चितवन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले हत्या, हिंसा र बलात्कारका घटना रोक्ने गरी काम गर्ने बताएकी छिन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले भएका ऐन, कानूनको कार्यान्वयन र आवश्यकता अनुसार संशोधन गरेर महिला र बालबालिकामाथि हुने गरेका आपराधिक कार्य रोक्न आफू लागिपर्ने बताइन् ।
कानूनको पूर्णरुपमा कार्यान्वयन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उनले बताइन् । नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्षसमेत रहेकी रेग्मीले आफूले राजनीतिक जीवनमा महिला, बालबालिका र ज्येष्ठ नागरिकले भोगेका पीडा नजिकबाट बुझेकोले पनि यो मन्त्रालय रोजेको हो भनिन् । यससँगै महिलालाई राजनीतिक दल र सरकारी निकायमा ५० प्रतिशत प्रतिनिधित्व नगराएसम्म मुलुकमा परिवर्तन हुन नसक्ने उनले बताइन् ।
उनले भनिन्, “समतामुलक समाजका लागि ५० प्रतिशत महिलाको प्रतिनिधित्व गराउन सक्नुपर्छ ।” अहिले महिलाको प्रतिनिधित्व एक तिहाई भए पनि नेतृत्वमा पछि परेको रेग्मीको भनाइ छ ।
अर्को एक प्रसङ्गमा रेग्मीले अशक्त, अपाङ्गता, ज्येष्ठ नागरिकलाई घर–घरमा भत्ता दिने गरी मन्त्रालयले काम गर्ने बताइन् । उनले भनिन्, “घरमानै पुगेर भत्ता वितरण गर्ने योजना बनाउँदैछु ।” बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै उनले तत्काल खोपको व्यवस्थाका लागि मन्त्रालयले पहल गर्ने बताइन् । उनले थपिन्,“बालबालिकालाई तत्काल खोप दिनुपर्छ ।” सडकमा बेवारिसे मानवमुक्त बनाउन सामाजिक सङ्घ संस्थासँग सहकार्य गरेर मन्त्रालयले काम गर्ने मन्त्री रेग्मीको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: