Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

संविधान संशोधनबाट पछि हटे प्रधानमन्त्री ओली, कांग्रेस बन्याे रुष्ट

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली ‘संविधान संशोधनबाट ब्याक’ भएका छन् । ओलीले तत्काल संविधान संशोधन नहुने भन्दै २०८७ सालमा मात्रै संविधान संशोधन हुने बताएका छन् ।

गत १७ असारको मध्यराति नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा संविधान संशोधन गर्ने एजेन्डासमेत छ । तर, दुई दलबीच भएको सहमतिविपरीत प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिपश्चात नयाँ गठबन्धन र ओलीको नेतृत्वमा सरकार गठन भएको थियो । आलोपालो प्रधानमन्त्री हुने सहमति यी दुई दलले गरेका थिए । सो सहमति पालना गर्नुको साटो आफूखुसी अभिव्यक्ति दिएपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।

कांग्रेस महामन्त्री शर्माले संविधान संशोधनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सातबुँदे सहमतिविपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् । बुधबार झापाको कचनकवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको अभिव्यक्ति आपत्तिजनक रहेको बताए ।

‘२०८७ सालमा मात्र संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ,’ कांग्रेस महामन्त्री शर्माले भने, ‘संशोधन त गर्ने नै छ ।’

उनले स्थिर सरकारका लागि संविधान संशोधन जरुरी रहेको बताए । संविधान संशोधन कुन विषयमा र कहिले गर्ने भन्ने कुरा प्रधानमन्त्री ओलीमा मात्रै निहित नरहेर गठबन्धन दलको नेतृत्वले सल्लाह गरेर गर्ने महामन्त्री शर्माको भनाइ छ । प्रधानमन्त्री ओलीले एमाले केन्द्रीय कमिटीको बैठकमै प्रतिनिधिसभाको यस कार्यकालमा संविधान संशोधन नहुने बताएका थिए ।

एमाले केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले २०८७ सालमा मात्रै संविधान संशोधन हुने बताएका थिए । ‘संविधानमा केही त्रुटि छन्, संशोधन गर्नुपर्नेछ तर २०८७ सालमा मात्रै हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले २०८७ सालमा संविधान संशोधन भनेपछि केही नेताले त्यसलाई सच्याउनेगरी ‘२०८३ साल होला’ भनेका थिए । तर, प्रधानमन्त्री ओलीले दोहो¥याएरै भने, ‘मैले २०८७ सालमै भनेको ।’

राष्ट्रिय सभाका कारण अहिले संविधान संशोधन हुन नसक्ने ओलीको तर्क थियो । ओलीले भने, ‘हामी अहिले पनि संविधान संशोधन गर्न चाहिने दुई तिहाइ जुटाउने पक्षमा छौं तर राष्ट्रिय सभाका कारण सम्भव भइरहेको छैन, संविधान संशोधन त गर्ने नै हो तर २०८७ सालमा ।’

कांग्रेस र एमाले दुई ठूला दलले संविधान संशोधनको विषयमा सहमति गरेपछि त्यसमाथि स्वाभाविक रूपमा अनेकन कोणबाट बहस, छलफल र तर्क–वितर्क भए र त्यो अहिले पनि जारी नै छ ।

तर, बिस्तारै त्यो सेलाएर गयो । संशोधनका प्रस्तावकर्ता दलहरू कांग्रेस–एमाले पनि मौन बसेका छन् । अहिलेसम्म पनि उनीहरू चुपचाप नै बसिरहेका छन्, औपचारिक रूपमा छलफल आरम्भ गरेका छैनन् । जबकि, विषयले प्रवेश पाएको ६ महिना गुज्रिसकेको छ ।

कांग्रेस र एमालेले संविधान संशोधन गर्ने कुरामामा सहमति गरेपछि त्यसयता विभिन्न दलले कार्यदल नै गठन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा संविधान संशोधनका लागि सुझाव कार्यदल गठन गरिसकेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संविधान निर्माणका बेला ‘नोट अफ डिसेन्ट’ लेखेको विषय उठाउँदै ती विषय संशोधनमा समावेश गर्ने निष्कर्षमा पुगेको छ । स्थायित्व र दिगो सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखदेखि अनेक विषय संशोधनमा पर्ने देखिन्छ । माओवादी केन्द्रका साथै विभिन्न दलले संशोधनका विषयमा आन्तरिक छलफल थालेका छन् ।

संविधान घोषणाका बेला आफूहरूले उठाएका धेरै विषय समावेश नगरिएको भन्दै असन्तुष्ट रहेका मधेसवादी दलले समेत संविधान संशोधनमा चासो दिएका छन् । विभिन्न समूहमा विभाजित मधेसवादी दल पार्टी एकता गर्दै संशोधनमार्फत आफ्ना एजेन्डा समावेश गर्ने रणनीतिका साथ अगाडि बढेका छन् ।

विभिन्न समूहमा विभाजित मधेसवादी दलबीच ‘सके पार्टी एकीकरण, नसके साझा धारणाका लागि मोर्चाबन्दी’ गर्नेगरी उनीहरू छलफलमा जुटिसकेका छन् । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले संविधान संशोधनदेखि अन्य मुद्दाका लागि मधेसवादी दलहरू एकीकृत वा मोर्चा बनाएर अगाडि बढ्नुपर्ने बताए ।

संविधान संशोधनका लागि दुई तिहाइ बहुमत संघीय संसद्मा चाहिन्छ । प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पुगे पनि राष्ट्रियसभामा सत्तारूढ गठबन्धनको दुई तिहाइ बहुमत पुग्दैन । त्यसका लागि राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र सबैभन्दा ठूलो दल हो । संविधान संशोधनका लागि माओवादी केन्द्रको समेत सहमति आवश्यक हुन्छ । माओवादी केन्द्रको सहमति लिँदा उसका पनि मुद्दा सम्बोधन गर्न एमाले र कांग्रेस तयार हुनुपर्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वर्णिमलाई ‘निमित्त प्रधानमन्त्री’ भन्दै हर्कको व्यङ्ग्य

काठमाडौं । सांसद हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ‘निमित्त प्रधानमन्त्री’ भन्दै प्रतिनिधिसभामा व्यङ्ग्य गरेका छन्। बिहीबार संसद् ब...

डिजिटल माध्यमबाट सदस्यता वितरण गर्दै नेकपा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणलाई डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने भएको छ। यस अभियानको औप...

सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुकुम्बासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा नेपाली सेनालाई खटाएको भनी संसद्मा उठेका प्रश्नको जवाफ दि...

चिया संकट : ६० हजार रोजगारी जोखिममा, सरकार कहिले जाग्ने ?

काठमाडौं । नेपालको प्रमुख निर्यातजन्य उत्पादनमध्ये एक चिया उद्योग यतिबेला गम्भीर संकटमा परेको छ। भारतले लागू गरेको नयाँ कार्य सञ्चालन मापदण्डका कारण न...

दक्षिण कोरियामा ‘बिश्वकर्मा भलिबल कप–२०२६’ हुँदै, विजेतालाई २२ लाख वन पुरस्कार

दक्षिण कोरिया । दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, मित्रता र एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले चौथो ‘बिश्वकर्मा भलिबल कप–२०२६’ आयोज...

गर्मीको चापसँगै मधेसमा विद्युत् संकट गहिरिँदै, उपभोक्तामा आक्रोश बढ्दो

जनकपुरधाम । चर्को गर्मी र अनियमित विद्युत् आपूर्तिको दोहोरो मारमा परेका मधेसवासीको दैनिकी कठिन बन्दै गएको छ। दिनहुँ हुने अघोषित विद्युत् कटौतीले जनजीव...

फिफा विश्वकप २०२६ : पानामालाई १–० ले हराउँदै घानाको महत्वपूर्ण जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज टोरन्टो रंगशालामा सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। ...

सिक्टा सिँचाइ आयोजनाको नियमित पानीले किसानमा उत्साह

बाँके । निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित रूपमा पानी छोड्न थालेपछि बाँकेका किसान खुसी भएका छन्। राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप...

अमेरिका–इरान शान्ति सम्झौताका मुख्य बुँदा सार्वजनिक, ट्रम्पको पुनः आक्रमण चेतावनी

काठमाडौं । अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने उद्देश्यसहित भएको अन्तरिम शान्ति सम्झौताका मुख्य बुँदाहरू सार्वजनिक भएका छन्। सम्झौतासँगै अमेरिकी रा...

सम्पत्ति छानबिन आयोग दबाबमा, आधा लक्ष्य पनि पूरा भएन

काठमाडौं । सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगले लक्ष्यअनुसार विवरण संकलन गर्न नसक्दा समय थपिँदासमेत काम सम्पन्न गर्न सकस हु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending