काठमाडौं । अन्तरिम म्यानेजर सर्जी बार्जुआनको नेतृत्वमा अन्तिम खेल खेलिरहेको बार्सिलोनाले ३ गोलको अग्रता खेर फाल्दै सेल्टाभिगोसँग बराबरी खेल्न बाध्य बनेको छ । पहिलो हाफमा अन्सु फाती, सर्जियो बुस्केट र मेम्फिस डिपायको गोलको मद्दतले पूर्ण नियन्त्रण बनाएको बार्सिलोनाबिरुद्ध सेल्टा भिगोले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो ।
दोस्रो हाफको सुरुवातमा नै इयागो आसपासले एक गोल फर्काए । १६ मिनेट बाँकी छँदा नोलिटोले स्कोर ३–२ बनाए । त्यसपछि ९६ औँ मिनेटमा आसपासले अर्को गोल गर्दै टोलीलाई खेलमा फर्काए । बराबरीसँगै बार्सिलोना ला लिगाका पछिल्ला चार खेलमा जीतविहीन बन्न पुगेको छ ।
यसअघि शनिबार बार्सिलोनाले पूर्व खेलाडी ज्याभी हर्नान्डेजले नयाँ म्यानेजर नियुक्त गरेको थियो । अब उनले नवौँ स्थानमा रहेको बार्साको नेतृत्व सम्हाल्नेछन् । बार्सा शीर्ष स्थानमा रहेको टोलीभन्दा १० अंकले पछि रहेको छ ।
उता रायो भायोकानोमाथि संघर्षपूर्ण जीत निकाल्दै रियल म्याड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको छ । खेलको १४ औँ मिनेटमा रियलले टोनी क्रुसको गोलमा अग्रता लिएको थियो । हाफ टाइमअघि करिम बेन्जेमाले टोलीको अग्रता दोब्बर बनाए । यो सिजन करिम बेन्जेमा १५ खेलमा २२ गोलमा संलग्न रहेका छन् । यसमा उनले १४ गोल र ८ वटा गोलका अवसर सिर्जना गर्न सफल भएका छन् ।
खेलमा १३ मिनेट बाँकी छँदा रामाडेल फाल्काओले रायोका लागि एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन भने सकेनन् । जीतसँगै कार्लो एन्चेलोटीको टोली २७ अंक बटुल्दै लिगको शीर्ष स्थानमा रहन सफल भएको छ । एजेन्सीको सहयोगमा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १३ गते, २०८१ - १७:३७
काठमाडौं, नेपाली कांग्रेसका ३४ देशमा रहेका जनसम्पर्क समितिले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारको पक्षमा मतदान गर्न अपिल गरेका छन्। संयुक्त प्रेस विज्ञप्...
बैशाख १३ गते, २०८१ - १७:१८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । विहिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पा...
बैशाख १३ गते, २०८१ - १७:०३
काठमाडौ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । भोलि शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्...
बैशाख १३ गते, २०८१ - १६:५१
धुलिखेल । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका विद्यालय समा...
बैशाख १३ गते, २०८१ - १६:३०
धनुषा ।धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ । प्रहरीका अनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा अहि...
बैशाख १३ गते, २०८१ - १६:२३
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको भाषणलाई लिएर निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी ...
बैशाख १३ गते, २०८१ - १५:५७
सुर्खेत । नेपाली कांगे्रसले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले संसद्म...
बैशाख १३ गते, २०८१ - १५:५०
काभ्रेपलाञ्चोक । खानेपानीको चरम अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा अबको केही महिनाभित्र इन्द्रावती नदीको पानी पुर्याइँदैछ । करिब दुई दशकअघि ‘अविर...
बैशाख १३ गते, २०८१ - १५:२०
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ ...
बैशाख १३ गते, २०८१ - १४:४७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा जोड दिएको छन् । प्राकृतिक स्रोतमा धनी ...
प्रतिकृया लेख्नुहोस्: