Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

१९ न्यायाधीश भन्छन्- प्रधानन्यायाधीशले मार्गप्रसस्त नगरेसम्म बन्दीका बाहेक अन्य मुद्दा हेर्दैनौँ

खबरडबली संवाददाता

काठमाडौं । प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरिरहेका सर्वोच्च अदालतका १९ जना न्यायाधीशले आइतबारबाट बन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाई गर्ने भएका छन् ।

प्रधानन्यायाधीशको वर्हिगमन माग गर्दै चार दिनदेखि अघोषित इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरू चौतर्फी दबाबपछि आइतबारबाट बन्दीका मुद्दा हेर्न भने सहमत भएका छन् ।

न्यायाधीश इश्वर खतिवडा र सपना प्रधान मल्लसँग आइतबार बिहानै सल्लाह गरेपछि बन्दीका मुद्दा भने सुनुवाइ गर्ने सहमति बनेको एक न्यायाधीशले बताए । 

उनका अनुसार हालसम्म प्रधानन्यायाधीशबाहेक सबै न्यायाधीश एक ठाउँमा भएकाले आफुहरूले उठाउँदै आएका विषय सम्बोधन नभए (प्रधानन्यायाधीशले मार्गप्रसस्त नगरे)सम्म बन्दीका बाहेक अन्य मुद्दा भने इजलासमा बसेर सुनवाइ नगर्ने बताएका छन् । 

‘चौथो दिनपनि थप सल्लाह गर्ने सहमति भयो कि के भयो श्रीमान ?’ जिज्ञासामा ती न्यायाधीशले भने,  ‘हाहाहा, हामीले आज पनि हाम्रा छलफलका विषयलाई हेर्दाहेर्दैमा राखेका छौं, तर आइतबारबाट बिदामा रहनुभएका दुई जना न्यायाधीशसँग छलफल गरेपछि बन्दीका मुद्दा भने सुनुवाइ गर्छौँ । अन्य मुद्दा हेरिन्न ।’ 

बन्दीप्रत्यक्षीकरणका मुद्दासमेत नहेरेको भन्दै केही अधिवक्ता रिट दर्ता गर्न सर्वोच्च अदालत पुगेपछि दबाबमा परेका न्यायाधीश बन्दीका मुद्दा हेर्न तयार भएका हुन् । 

न्यायाधीशको यो सहमतिलगत्तै नेपाल बार एसोसिएसनको बैठकले बहसमा फर्कने तर प्रधानन्यायाधीशको इजलास भने बहिष्कार गर्ने निर्णय गरेको छ । 

बन्दीप्रत्यक्षीकरणको समेत मुद्दा सुनुवाइ नगरेर न्यायाधीहरूले न्यायको हक हनन गरेको भन्दै १९ जना न्यायाधीशविरुद्ध केही अधिवक्ता रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–१ कुभिन्डेस्थित हरम्टारका ८५ वर्षीय सि...

हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक

काठमाडौं । प्यालेस्टिनी लडाकू समूह हमासले बुधबार गाजामा बन्धक बनाइएका एक इजरायली–अमेरिकी व्यक्तिको नयाँ भिडियो सार्वजनिक गरेको छ । भिडियो गत अक्टोब...

सिकाई उपलब्धी अभिवृद्धिका लागि वृहत अन्तरक्रिया

सल्यान  । सल्यानको छत्रेश्वरी गाउँपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि वृहत अन्तरक्रिया, छलफल र प्रगति समिक्षा गरिएको छ । बुधबार शैक्षिक गुणस्तर ...

१२५ घर खरानी बनाएर ६ घण्टापछि नियन्त्रणमा आयो मटिहानीको आगाे

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवागाछी भगवती टोलमा लागेको आगलागी ६ घण्टापछि नियन्त्रणमा आएको छ । दिउँसो १ बजे सल्किएको आगाे केहीबेर अगाड...

निरंकारी मण्डलको शिविर, मानव एकता दिवसमा रक्तदान

सल्यान। मानव एकता दिवसको अवसरमा सल्यानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सन्त निरंकारी मण्डल नेपाल सल्यान शाखाको आयोजनामा जिल्लाको कालिमाटी गाउँपाल...

कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ : मन्त्री बस्नेत

काठमाडौैं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमण...

स्वर्गिय साहित्कार तथा शिक्षाविद् राजवंशीको तेस्रो स्मृति दिवस सम्पन्न

कठमाडौं । बरिष्ट साहित्कार तथा शिक्षाविद् स्व.लक्ष्मण राजवंशीको तेस्रो स्मृति दिवस एक श्रद्धाञ्जली सभाको कार्यक्रम गरी सम्पन्न भएको छ ।  नेपाल भाषा...

दीपेन्द्र सिंह ऐरीको जर्सी अमेरिकामा १ हजार ५० डलर मूल्यमा विक्री

काठमाडौं  ।  नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी अमेरिकामा सबैभन्दा बढी मुल्यमा विक्री भएको छ ।  अमेरिकास्थित नेपाली संघसस्थाले आयोज...

महोत्तरीमा लागेको आगो अझैं नियन्त्रण बाहिर, सयौं घर जलेर नष्ट

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं ६ स्थित जरलहवा गाछीमा भिषण आगलागी भएको छ । दिउँसाे २ बजेवाट सुरु भएको आगलागी अझै नियन्त्रण बाहिर रहेक...

पूर्वपश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु

झपा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका–४ का तीन युवकको मृत्यु...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies