काठमाडाैं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका कानून व्यवसायीहरुले आजै राजीनामा दिए ससम्मान बिदा गर्ने बताएका छन् । सोमबार नेपाल बार एशोसिएशनको नेतृत्वमा कानून व्यवसायीले सर्वोच्च अदालतमा धर्नासमेत दिएका छन् ।
धर्नामा जानुअघि कोणसभालाई सम्बोधन गर्दै कानून व्यवसायीहरुले न्यायापालिकालाई सुदृढीकरण गर्न प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । नेपाल बार एशोसिएशनका पूर्वसदस्य रमण मकुमार कर्णले न्यायाधीशले प्रधानन्यायाधीशको राजीनामा माग्नु आफैंमा दुःखद् कुरा भएकाे भन्दै माग गर्दा पनि राजीनामा नदिनु झन् ठूलो दुःखको कुरा भएकाे बताए।
यस्तै वरिष्ठ अधिवक्ता तथा संवैधानिक कानून व्यवसायी मञ्चका अध्यक्ष दिनेश त्रिपाठीले प्रधानन्यायाधीश राणाले न्यायापालिकालाई संकटमा पारेकाे बताए । उनले भने, ‘न्यायापालिका प्रधनन्यायाधीशकै कारण असम्मानित भएको हाे । उहाँ न्यायापालिकाको समस्या हुनुभएको छ । उहाँकै कारण सेवाग्राहीले दुःख पाएका छन्। उहाँकै न्यायाधीशहरुले उहाँलाइ साथ छोडेका छन् ।’
उनले सम्मान पाउन सम्मानजनक काम पनि गर्नुपर्ने बताए । उनले सञ्चार माध्यममा कुनै न्यायाधीशले आफ्नो बचाउमा अन्तर्वार्ता दिनु दुःखद् भएको बताए । प्रधानन्यायाधीश राणाले आफ्नो बचाउमा अन्तर्वार्ता दिएका थिए । उनले भने, ‘उहाँ जतिदिन प्रधान प्रधान्यायाधीशको पदमा बस्नुहुन्छ । उति नै उक्त पदको अपमान हुन्छ । जति सक्दो उहाँले छिटो राजीनामा दिनमा नै सबैको भलाइ हुन्छ । पशुपतिनाथले उहाँलाई सद्बुद्धी प्रदान गरुन र जतिसक्दो चाँडो राजीनामा दिनुहोस् भन्छु ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८१ - १५:०८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...
माघ ४ गते, २०८० - १५:२२
बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...
मंसिर १५ गते, २०८० - १६:२५
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनका...
मंसिर १४ गते, २०८० - १०:१५
बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...
मंसिर १४ गते, २०८० - १०:०५
काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...
मंसिर ११ गते, २०८० - ११:५८
काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...
मंसिर ७ गते, २०८० - १४:१६
काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि प्रहरीले प...
मंसिर २ गते, २०८० - १३:३५
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...
मंसिर २ गते, २०८० - १२:१२
काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...
मंसिर २ गते, २०८० - ११:२५
काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् । शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...
प्रतिकृया लेख्नुहोस्: