Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

जाडोसँगै मौसमी फ्लुको जोखिम, कसरी बच्ने ?

खबरडबली संवाददाता

काठमाडौं । जाडोयामसँगै मौसमी फ्लुको जोखिमसमेत बढ्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । मौसम परिवर्तनको क्रममा देखिने फ्लुका कारण विगतका वर्षमा कतिपयका मृत्युसमेत भएकाले वृद्ध, दमका दीर्घरोगी, श्वासप्रश्वासका रोगी, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति बढी जोखिम पर्ने भएकाले यो समूहलाई सचेत हुन चिकित्सकको आग्रह छ ।

“यो समूहका बिरामीमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति कमजोर हुने भएकाले जोखिम बढी हुन्छ,” शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान विभाग प्रमुख डा। शेरबहादुर पुनले भने, “हिउँदयाम लागेसँगै मौसमीखालका बिरामी बढेका छन् । अस्पतालमा आउने बिरामीमा रुघाखोकी, ज्वरोसँगै डेङ्गुका बिरामीसमेत आएका छन् ।”

उनले वर्षा सकिएसँगै पानी जमेका पोखरीमा लामखुट्टेले फूल पार्ने भएका कारण अहिले डेङ्गुको जोखिम रहेको बताए । अस्पतालमा एक सातामा एक सयको हाराहारीमा बिरामी आउने गरेको बताउँदै डा। पुनले भने, “अस्पतालमा जाँच गराउन आउने बिरामीको सङ्ख्या अझ धेरै छ । यस्ता बिरामी समुदायमा अझ धेरै छन् । यो चाँडै सर्ने भएकाले यसबाट धेरै व्यक्ति प्रभावित हुने गरेका छन् । घरमा एक जना बिरामी फ्लुको सिकार भएमा सम्पूर्ण परिवारलाई नै सर्न सक्छ, त्यसैले बढी सतर्कता हुनु जरुरी छ ।”

गत महिना विद्यार्थीमा धेरै फ्लुका बिरामी बढेको र यो सङ्ख्या अझ बढ्ने अनुमान डा। पुनको छ । इन्फ्लुएन्जाको सङ्क्रमणले हुने जटिलताकै कारण विगतमा बिरामीको मृत्युसमेत भएको उनले बताए । दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिकालाई बढी असर पु¥याउने भएकाले यसले निमोनिया, बाल दम, ब्रोङकाइटिस, घ्यारघ्यार रोगका रूपमा विकास हुने जानकारी उनले दिए ।

यो समूहका बिरामीमा रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, शरीर दुख्नेजस्ता लक्षण देखापरेमा अन्य उमेर समूहका बिरामीलाई जस्तो घरैमा राख्न नहुने डा. पुनको सुझाव छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोल...

बाजुराका ९३ बस्ती पहिरोको उच्च जोखिममा, ४९ बस्ती स्थानान्तरणको प्रतीक्षामा

बाजुरा । बाजुराका नौवटै स्थानीय तहका ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ। तीमध्ये ४९ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुप...

कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा बन्दसत्र सुरु, तीन प्रतिवेदन पेश

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी भेला...

ग्यासको हाहाकारपछि काठमाडौंका पाँच ठाउँमा यसरी भइरहेको छ बिक्री

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट विशेष रूपमा ग्यास बिक्री वितरण सुरु गरेको छ। ग्यासको अभाव...

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

मुस्ताङ। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास सम...

अपडेट: रोकिएको बस गुड्दा नुवाकोटमा दुई जनाको मृत्यु, तीन घाइते

काभ्रेपलाञ्चोक । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर इभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ...

रोकिएको बस आफैं गुड्दा नुवाकोटको थानाभञ्ज्याङमा बस र भ्यान भिरबाट खसे

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा सडकछेउमा रोकिएको बस आफैं गुडेर अर्को सवारीलाई ठक्कर दिँदा बस र इभी भ्यान सडकबाट करिब ३०–४० मि...

रोक्का बजेट फुकुवा नहुँदा पूर्वाधार निर्माण प्रभावित

तनहुँ। सङ्घ र प्रदेश सरकार मातहतका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा सञ्चालित विकास निर्माणका काम प्रभावित बनेका छन्...

ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन

म्याद सकिएको लाइसेन्सदेखि नक्कली उपाधिसम्म

नारायणगढमा झडप हुँदा चार जना घाइते

नारायणगढ। शुक्रबार राति नारायणगढमा भएको झडपमा चार जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा राति १:२० बजे दुई समूहबिच झैझग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending