Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed

बाढीले खानेपानीका स्रोतमै क्षति पुर्‍याउँदा समस्या

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा निर्माणाधीन अधिकांश ठूला खानेपानी आयोजनाका स्रोत यहाँका खोला हुन् । विसं २०७२ को भूकम्पका कारण जिल्लामा खानेपानीका मूल सुकेपछि त यहाँका नदी–खोला नै खानेपानीका मुख्य स्रोत थिए। तिनै खोलामा गत असोज दोस्रो साताको बाढीले पानीको स्रोत नै तहसनहस भयो । नदी–खोला किनारमा रहेका इनार र ‘लिफ्टिङ’ प्रविधिमार्फत डाँडामा तानेर बस्तीबस्तीमा वितरण गर्न निर्माण भएका भौतिक पूर्वाधारमा क्षति भयो । पानी सङ्कलन, प्रशोधन केन्द्र तथा वितरण प्रणालीमा समेत क्षति हुँदा निकै समस्या भएको छ ।

हाल काभ्रेपलाञ्चोकका चार ठूला खानेपानी आयोजनामध्ये काभ्रे उपत्यका बृहत् खानेपानी आयोजनालाई भने पानी लिफ्ट गर्नु पर्दैन तर उक्त आयोजनाका लागि पनौतीमा रहेका गुड्गुडे, खारखोला, वैरामहादेव र मूलडोलका पानी सङ्कलनका ‘इन्टेक’ तथा वितरण प्रणालीका मुख्य तथा शाखा पाइपलाइनमा बाढीले क्षति पुर्‍याउँदा करोडौँको नोक्सान भएको छ ।

उक्त आयोजनाका बोर्ड प्रमुख आशोक ब्याञ्जूका अनुसार काभ्रे उपत्यका बृहत् खानेपानी आयोजनामा रु २१ करोड ८० लाख क्षति भएको छ । निर्माणको अन्तिम चरणमै क्षतिग्रस्त हुन पुगेको सो खानेपानी आयोजनाको पुनर्निर्माणमा एसियाली विकास बैङ्कले सहयोग गर्ने प्रतिबद्धता जनाएको ब्याञ्जूले बताए । तीन नगरका करिब ९३ हजार उपभोक्ताका लागि करिब रु एक अर्बको लगानी रहेको सो खानेपानी आयोजनाको निर्माण ढिलाइ भइरहे पनि यसअघि ९८ प्रतिशत काम सकिएको जनाइएको थियो । सन् २०१२ डिसेम्बर १९ मा भएको सम्झौताअनुसार सन् २०१५ जुन १२ मा आयोजना निर्माण गरिसक्ने भनिएको थियो तर करिब १२ वर्ष बितिसक्दा पनि काम सम्पन्न भएको छैन ।

यसैगरी, दशवटा वडाका सात हजार नागरिकलाई खानेपानी पु¥याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको पानीको स्रोत सुनकोशी नदी हो । भुम्लु गाउँपालिका–१० बिमिरेस्थित उक्त नदी किनारमा छवटा इनार, चार लाख लिटर क्षमताका दुई ट्याङ्की, तीन लाख लिटरको ब्याकवास ओभरहेड ट्याङ्की, छ ब्रेकप्रेसर ट्याङ्की तथा पालेघर निर्माण गरिएको छ । सोही इनारमा सङ्कलित पानी लिप्mिटङ प्रविधिमार्फत पाँचखाल ल्याइने निर्माणाधीन उक्त आयोजनाको मुहान क्षेत्र गत असोजको बाडीले डुबाउनाका साथै केही पूर्वाधारमा क्षति पुगेको थियो ।

उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेका अनुसार आयोजनाका विभिन्न संरचनामा रु एक करोड ७० लाख क्षति पुगेको थियो । विसं २०७६ साल भदौ १२ गते ०७९ पुस महिनाभित्र सक्ने गरी परियोजना निर्माणको सम्झौता भएको थियो । त्यसको लागत रु एक अर्ब ३४ करोड ६६ लाख हुने भनिएको थियो । यसको मुख्य स्रोत पनि नदी नै हो, जसको काम हाल ९५ प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

यसैगरी, तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घरघरमा पुर्‍याउने उद्देश्यका साथ आठ वर्षअघि सुरु गरिएको तेमाल बृहत् खानेपानी आयोजनाको खानेपानीको स्रोत पनि सुनकोशी नदी हो । कोभिड र प्राकृतिक प्रकोपका कारण निर्माण ढिलाइ भएको उक्त आयोजना अबको केही महिनामा सक्ने लक्ष्य लिइएको उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले बताए । उनका अनुसार बाढीले उक्त आयोजनाको मुहान क्षेत्रका ट्याङकीलगायत लिफ्टिङका लागि व्यवस्थित गरिएका बिजुलीका ट्रान्सफर्मर तथा अन्य पूर्वाधारमा रु सात करोड बराबरको क्षति पुगेको छ ।

नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा निर्माण गरिएको यस आयोजनाको खानेपानी वितरणका लागि याङ्बेल डाँडामा चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की बनाइएका छन् । आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् ।

उक्त आयोजनाको करिब ९८ प्रतिशत काम सकिएको जनाइएको छ । यसअघि २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको छभने ‘मेनलाइन’ र ‘शाखा लाइन’ मा पाइप बिछ्याउने तथा घरघरमा धारा निर्माणका लागि आवश्यक सामग्री वितरण कार्य भइरहेको जनाइएको छ । साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको थियो ।

खानेपानीको चरम अभाव झेलिरहेको मण्डनदेउपुर नगरका घरघरमा खानेपानी पुर्‍याउन पनि इन्द्रावती नदीको पानी लिफ्टिङ गर्न लागिएको छ । नगरका पाँच हजारभन्दा बढीलाई हाल १० नं वडास्थित थामडाँडामा निर्माण गरिएको मुख्य ट्याङ्कीमा वडास्थित इन्द्रावती नदीको नारिमखर्क र ७ नं को सोतेमा दुईवटा ‘समवाएल’ निर्माणबाट पानी खसालिने योजना बनाइएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले बताए । उनका अनुसार बाढीले मुहान क्षेत्र तथा अन्य केही स्थानका संरचनामा करिब रु पचास लाखको क्षति पुगेको छ ।

नारिमखर्क र सोतेमा पानी प्रशोधन केन्द्र (ट्रिडमेन्ट प्लान) निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यस आयोजनाअन्तर्गत हाल विभिन्न स्थानमा आवश्यक ३० वटासहित २३ वटा वितरण ट्याङ्की निर्माण सकिएको छ । भूकम्पले पानीका मूल सुकाएपछि खानेपानीको समस्या झेलिरहेका यहाँका बासिन्दाले केही महिनामै खानेपानी अभावबाट उन्मुक्ति पाउने अपेक्षा गरिएको छ । नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

प्रचण्डसँग एकताको छलफल नभएको ओलीको दाबी, ‘सिद्धान्त मिलेसँग मात्रै सहकार्य’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...

सरकारी कर्मचारीको तलब अब महिनाको दुई पटक

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...

‘१०० रुपैयाँ’को भन्सार कडाइ : सीमामा उकुसमुकुस, जनजीवन प्रभावित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

चामल र पेट्रोल महँगिँदा विद्यार्थी किन चुप बसेका छन्ः पूर्वमन्त्री झाँक्री

काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...

डोकोमा श्रीमती, काँधमा वाचा : कम्मानेको अपूरो आशा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदातीन जनाको मृत्यु

सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending