Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

कटौती भएको प्राविधिक सचिवको पद थप गर्न मन्त्रीसमक्ष माग

खबरडबली संवाददाता

काठमाडौँ । विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरुले कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग गरेका छन् । प्राविधिक समूहका सहसचिवहरुले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर प्राविधिक सचिवको पद कटौती हुँदा वृत्तिविकासको अवसरबाट वञ्चित हुनुपरेको भन्दै प्राविधिक सचिवको पद थपका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्राविधिक सहसचिव मधुप्रसाद भेटवालले शान्ति तथा पुनःनिर्माण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको इञ्जिनियरिङ सेवाको सचिव पद कटौती हुँदा निजामती सेवामा प्राविधिक जनशक्तिका लागि वृत्तिविकासमा असर पर्न गएको बताए। उनले सरकारले घोषणा गरेको विकास र समृद्धिको नारालाई यथार्थमा परिणत गर्न प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण भएकाले प्राविधिक क्षेत्रको विज्ञता आवश्यक रहेका क्षेत्रमा सम्बन्धित विषयको विज्ञ जनशक्तिलाई परिचालन गर्न आग्रह गरे ।। 

भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले प्राविधिक क्षेत्रका सहसचिवको समस्यालाई आफूले बुझेकाले यसको समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । “विषयमा अनुभवी व्यक्तिले सम्बन्धित मन्त्रालयको नेतृत्व गरोस् भन्ने मेरो चाहना हो, तपाईंहरुको समस्याका बारेमा म प्रधानमन्त्रीसँग कुरा राख्छु,” मन्त्री खड्काले भने । उनले कर्मचारीले जति धेरै काम गर्यो त्यति सरकार सफल हुने भएकाले काममा ध्यान दिन आग्रह गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending