Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

उपराष्ट्रपति यादवसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

खबरडबली संवाददाता

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा।डेनियल म्यूली मोन्टेलियोनले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेट गरेको छन्। 

भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, विकास सहयोग, लगानी तथा व्यापार, पर्यटनलगायतका मुद्दामा छलफल भयो।   

उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भए पश्चात नेपाल र स्वीट्जरल्याण्डबिचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको र नेपालले स्वीट्जरल्याण्डसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिंदै आएको बताए ।  

उनले भने, ‘‘उच्च राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदान प्रदान तथा  संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका आधार स्तम्भ हुन्।’’ 

उनले नेपालको विकास पथमा मित्र राष्ट्र स्वीट्जरल्याण्डको निरन्तर साथ र सहयोग रहनेमा आशावादी रहेको बताए। ‘नेपालको शान्ति प्रक्रियामा सुरुवाती चरणदेखि नै स्वीस सरकारको महत्वपूर्ण सहयोग रही आएको छ’ उपराष्ट्रपति यादवले भने, ‘‘यसका लागि म स्वीस सरकारलाई धन्यवाद व्यक्त गर्दछु।’’

उनले बहुपक्षीय मञ्चमा जलवायु परिवर्तनलगायतका अन्तर्राष्ट्रिय मुद्दामा स्वीट्जरल्याण्डको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै आपसी हितका विषयमा दुई पक्षीय र वहुपक्षीय मञ्चमा हाम्रो सहकार्य निरन्तर कायम रहनेमा आफू आशावादी रहेको बताए। ‘नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेकोले नेपाल सरकारले तदअनुसार तयारी गरिरहेको छ’’, उनले भने, ‘‘यसका लागि हामी विकास साझेदारबाट श्रोत–साधन, प्रविधि लगायत आर्थिक साझेदारीको अपेक्षा गर्दछौं।’’

भेटमा स्वीट्जरल्याण्डका महामहिम राजदूत डेनियल म्यूली मोन्टेलियोनले नेपाल र स्वीट्जरल्याण्ड असल मित्र भएको जनाउँदै स्वीस सरकारले नेपालमा रहेको तीनै तहको सरकारलाई बलियो बनाउँदै संघीयतालाई सबल र सुदृद्ध बनाउनमा सहयोगका लागि इच्छुक रहेको बनाए। उनले स्वीस लगानीकर्तालाई नेपाल भित्र्याएर नेपालको विकासमा सहयोग पुर्याउने चाहना समेत व्यक्त गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...

धमाधम चुनावी खर्च सार्वजनिक गर्दै उम्मेदवार: बालेनको १४ र रविको नौ लाख, अरु नेता कसको कति ?

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...

रवि लामिछाने चुनावको धपेडीका कारण अस्वस्थ, बालेनसँग भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...

सबै राष्ट्रिय दलका समानुपातिक मत जोड्दा पनि रास्वपालाई साढे ४ लाखभन्दा बढी मत

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौँ। स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई ज्ञापन गरेको छ । अभिया...

अध्यक्ष ओलीका बुवा मोहनप्रसादको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको...

बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बना...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: