काठमाडौं । विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रले पार्टी फुटाएको आरोप लगाएका छन् । एकलौटी रुपमा केन्द्रीय कमिटी बैठक बोलाएर दस्तावेज पारित गरेको भन्दै पाण्डेले अब मिश्रसँग निर्वाचन आयोगमा भेट हुने बताएका छन्।
उनले भने, ‘मैले बिहान केन्द्रीय कमिटीमा चिठीसमेत पठाएर पार्टी फुटाउनुभयो, बधाई छ भनेर भनेको पनि छु। आजको निर्णयबाट उहाँले पार्टी दोस्रो पटक फुटाउनुभयो ।’
पाण्डेले बिहीबार बोलाएको केन्द्रीय समितिको बैठक आधिकारिक नभएको पनि बताए । उनले भने ‘उहाँले बोलाउनुभएको बैठक गुटको बैठक हो, पार्टीको नीति र नेतृत्व परिवर्तन निर्वाचन आयोगले निर्क्योल गर्छ । उहाँसँग बैठक बोलाउने कुनै अधिकार छैन ।’
पार्टीको विधानले पनि अध्यक्षलाई ‘सेरेमनियल’ र संयोजकलाई कार्यकारी भूमिका दिएको उनकाे भनाइ छ । ‘यसको छिट्टै कानूनी रुपमा टुंगो होला, राजनीतिक रुपमा त उहाँहरुले पश्चगमनको नेतृत्व गरिरहँदा र हामीले अग्रगमनको नेतृत्व गरिरहँदा माइतीघरमा वा बानेश्वरमा भेट होला’ पाण्डेले अगाडि भने ।
मिश्र पक्षले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्ने अध्यक्षको दस्तावेजलाई केन्द्रीय समितिको बहुमत सदस्यले पारित गरेको बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८१ - १५:०८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
मंसिर २ गते, २०८० - १३:३५
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...
मंसिर २ गते, २०८० - १२:१२
काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...
मंसिर २ गते, २०८० - ११:२५
काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् । शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...
प्रतिकृया लेख्नुहोस्: