Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बिचरा माधव नेपालको दौडधुप देख्दा दया लाग्छ : ओली

फाइल तस्बिर
खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र राजतन्त्रले समाप्त पार्न नसकेको एमालेलाई समाप्त पार्ने सपना नदेख्न आग्रह गरेका छन् ।

सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सिध्याउने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दौडधुप देखेर दया लागेको बताए ।

‘समाजवाद ल्याउन लाग्यो भनेर एमालेलाई समाप्त पार्न खोजे । बिचरा माधव नेपालको दौडधुप देख्दा दया लाग्छ । कहिले पोखरा, कहिले धरान धनकुटा, कहिले बागलुङ, कहिले कहाँ ? हातमा टोपी लिएर कुदेका छन् । देश बनाउन होइन, एमाले बिगार्न कुद्या छन्,’ उनले भने, ‘राणातन्त्रले मार्न नसकेको, कांग्रेसले प्रतिबन्ध लगाएर मास्न नसकेको, ०४६ सालमा कार्यकर्तामाथि देशभर मुद्दा लाग्दा सकिएन, राजतन्त्रले सकेन, कांग्रेसले सकेन । राजतन्त्र सिध्याएर आएको पार्टीलाई अब सिध्याउँछु को लागेको छ भने माधव नेपाल ।’

माधव नेपाल डुलेर, कुदेर, तमासा गरेर केही फरक नपर्ने ओलीको भनाइ थियो । ‘एमाले सिध्याउन कुदेका छन् । किन सिध्याउने भन्दा यो साढे तीन वर्ष अचम्मै गर्‍यो । कोभिड महामारीमा विकास भएको छ, धरहरा उठेको छ, एकीकृत बस्ती निर्माण भइरहेको छ, बाटो निर्माण भइरहेको छ । अस्पताल बनेको छ । एमालेले सिध्याउने भो भनेर भत्भत् पोल्यो । हाम्रो विकास देखेर हाम्रा विरोधीहरु आत्तिए । एमाले विरोधी भनेको देशविरोधी हो,’ उनले भने ।    

ओलीले कांग्रेसको पनि आलोचना गरे । सहकर्मी पार्टीलाई छोडेर दक्षिणपन्थी, प्रतिक्रियावादी र भडुवालाई बोक्ने कांग्रेसको पहिलेकै परम्परा भन्दै ओलीले अहिले पनि देश भडुवा, देश बिगार्वाहरुलाई कांग्रेसले बोकेकोमा आक्रोश पोखे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागलुङका वनभरि आगोः बासस्थान खोज्दै गाउँ पसे वन्यजन्तु

बागलुङ। बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ । ...

हिमाल उक्लिदै औलो, कर्णालीका हिमाली जिल्लामा बढ्दै औलोका बिरामी

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समय औलो रोगका बिरामी घट्दै गएपनि हिमाली जिल्लामा उच्च जोखिम देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्...

प्रहरीले यातना दिएको दाबी गर्ने सिंहको भिडिओ फेक भएको पुष्टि

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धानका लागि भनेर अनावश्यक यातना दिएको दाबी गर्ने जाजरकोटका गणेशमान सिंहले पहिले नै ‘औषधि’ सेवन गरेको पाइ...

उपनिर्वाचन उम्मेदवारका साझा एजेण्डामा बझाङको ताक्लाकोट सडक

बझाङ  । शनिबार हुने प्रदेशसभा १९१० को निर्वाचनका लागि बझाङमा उम्मेदवारले फेरि पनि आफ्ना साझा एजेण्डाका रूपमा ताक्लाकोट सडकलाई अघि सारेका छन् ।  साढे त...

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

कैलाली । कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना निर्माण सुरु भएको छ । चुरे गाउँपालिका–२, ४ र ६ गरी तीन वडामा छवटा सिँचाइ योजना...

सन्दर्भः २५ औं मनमोहन अधिकारी स्मृति दिवस

को हुन् स्व. मनमोहन अधिकारी ?

सर्वोच्चद्धारा गौर नरसंहार मुद्वाकाे कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले गौर नरसंहार सम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । हिजाे बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले जिल्ला...

मनमोहन जनताको सच्चा मित्रः पूर्वराष्ट्रपति भण्डारी

ललितपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी नेपालका ज्येष्ठ नागरिक र ग्रामीण भेगका ...

आफैले यात्रा गरेको बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु

चितवन ।  पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ ।  राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको ...

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राई झापा आन्दोलनको प्रभावबाट २०२९ सालमा वामपन्थी राजनीतिमा प्रवेश गरेका ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies