Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

संविधान संशोधनबाट पछि हटे प्रधानमन्त्री ओली, कांग्रेस बन्याे रुष्ट

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली ‘संविधान संशोधनबाट ब्याक’ भएका छन् । ओलीले तत्काल संविधान संशोधन नहुने भन्दै २०८७ सालमा मात्रै संविधान संशोधन हुने बताएका छन् ।

गत १७ असारको मध्यराति नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा संविधान संशोधन गर्ने एजेन्डासमेत छ । तर, दुई दलबीच भएको सहमतिविपरीत प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिपश्चात नयाँ गठबन्धन र ओलीको नेतृत्वमा सरकार गठन भएको थियो । आलोपालो प्रधानमन्त्री हुने सहमति यी दुई दलले गरेका थिए । सो सहमति पालना गर्नुको साटो आफूखुसी अभिव्यक्ति दिएपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।

कांग्रेस महामन्त्री शर्माले संविधान संशोधनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सातबुँदे सहमतिविपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् । बुधबार झापाको कचनकवलमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको अभिव्यक्ति आपत्तिजनक रहेको बताए ।

‘२०८७ सालमा मात्र संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ,’ कांग्रेस महामन्त्री शर्माले भने, ‘संशोधन त गर्ने नै छ ।’

उनले स्थिर सरकारका लागि संविधान संशोधन जरुरी रहेको बताए । संविधान संशोधन कुन विषयमा र कहिले गर्ने भन्ने कुरा प्रधानमन्त्री ओलीमा मात्रै निहित नरहेर गठबन्धन दलको नेतृत्वले सल्लाह गरेर गर्ने महामन्त्री शर्माको भनाइ छ । प्रधानमन्त्री ओलीले एमाले केन्द्रीय कमिटीको बैठकमै प्रतिनिधिसभाको यस कार्यकालमा संविधान संशोधन नहुने बताएका थिए ।

एमाले केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले २०८७ सालमा मात्रै संविधान संशोधन हुने बताएका थिए । ‘संविधानमा केही त्रुटि छन्, संशोधन गर्नुपर्नेछ तर २०८७ सालमा मात्रै हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले २०८७ सालमा संविधान संशोधन भनेपछि केही नेताले त्यसलाई सच्याउनेगरी ‘२०८३ साल होला’ भनेका थिए । तर, प्रधानमन्त्री ओलीले दोहो¥याएरै भने, ‘मैले २०८७ सालमै भनेको ।’

राष्ट्रिय सभाका कारण अहिले संविधान संशोधन हुन नसक्ने ओलीको तर्क थियो । ओलीले भने, ‘हामी अहिले पनि संविधान संशोधन गर्न चाहिने दुई तिहाइ जुटाउने पक्षमा छौं तर राष्ट्रिय सभाका कारण सम्भव भइरहेको छैन, संविधान संशोधन त गर्ने नै हो तर २०८७ सालमा ।’

कांग्रेस र एमाले दुई ठूला दलले संविधान संशोधनको विषयमा सहमति गरेपछि त्यसमाथि स्वाभाविक रूपमा अनेकन कोणबाट बहस, छलफल र तर्क–वितर्क भए र त्यो अहिले पनि जारी नै छ ।

तर, बिस्तारै त्यो सेलाएर गयो । संशोधनका प्रस्तावकर्ता दलहरू कांग्रेस–एमाले पनि मौन बसेका छन् । अहिलेसम्म पनि उनीहरू चुपचाप नै बसिरहेका छन्, औपचारिक रूपमा छलफल आरम्भ गरेका छैनन् । जबकि, विषयले प्रवेश पाएको ६ महिना गुज्रिसकेको छ ।

कांग्रेस र एमालेले संविधान संशोधन गर्ने कुरामामा सहमति गरेपछि त्यसयता विभिन्न दलले कार्यदल नै गठन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा संविधान संशोधनका लागि सुझाव कार्यदल गठन गरिसकेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संविधान निर्माणका बेला ‘नोट अफ डिसेन्ट’ लेखेको विषय उठाउँदै ती विषय संशोधनमा समावेश गर्ने निष्कर्षमा पुगेको छ । स्थायित्व र दिगो सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखदेखि अनेक विषय संशोधनमा पर्ने देखिन्छ । माओवादी केन्द्रका साथै विभिन्न दलले संशोधनका विषयमा आन्तरिक छलफल थालेका छन् ।

संविधान घोषणाका बेला आफूहरूले उठाएका धेरै विषय समावेश नगरिएको भन्दै असन्तुष्ट रहेका मधेसवादी दलले समेत संविधान संशोधनमा चासो दिएका छन् । विभिन्न समूहमा विभाजित मधेसवादी दल पार्टी एकता गर्दै संशोधनमार्फत आफ्ना एजेन्डा समावेश गर्ने रणनीतिका साथ अगाडि बढेका छन् ।

विभिन्न समूहमा विभाजित मधेसवादी दलबीच ‘सके पार्टी एकीकरण, नसके साझा धारणाका लागि मोर्चाबन्दी’ गर्नेगरी उनीहरू छलफलमा जुटिसकेका छन् । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले संविधान संशोधनदेखि अन्य मुद्दाका लागि मधेसवादी दलहरू एकीकृत वा मोर्चा बनाएर अगाडि बढ्नुपर्ने बताए ।

संविधान संशोधनका लागि दुई तिहाइ बहुमत संघीय संसद्मा चाहिन्छ । प्रतिनिधिसभामा दुई तिहाइ बहुमत पुगे पनि राष्ट्रियसभामा सत्तारूढ गठबन्धनको दुई तिहाइ बहुमत पुग्दैन । त्यसका लागि राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र सबैभन्दा ठूलो दल हो । संविधान संशोधनका लागि माओवादी केन्द्रको समेत सहमति आवश्यक हुन्छ । माओवादी केन्द्रको सहमति लिँदा उसका पनि मुद्दा सम्बोधन गर्न एमाले र कांग्रेस तयार हुनुपर्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending