चितवन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले हत्या, हिंसा र बलात्कारका घटना रोक्ने गरी काम गर्ने बताएकी छिन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले भएका ऐन, कानूनको कार्यान्वयन र आवश्यकता अनुसार संशोधन गरेर महिला र बालबालिकामाथि हुने गरेका आपराधिक कार्य रोक्न आफू लागिपर्ने बताइन् ।
कानूनको पूर्णरुपमा कार्यान्वयन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उनले बताइन् । नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्षसमेत रहेकी रेग्मीले आफूले राजनीतिक जीवनमा महिला, बालबालिका र ज्येष्ठ नागरिकले भोगेका पीडा नजिकबाट बुझेकोले पनि यो मन्त्रालय रोजेको हो भनिन् । यससँगै महिलालाई राजनीतिक दल र सरकारी निकायमा ५० प्रतिशत प्रतिनिधित्व नगराएसम्म मुलुकमा परिवर्तन हुन नसक्ने उनले बताइन् ।
उनले भनिन्, “समतामुलक समाजका लागि ५० प्रतिशत महिलाको प्रतिनिधित्व गराउन सक्नुपर्छ ।” अहिले महिलाको प्रतिनिधित्व एक तिहाई भए पनि नेतृत्वमा पछि परेको रेग्मीको भनाइ छ ।
अर्को एक प्रसङ्गमा रेग्मीले अशक्त, अपाङ्गता, ज्येष्ठ नागरिकलाई घर–घरमा भत्ता दिने गरी मन्त्रालयले काम गर्ने बताइन् । उनले भनिन्, “घरमानै पुगेर भत्ता वितरण गर्ने योजना बनाउँदैछु ।” बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै उनले तत्काल खोपको व्यवस्थाका लागि मन्त्रालयले पहल गर्ने बताइन् । उनले थपिन्,“बालबालिकालाई तत्काल खोप दिनुपर्छ ।” सडकमा बेवारिसे मानवमुक्त बनाउन सामाजिक सङ्घ संस्थासँग सहकार्य गरेर मन्त्रालयले काम गर्ने मन्त्री रेग्मीको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: