काठमाडौं । सामान्यतयाः चाडपर्वमा मिठाईजन्य पदार्थ अधिक प्रयोग गरिन्छ। उपभोक्तालाई आकर्षण गर्न रङ्गीचङ्गी बनाइएका जेरी, लड्डु, पेंडा, लालमोहन, लाखामरी, रसवरीलगायतका मिठाईहरू बिक्रीमा राखिन्छ।
भिडभाड र हतारका बेला उपभोक्ताले गुणस्तरयुक्त र गुणस्तरहीन उपभोक्ताले छुट्ट्याउन सक्दैनन्। यसैले अखाद्य रङ्ग मिसावट, बासी, म्याद नाघेका कच्चापदार्थ प्रयोग भएका मिष्ठान्न पो छ कि रु यो स्वास्थ्यका लागि कति स्वास्थ्यजनक छ भनेर पनि सजग हुन जरुरी छ। किनभने बजारमा चाडपर्वकै मौका छोपेर कतिपय व्यवसायीले म्याद नाघेका घ्यू, तेल, मसला र खान नमिल्ने रङ प्रयोग गरेको पाइएका छन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असोज १८ देखि २२ सम्म २ सय ४९ खाद्य बजार, खाद्य उद्योग, होटल रेष्टुराँ अनुगमन गरेको थियो। अनुगमनका क्रममा दूषित तथा म्याद समाप्त भएका खाद्य पदार्थ प्रशस्तै पाइएको विभागले जनाएको छ।
२ लाख ६० हजार रुपैयाँको उपभोग्य म्याद सकिएका तेल, मसला पदार्थ, दुग्ध पदार्थ, पेय पदार्थलहरू जफत तथा नष्ट गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए।
दूषित जेरी बिक्री गरेको अभियोगमा वैशाख १४ गते कञ्चनपुरको मिलन होटलविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा नै दायर गरिएको छ। २०७७ साउन ५ गते काभ्रेको दुर्गा एन्ड चाट पसललाई समेत दूषित लड्डु बिक्री गरेको भन्दै मुद्दा हालिएको छ। २०७६ भदौमा बनेपाको आचार्य जलपान गृहलाई पनि दूषित लड्डु बेचेको अभियोगमा मुद्दा दायर गरिएको थियो।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - २०:१५
काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...
आषाढ़ १२ गते, २०८३ - २०:१२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...
आषाढ़ १२ गते, २०८३ - २०:०७
गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...
आषाढ़ १२ गते, २०८३ - २०:०३
काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...
आषाढ़ १२ गते, २०८३ - १८:१२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...
आषाढ़ १२ गते, २०८३ - १७:४१
मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...
आषाढ़ १२ गते, २०८३ - १७:२२
काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...
आषाढ़ १२ गते, २०८३ - १७:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...
आषाढ़ १२ गते, २०८३ - १६:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...
आषाढ़ १२ गते, २०८३ - १६:३८
काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...



प्रतिकृया लेख्नुहोस्: