Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

लसएन्जलसमा डढेलो अनियन्त्रित, दशौं हजार प्रभावित

खबरडबली संवाददाता

काठमाडौं । केही दिनअघि हिमपातले प्रभावित अमेरिका अहिले फेरि डढेलोबाट प्रभावित भएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा डढेलोले दशौं हजार व्यक्ति प्रभावित भएका छन् । जोखिम क्षेत्रबाट मानिसहरुलाई उद्धार गर्ने काम जारी छ ।

अधिकारीहरुका अनुसार आगो पाँच वर्गकिलोमिटर क्षेत्रमा फैलिइसकेको छ । हेलिकोप्टर र दमकलबाट आगो निभाउन अग्निनियन्त्रकहरु सक्रिय रहेका छन् । तर १६० किलोमिटर प्रतिघण्टाको वेगले हावा चलेकाले आगो नियन्त्रणमा कठिनाइ भइरहेको छ ।

लस एन्जलस अग्निनियन्त्रण विभागकी प्रमुख क्रिस्टिन क्रलीका अनुसार आगलागीबाट २३ हजारभन्दा बढी घर र भवनहरु जोखिममा छन् । आगो निभाउन २५० अग्नि नियन्त्रक, दमकल र हेलिकोप्टर परिचालन गरिएको छ । ‘आगो निभाउन खटिएको टोलीलाई कठिन भइरहेको छ,’ उनले भनेकी छन् ।

डढेलो अनियन्त्रित भएपछि मानिसहरुको भागाभाग भएको भिडियो देखिन्छ । मानिसहरु सडकमै सवारी साधन छाडेर भागेपछि बाटो खुलाउन डोजर प्रयोग गरिएको छ । केही ठाउँमा सवारी साधनको जाम लागेको छ । त्यसैले मानिसहरुलाई त्यो ठाउँ छाड्न पनि कठिन भइरहेको छ ।

स्थानीय समय अनुसार मंगलबार बिहान साढे १० बजेदेखि लसएन्जलसको प्यासिफिक प्यालिसेड्सबाट डढेलो सुरु भएको थियो । सुकेका रुख, पातपतिङ्गर र सान्टा आना नामको आँधीले आगो भयानक भएको बताइएको छ । लसएन्जलसका अधिकांश क्षेत्रमा डढेलोको जोखिम रहेको चेतावनी जारी गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘सुकुमबासी’को नाममा सेज कब्जा : ५ सय बिघा खाली गराउन संघको कडा निर्देशन

बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत पर्ने सिमरा सेजको करिब ५ सय बिघा सरकारी जग्गा ‘सुकुमबासी’को आवरणमा अतिक्रमणमा परेको भन्दै संघीय सरकारले...

सर्वोच्चमा सुकुमवासी बस्ती खाली गर्ने विषयविरूद्ध रिट दायर

काठमाडौँ । काठमाडौँका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।  ...

डोजर अघि, प्रक्रिया पछि सुकुम्बासी मुद्दामा सरकारमाथि प्रश्नैप्रश्न

काठमाडौं । सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट कानुनी बाटो हुँदाहुँदै सरकारले उल्टो बाटो समातेको आरोप बढ्दो छ। बालेन्द्र शाह नेतृत्वको सरकारले प्रक...

सुकुमबासी बस्तीमा त्रास र अन्योल: न हट्ने मन, न बस्ने आँट

काठमाडौं । थापाथलीको सुकुमबासी बस्ती शुक्रबार बिहान अस्वाभाविक रूपमा व्यस्त देखिन्थ्यो। कोही हतार–हतार सामान पोको पार्दै थिए, कोही गाडीमा लोड गर्दै, त...

हर्क–सुदन एकताको अन्तिम कसरत : पद बाँडफाँटको ‘ब्लूप्रिन्ट’ तयार

काठमाडौं । हर्क साम्पाङ र सुदन किराती बीचको राजनीतिक सहकार्य अब अन्तिम मोडमा पुगेको छ। पटक–पटकको संवादपछि दुवै पक्ष लगभग सहमतिमा पुगेका छन्, औपचारिक घ...

पूर्वमन्त्री बिक्रम पाण्डे पक्राउ

काठमाडौं। राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ...

काठमाडौँमा डोजर चल्ने हलाले कास्कीका २५ हजार परिवारको निद्रा हराम

पोखरा । काठमाडौँमा सुकुमबासी बस्ती हटाउने तयारीको खबर फैलिनासाथ कास्कीका बस्तीहरूमा एकाएक त्रास छाएको छ। वर्षौंदेखि सार्वजनिक जग्गामा टेकेर जीवन गुजार...

सार्वजनिक गर्‍यो सरकारले निजामती विधेयकको मस्यौदा (पूर्णपाठ)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ । संघीय मामिला तथा...

सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवा...

अनुशासन उल्लंघनको आरोपमा नानीमैया र चम्पादेवी परे राप्रपाबाट निलम्बनमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका दुई नेतृलाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेका छन् । केन्द्रीय सदस्य...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending