श्रमदान गरेको लिपी यहाँ सुरक्षित छ । 

दुर्लभ जनावरको वास
लिमी उपत्यकामा वनचौँरी, वनघोडा, वनबिरालो, बाघ, हिउँचितुवा र ध्वाँसे चितुवा, मृग, भालुलगायतका दुर्लभ वन्यजन्तु पाइन्छ । सन् २०१३ मा यहाँ राखिएका केही स्वचालित क्यामेरामा कैद तस्बिर हेर्दा अनौठा र दुर्लभ जनावर रहेको प्रमाणित भएको छ । 

खस साम्राज्यको आधार खण्ड
लुकेको तिब्बतीय संस्कृतिको आकर्षण केन्द्रको रूपमा लिमी उपत्यका रहेको छ । यहाँ जिल्लाका अन्य भूभागभन्दा फरक बस्ती र चालचलन रहेको छ । यो बस्ती समुद्र सतहभन्दा चार हजार फिट माथि रहेको छ । तत्कालीन लिमी गाउँ विकास समिति र हालको नाम्खा गाउँपालिकाअन्तर्गत पर्ने लिमीमा तीनवटा गाउँ तिल, हल्जी र जाङ रहेका छन् । नाफल उच्च हिमालमा पाक्ने गहुँ, जौ, कोइरा, तोरी यी गाउँका मुख्य खाद्यबाली हुन् । 

नयाँ पत्रिका दैनिकबाट सभार 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डिशहोमको इन्टरनेटले पायो गुणस्तर चिन्ह

काठमाडौं ।  नेपालमा DTH सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा ISO प्रमाणीकरण प्राप्त गरेको छ । Americo qual...

नक्कलि भुटानी शरणार्थी प्रकरण : यि हुन् पक्राउ परेका १६ अभियुक्त

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन उप्रधानमन्त्रीदेखि बहालवाला सचिव समेत छन् । पक...

कांग्रेस नेता गुरुङ पक्राउ : आठ करोड बढी ठगी

सिन्धुली। नेपाली कांग्रेसका युवा नेता एवं सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा...

इन्डियन प्रिमियर लिग : पन्जाबलाई हराएको राजस्थानको प्लेअफ सम्भावना कायमै

काठमाडौं । पन्जाब किंग्सलाई पराजित गरि राजस्थान रोयल्सले जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष चारमा रहदै प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको ...

एक युग प्रचण्ड

मानिसहरु यस्तो ठान्छन कि यो देश आफै चल्दैन । यो ति उडन्ते र घुमन्तेहरुको तर्क हो । जो हातमा साक्षर भएको प्रमाणपत्र बोकेर वावुको अंशले जन्मजात सम्पन्न ...

नेपाल टेलिकमको आम्दानी ६७ करोड २९ लाख बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको चैतसम्मको अवधिमा नेपाल टेलिकमको आम्दानी ६७ करोड २९ लाख रुपैयाँले बढेको छ । टेलिकमले दिएको जानकारी अनुसार गत वर्षको यही अ...

ओम्नी र वाइडबढीको फाइल खोल्ने तयारीमा सरकार

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहका मानिस धमाधम पक्राउ परिरहेका बेला स...

काठमाडौंकावासीले जेठ १ गतेबाट मेलम्चीको खानेपानी पिउन नपाउने

काठमाडौं । काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि पानी वितरण बन्द गरिने भएको छ । आयोजनाको मुहान तथा हेडवक्र्समा केह...

अभियुक्त भेट्न हिरासत पुगेका खाँडका सहयोगी पूर्व सांसद शेर्पा फरार

काठमाडौं । उच्चपदस्थ व्यक्तिहरूकै संलग्नतामा शरणार्थीका नाममा भएको ठगी घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएपछि कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पनि...

एमाले स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । केहीबेरपछि ललितपुरस्थित एमाले मुख्यालयमा बस्ने केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको ...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page