बागमती । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार विश्वासको मत लिने भएकी छन् । आज दिउँसो १ बजेसम्म बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन् ।
मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितको आवश्यक कर्मचारी खटाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
गत कात्तिक ४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकाले दलगत रुपमा प्रदेशसभाका सदस्यले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
प्रदेशसभामा हाल सत्तापक्ष (नेकपा एमाले)का ४४, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी)का २३ र अन्य प्रतिपक्षी नेपाली कांग्रेसका २२, नेकपा एकीकृत (समाजवादी)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) का एक गरी १०९ सदस्य छन् ।
यहाँ विश्वासको मत पाउन ५५ जना सांसद आवश्यक पर्छ। विपक्षी गठबन्धनमा ५९ जना सांसद छन्। प्रदेश सभामा रहेका विवेकशील साझाका ३ सांसद, नेमकिपा र राप्रपाका सांसदले कता मतदान गर्छन् खुलेको छैन।
बागमती प्रदेशमा कुनै नाटकीय परिवर्तन भएन भने मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने छैनन्। विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेका छन्। अब पाण्डे नै मुख्यमन्त्री हुने सम्भावना बलियो छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०७९ - १३:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री आफूले पाउनुपर्ने अडान कायमै राखेको छ । रास्वपा सभापति रवि लामिछानेले मंगलबार बिहान बालुवाटारमा गएर ...
माघ १६ गते, २०७९ - १४:०९
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्...
माघ १६ गते, २०७९ - १०:४१
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेर...
माघ १६ गते, २०७९ - १०:३६
काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हँदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेको...
माघ १५ गते, २०७९ - २०:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेटन् बालुवाटार पुगेका छन् । आइतबार साँझ रवि बालुवाट...
माघ १५ गते, २०७९ - २०:२६
काठमाडौ । सूचनाको हक कार्यान्वयनको अभियानमा काम गरिरहेका सङ्घ, संस्था र अभियानकर्मीले राजनीतिक सङ्क्रमणकालमा सूचना नदिने गरी सूचना वर्गीकरण गरेकामा सर...
माघ १५ गते, २०७९ - १९:४३
धनुषा । मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार वीरेन्द्रकुमार ठाकुरलाई नियुक्त गरिएको छ । नवनियुक्त ठाकुरले आज पद तथा गोपनीयताको शपथ लिए। ...
माघ १५ गते, २०७९ - १९:२५
बेलबारी । हिजोआज ‘सडक दुर्घटना’ शीर्षकको समाचार आम मानिसमा सामान्य बन्दै गएको महसुस गर्न सकिन्छ । साँघुरो राजमार्गमा सवारी साधनको चाप । साँघुरा सडकमा ...
माघ १५ गते, २०७९ - १९:१०
काठमाडौँ । अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन्। दुई दिने भ्रमणका लागि उनी आइतबार साँझ काठमाडौ...
माघ १५ गते, २०७९ - १८:५६
सभापतिले अन्य दलसँग छलफल गर्ने
प्रतिकृया लेख्नुहोस्: