काठमाडौं । लागूऔषधसहित पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पर्साको वीरगन्ज महानगरपालिका-२५ सिर्सिया सीमा क्षेत्रबाट कात्तिक ११ गते सशस्त्र प्रहरीले १ सय २० वटा नाइट्रोभेट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका-१३ बस्ने २२ वर्षीय आमस विक र पर्साको वीरगन्ज महानगरपालिका-१५ भिस्वाका २४ वर्षीय शेखरकुमार सिंह छन् ।
भारतबाट ना५०प ४९०१ नम्बरको स्कुटरमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ड्राइपोर्टबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट वीरगन्जबाट खटिएको सशस्त्र प्रहरीले कात्तिक ११ गते १३ वटा नाइट्रोभेट ट्याब्लेटसहित बारा जिल्लाको फेटा गाउँपालिका ४ बस्ने १९ वर्षीय गोविन्द कुमार मुखियालाई पक्राउ गरेको छ ।
पक्राउ परेका मुखियालाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८१ - ०८:३५
काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषद्को रिक्त ६ सदस्य नियुक्त भएका छन् । गत मंगलबारको मन्त्रीस्तरिय निर्णयअनुसार परिषदका रिक्त पदमा ६ जना सदस्य...
पौष २५ गते, २०८१ - ०८:०५
काठमाडौं। डार्क सर्कल एक साझा समस्या हो, जुन आजकल केटा र केटी दुबैमा हुने गर्दछ । यसमा हाम्रो आँखाको मुनि कालो दाग बन्ने गर्छ, जसले अनुहारको सौन्द...
पौष २५ गते, २०८१ - ०७:४५
झापा। जिल्ला प्रहरी कार्यालय झापाको लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत अर्का एक जना पक्राउ परेका छन्। झापा प्रहरीले बुधबार प्रतिबन्धित लागु...
पौष २५ गते, २०८१ - ०७:१५
रौतहट । मधेश प्रदेशमा पछिल्लो एक सातादेखि चलेको सितलहरसँगै चिसो बढेपछि रौतहटका विद्यालयहरू बन्द गरिन थालिएको छ । एकाबिहानै देखी लगातार हुस्सु, कुहि...
पौष २५ गते, २०८१ - ०७:०५
गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितक...
पौष २५ गते, २०८१ - ०६:३५
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पह...
पौष २४ गते, २०८१ - ११:२४
वीरगञ्ज । वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।पछिल्ला दिन जिल्लामा बाक्लो...
पौष २४ गते, २०८१ - ११:२२
काठमाडौं । केही दिनअघि हिमपातले प्रभावित अमेरिका अहिले फेरि डढेलोबाट प्रभावित भएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा डढेलोले दशौ...
पौष २४ गते, २०८१ - ११:१८
बुटवल । शीतलहरका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा यातायात अवरुद्ध बनेको छ। नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेको यो सडक खण्ड उकालो...
पौष २४ गते, २०८१ - ११:१३
काठमाडौं । सिमरा, भरतपुर र भैरहवामा जहाज उडान–अवतरणा अवरुद्ध भएकाे छ । पर्याप्त भिजिबिलिटी नहुँदा सिमरा, भरतपुर र भैरहवाको उडान तालिका प्रभावित भएको ह...
प्रतिकृया लेख्नुहोस्: